आमिरकी श्रीमती बन्दै प्रियंका

मनोरञ्जन

भन्सालीको नयाँ फिल्ममा सलमान र दीपिकाको जोडी



मनोरञ्जन प्रकाशित मिति:

बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्म ‘पद्मावत’ पछि खाली बसेकी छन् । उनी खाली बस्नुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन् ।

दीपिकाले रणवीर सिंहसँगको विवाहका लागि फिल्म साइन नगरी बसेको एकथरीको अनुमान छ । दीपिका र रणवीरले आगामी नोभेम्भरमा बिहे गर्ने तय भइसकेको छ । तर, अर्काथरीको भनाईमा पद्मावतको सफलतापछि दीपिकाले चर्को पारिश्रमिकको डिमान्ड गर्न थालेकाले निर्माता(निर्देशक उनलाई लिन हच्किएका हुन् ।

यसैबीच, निर्देशक सञ्जय लिला भन्सालीको नयाँ फिल्ममा दीपिकाले अभिनय गर्ने सम्भावना बढेको छ । यो फिल्ममा उनी सलमान खानको अपोजिटमा हुन सक्छिन् । सलमानले रेस ३ को प्रमोसनका क्रममा नै भन्सालीको नयाँ फिल्ममा आफूले अभिनय गर्ने बताइसकेका छन् ।

‘इन्साल्लाह’ नाम राखिएको यो फिल्मको औपचारिक घोषणा भने भएको छैन । सलमान अहिले ‘भारत’ मा व्यस्त छन् । यसपछि उनले ‘दबंग ३’ पनि भ्याउनु छ । अनि मात्रै उनले भन्सालीको फिल्मलाई समय दिन भ्याउलान् ।

सलमानले अहिलेसम्म दीपिकासँग फिल्म खेलेका छैनन् । उनले आफ्नो फिल्म ‘सुल्तान’ र ‘किक’ मा दीपिकालाई अफर गरेका थिए । तर, दीपिकाले अफर रिजेक्ट गरिदिएकी थिइन् । दीपिका र भन्सालीबीच निकै राम्रो सम्वन्ध छ । भन्सालीको केही फिल्ममा दीपिकाले अभिनय गरेकी छिन् । त्यसैले उनले भन्सालीको आग्रह नकाट्ने अनुमान छ । साभार अनलाईन खबर
च्यानलले लियो ठूलो निर्णयः अर्को महिना कपिलको शो बन्द हुने - 2017-09-01
कपिल शर्माका प्रशंसकलाई दुखी बनाउने खबर सार्वजनिक भएको छ । खबरका अनुसार ‘द कपिल शर्मा शो’ अफ एयर हुँदै छ ।

विकिनीमा बोल्ड दीपिका - 2017-08-31
नव-नायिका दीपिका प्रसाइ अहिले चर्चामा छिन् । विशेषगरि, उनले अभिनय गरेको पहिलो चलचित्र ‘ऐश्वर्य’को ‘तिमी रोएको पल तिमीलाइ’ बोलको गीत चर्चामा रहेपछि उनको पनि चर्चा भएको हो ।

कट्रिनाको हात समातेर खोला तर्ने प्रयासमा गोविन्दा - 2017-08-31
गोविन्दा कुनै बेला बलिउडका नम्बर १ हिरो मानिन्थे । उनको नामैले फिल्म चल्ने जमाना थियो त्यो । तर, फिल्म इन्डष्ट्रीमा कसैको पनि करिअर एक रफ्तारको हुँदैन र गोविन्दाको पनि भएन ।

अनुष्का शर्माको फिल्म सेटमा दुर्घटना, एकको मृत्यु - 2017-08-31
बलिउड अभिनेत्री अनुष्का शर्माको आउँदो चलचित्र ‘परी’ को सेटमा भएको दुर्घटनामा एकको मृत्यु भएको छ ।

४ करोड फिर्ता गरेर सुशान्तले फिल्म छाडे - 2017-08-30
कुनै समय बलिउड नायक सुशान्त सिंह राजपुत चलचित्रमा काम गर्न धेरै भौतारिन्थे । सिरियलमा चर्चित भएपछि उनलाइ चलचित्रमा काम गर्न त सजिलो नै भयो । तर, पनि सुरुवाती दिन भने कष्टकर नै थियो ।

जब अम्बानीको पार्टीमा साहरुख जुत्ताविहिन भए... - 2017-08-30
कुनै पार्टीमा सहभागी हुँदा बलिउडका चर्चित नायक सााहरुख खानले जुत्ता लगाउनै बिर्से भन्दा दर्शकलाई कस्तो लाग्दो हो । उनका फ्यानहरुले विश्वास नगर्न पनि सक्छन् । तर, रुपमा यही भएको हो ।

‘भूमी’को हट आइटम गीतमा सन्नीले मलाइकालाइ कसरी रिप्लेस गरिन् ? - 2017-08-23
जेलबाट बाहिर आएपछि बलिउड नायक संजय दत्तले अभिनय गरेको चलचित्र ‘भूमी’को ट्रेलरसँगै एक आइटम गीतले पनि खुबै चर्चा पाइरहेको छ ।

यति छ शाहरुख खानकी छोरीको जुत्ता र ब्यागको मूल्य - 2017-08-22
शाहरुख खानकी छोरी सुहाना खान केही दिन अघि सुपरड्राई इन्डियाको पार्टीमा समावेश भइन् । ल्याकमे फेशन विकमा आयोजित उक्त पार्टीमा सुहाना निकै महँगो जुत्ता र क्लचसहित उपस्थित भइन् ।

हट नगरिसलाइ साधारण भूमिका नै प्यारो - 2017-08-22
बलिउडमा नरगिस फखरीलाइ हट नायिकको रुपमा चिनिन्छ । आफ्नो फोटोसुटदेखि चलचित्रको पर्दामा नगरिस जवानी शो गर्न माहिर छिन् । तर, नरगिस आफूलाइ यस्तो भूमिका मन नपर्ने बताउँछिन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT

English News



1362609 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top