आमिरकी श्रीमती बन्दै प्रियंका

मनोरञ्जन

गायक सुर्य राइ कमलको 'यो मेरो जीवन' म्युजिक भिडियो सार्वजनिक



मनोरञ्जन प्रकाशित मिति: कलमपाटी

काठमाण्डौ //
गायक तथा संगीतकार सुर्य राई कमलले जन्मदिन म्यूजिक भिडीयो सार्वजनिक गर्दै र बाल आश्रममा एक कार्यक्रम गरेर मनाएका छन ।

 गायक तथा संगीतकार राईले आफ्नो ३४ औं जन्मदिनको अवसर  पारेर शुक्रबार सगरमाथा फाउन्डेसनद्धारा संचालित चोभारमा रहेको बाल आश्रमका ५० जना वालवालिकाहरु सगै खाना खाएर मनाएका छन ।

राई दनुवार कलाकार संघका संस्थापक अध्यक्ष समेत रहेका गायक राईले आफ्नो जन्मदिनको अवसर पारेर यो मेरो जीवन नामक म्यूजिक भिडियो समेत सार्वजनिक गरेका छन ।

कार्यक्रममा वरिष्ठ कलाकार दिपक क्षेत्री तथा अहिलेका चर्चित  संगीतकार विकास चौधरीलाइ  विशेष सम्मान समेत गरीएको थियो । यस्तै कार्यक्रममा मोडल सबिना केसी , साहित्यकार नारायण नेपाल लगाएत कलाकार तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

 रौतहटको गुजरा नगरपालिका–५ हरिहपुरमा जन्मेका गायक राई विगत लामो समय देखि नेपाली गित संगितको क्षेत्रमा कृयाशिल छन ।

राइले सोलो एल्वम चिराग र च्याट बजारमा ल्याएर लोकप्रिय बनिसकेका छन भने तेश्रो सोलो एल्वम नेट बजारमा ल्याउने तयारीमा छन ।

दिनेश जंग थापाको प्रस्तुती, रोशन कुमारको निर्देशन, एनबि अञ्जानको शब्द रहेको 'यो मेरो जिवन 'वोलको म्यूजिक भिडियो बजारमा ल्याएका हुन ।

रिलिज अगावै ‘कुटुमा कुटु’लाइ २ करोड दर्शक - 2017-09-03
पछिल्लो २ बर्षयता नेपाली चलचित्रका गीतले एकलौटी रुपमा बजारमा कब्जा जमाएका छन् । नेपाली चलचित्रका गीत अहिले युटुबमा १ करोड भन्दा बढी पटक हेरिनु सामान्य भैसकेको छ । नेपाली चलचित्रका गीतले चाडपर्वदेखि आम जनताका मोबाइलमा कब्जा जमाएका छन् ।

अफ एयर भयो कपिलको कार्यक्रम, उता अस्पताल भर्ना भए डा. गुलाटी - 2017-09-02
एकतर्फ कपिल शर्माको शो बन्द हुने खबर फैलिरहेका बेला अर्कोतर्फ द कपिल शर्मा शोमा डाक्टर मशहुर गुलाटी र रिंकू भावीको भूमिका निभाउने सुनिल ग्रोवर अस्पताल भर्ना गरिएको खबर सार्वजनिक भएको छ ।

सन्नी लियोनीको आइटम डान्सलाई सञ्जय दत्तले भने ‘अश्लिल’ - 2017-09-02
जेलबाट निस्केपछि फिल्म ‘भूमि’ मार्फत सञ्जय दत्तले कमब्याक गर्दैछन् । यस फिल्ममा समावेश सन्नी लियोनीको आइटम गीत ‘ट्रिपी ट्रिपी’ चर्चामा छ ।

कपिलको स्वास्थ्य विग्रिएपछि बन्द हुँदै कमेडी शो - 2017-09-02
केही दिन अगाडि मात्र नायक अजय देवगण आफू अभिनित चलचित्र ‘बादशाहो’को प्रमोशनका लागि चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’मा पुगे । तर, यसका संचालक कमेडियन कपिल शर्माको स्वास्थ्य अवस्थाका कारण शो सुटिङ नै हुन सकेन । अजय त्यसै फर्किए ।

१० वर्ष कान्छो हिरोसँग ऐश्वर्याले रोमान्स गर्ने - 2017-09-01
बलिउड अभिनेत्री ऐश्वर्या रायले आफूभन्दा १० वर्ष कान्छा युवकसँग अन स्किन रोमान्स गर्ने भएकी छिन् । प्रसंग उनको आगामी फिल्म ‘फन्ने खाँ’ को हो ।

‘२ रुपैयाँ’मा लाउरे र एड्रेको यस्तो र्‍याप - 2017-09-01
भदौ २३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘२ रुपैयाँ’मा समावेश एक र्‍याप गीत सार्वजनिक भएको छ ।

च्यानलले लियो ठूलो निर्णयः अर्को महिना कपिलको शो बन्द हुने - 2017-09-01
कपिल शर्माका प्रशंसकलाई दुखी बनाउने खबर सार्वजनिक भएको छ । खबरका अनुसार ‘द कपिल शर्मा शो’ अफ एयर हुँदै छ ।

विकिनीमा बोल्ड दीपिका - 2017-08-31
नव-नायिका दीपिका प्रसाइ अहिले चर्चामा छिन् । विशेषगरि, उनले अभिनय गरेको पहिलो चलचित्र ‘ऐश्वर्य’को ‘तिमी रोएको पल तिमीलाइ’ बोलको गीत चर्चामा रहेपछि उनको पनि चर्चा भएको हो ।

कट्रिनाको हात समातेर खोला तर्ने प्रयासमा गोविन्दा - 2017-08-31
गोविन्दा कुनै बेला बलिउडका नम्बर १ हिरो मानिन्थे । उनको नामैले फिल्म चल्ने जमाना थियो त्यो । तर, फिल्म इन्डष्ट्रीमा कसैको पनि करिअर एक रफ्तारको हुँदैन र गोविन्दाको पनि भएन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT

English News



1164850 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top