आमिरकी श्रीमती बन्दै प्रियंका

मनोरञ्जन

भन्सालीको नयाँ फिल्ममा सलमान र दीपिकाको जोडी



मनोरञ्जन प्रकाशित मिति:

बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्म ‘पद्मावत’ पछि खाली बसेकी छन् । उनी खाली बस्नुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन् ।

दीपिकाले रणवीर सिंहसँगको विवाहका लागि फिल्म साइन नगरी बसेको एकथरीको अनुमान छ । दीपिका र रणवीरले आगामी नोभेम्भरमा बिहे गर्ने तय भइसकेको छ । तर, अर्काथरीको भनाईमा पद्मावतको सफलतापछि दीपिकाले चर्को पारिश्रमिकको डिमान्ड गर्न थालेकाले निर्माता(निर्देशक उनलाई लिन हच्किएका हुन् ।

यसैबीच, निर्देशक सञ्जय लिला भन्सालीको नयाँ फिल्ममा दीपिकाले अभिनय गर्ने सम्भावना बढेको छ । यो फिल्ममा उनी सलमान खानको अपोजिटमा हुन सक्छिन् । सलमानले रेस ३ को प्रमोसनका क्रममा नै भन्सालीको नयाँ फिल्ममा आफूले अभिनय गर्ने बताइसकेका छन् ।

‘इन्साल्लाह’ नाम राखिएको यो फिल्मको औपचारिक घोषणा भने भएको छैन । सलमान अहिले ‘भारत’ मा व्यस्त छन् । यसपछि उनले ‘दबंग ३’ पनि भ्याउनु छ । अनि मात्रै उनले भन्सालीको फिल्मलाई समय दिन भ्याउलान् ।

सलमानले अहिलेसम्म दीपिकासँग फिल्म खेलेका छैनन् । उनले आफ्नो फिल्म ‘सुल्तान’ र ‘किक’ मा दीपिकालाई अफर गरेका थिए । तर, दीपिकाले अफर रिजेक्ट गरिदिएकी थिइन् । दीपिका र भन्सालीबीच निकै राम्रो सम्वन्ध छ । भन्सालीको केही फिल्ममा दीपिकाले अभिनय गरेकी छिन् । त्यसैले उनले भन्सालीको आग्रह नकाट्ने अनुमान छ । साभार अनलाईन खबर
सोनम कपुरले उछिनिन् प्रियंका र दीपिकालाई - 2018-02-19
बलिउडमा कुन कलाकार माथि गए र कुन तल झरे भनेर एउटा मात्रै इण्डिकेटरले काम गर्दैन । कलाकारलाई तल झार्ने र माथि पुर्‍याउने सूचकांक धेरै छन् ।

राकेश शर्माको बायोपिकमा शाहरुख खान - 2018-02-19
बलिउडका किंग शाहरुख खानले भारतीय पहिलो अन्तरिक्षयात्री राकेश शर्माको बायोपिकमा मुख्य भुमिका निर्वाह गर्ने भएका छन् ।

टेलिभिजनमा फर्किंदै कपिल, ‘फेमिली टाइम वीथ कपिल’ आउने - 2018-02-17
कमेडिन कपिल शर्मा नयाँ टिभी शो लिएर आउने भएका छन् । उनको कार्यक्रमको नाम रहेको छ ‘फेमीली टाइम वीथ कपिल शर्मा’ ।

आँखा झिम्क्याएरै हिट प्रिया, साहरुखसँग काम गर्ने चाहना - 2018-02-14
एक किशोरलाई आँखा झिम्क्याएको २६ सेकेण्डको एउटा भिडियो सार्वजनिक भएपछि केरलाकी एक युवति चर्चाको शिखरमा पुगिन् ।

‘एक बर्षदेखि म सिंगल छु’: प्रियंका चोपडा - 2018-02-08
हलिउडमा समेत स्टार बनिसकेकी बलिउड नायिका प्रियंका चोपडाले आफू एक बर्षदेखि कसैको प्रेममा नरहेको स्पष्ट पारेकी छिन् । फिल्म फेयर म्यागेजिनसँग विशेष कुराकानी गर्दै उनले आफ्नो जीवन र प्रेमको बिषयमा खुलाएकी हुन् ।

अब मसलेदार फिल्ममा रणवीर सिंह - 2018-02-08
नेगेटिभ रोल नै सही, फिल्म ‘पद्यावत’बाट सबैभन्दा बढी ताली पाए रणवीर सिंहले । हिरो मात्र होइन, भिलेनको रुपमा पनि उत्तिकै सशक्त देखिएका रणवीर अब भने मसलेदार फिल्ममा देखिदैछन् ।

आमिरको फिल्मले चीनमा धुम मच्याएपछि… - 2018-02-01
दक्षिणी छिमेकी भारत र उत्तरी छिमेकी चीनबीचको सम्बन्ध न्यानो छैन । उदयीमान यी दुई शक्तिराष्ट्रबीच बेलाबखत ठाकठुक परिरहन्छ ।

‘पद्यमावत’को हरेक दृश्य सुटिङपछि नुहाउथिन् दीपिका - 2018-01-31
तीव्र विवादका वाबजुत पनि हिन्दी चलचित्र ‘पद्यावत’ले निर्माता तथा निर्देशक सञ्जयलिला भन्सालीलाई आर्थिक रुपमा राहत दिएको छ ।

विवाहपछि पहिलोपटक स्टेजमा नाचिन् अनुश्का - 2018-01-30
केही दिनअघि बिराट कोहलीसाग बिहे गरेकी बलिउड अभिनेत्री अनुष्का शर्मा अनुश्का शर्मा हालै मुम्बईमा ठुम्का नाच्दै गरेको भेटिइन् । विवाहपछि उनी पहिलोपटक स्टेजमा प्रस्तुत भएकी हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT

English News



1362594 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top