आमिरकी श्रीमती बन्दै प्रियंका

मनोरञ्जन

भन्सालीको नयाँ फिल्ममा सलमान र दीपिकाको जोडी



मनोरञ्जन प्रकाशित मिति:

बलिउड अभिनेत्री दीपिका पादुकोण फिल्म ‘पद्मावत’ पछि खाली बसेकी छन् । उनी खाली बस्नुको कारणबारे विभिन्न अड्कलबाजी भइरहेका छन् ।

दीपिकाले रणवीर सिंहसँगको विवाहका लागि फिल्म साइन नगरी बसेको एकथरीको अनुमान छ । दीपिका र रणवीरले आगामी नोभेम्भरमा बिहे गर्ने तय भइसकेको छ । तर, अर्काथरीको भनाईमा पद्मावतको सफलतापछि दीपिकाले चर्को पारिश्रमिकको डिमान्ड गर्न थालेकाले निर्माता(निर्देशक उनलाई लिन हच्किएका हुन् ।

यसैबीच, निर्देशक सञ्जय लिला भन्सालीको नयाँ फिल्ममा दीपिकाले अभिनय गर्ने सम्भावना बढेको छ । यो फिल्ममा उनी सलमान खानको अपोजिटमा हुन सक्छिन् । सलमानले रेस ३ को प्रमोसनका क्रममा नै भन्सालीको नयाँ फिल्ममा आफूले अभिनय गर्ने बताइसकेका छन् ।

‘इन्साल्लाह’ नाम राखिएको यो फिल्मको औपचारिक घोषणा भने भएको छैन । सलमान अहिले ‘भारत’ मा व्यस्त छन् । यसपछि उनले ‘दबंग ३’ पनि भ्याउनु छ । अनि मात्रै उनले भन्सालीको फिल्मलाई समय दिन भ्याउलान् ।

सलमानले अहिलेसम्म दीपिकासँग फिल्म खेलेका छैनन् । उनले आफ्नो फिल्म ‘सुल्तान’ र ‘किक’ मा दीपिकालाई अफर गरेका थिए । तर, दीपिकाले अफर रिजेक्ट गरिदिएकी थिइन् । दीपिका र भन्सालीबीच निकै राम्रो सम्वन्ध छ । भन्सालीको केही फिल्ममा दीपिकाले अभिनय गरेकी छिन् । त्यसैले उनले भन्सालीको आग्रह नकाट्ने अनुमान छ । साभार अनलाईन खबर
भारतीय चर्चित मोडल पाण्डे किन आइन् काठमाडौं ? - 2018-07-14
काठमाडौं : चर्चित भारतीय मोडल तथा नायिका पुनम पाण्डे नेपाल आएकी छिन् । भारतीय चर्चित मोडल पाण्डे विश्वकप फुटबलको फाइनल खेल नेपाली फ्यानहरुसँग बसेर हेर्न शुक्रबार साँझ नेपाल आएकी हुन् ।

ऐश्वर्या र प्रियंकाको दुश्मनीले अभिषेक चेपुवामा - 2018-07-14
बलिउड नायिकाद्वय ऐश्वर्या राय र प्रियंका चोपडाबीच कुनै झैझगडा परेको त होइन, तर उनीहरु एक अर्कालाई दुश्मनको व्यवहार गर्छन् । यसको कारण हो उनीहरुको समान पृष्ठभूमि ।

रक्सी पिउन थालेपछि रोकिदैनन् रणवीर, परिवारै रक्सीका सौखिन - 2018-07-14
बलिउड अभिनेता रणवीर कपुरले आफू रक्सीको कुलतमा नराम्ररी फसेको स्वीकारेका छन् । आफू मात्र नभएर आफ्नो परिवारै ‘जँड्याहा’ भएको उनको भनाई छ ।

‘कायरा’को ‘सुखमा...’ बोलको पहिलो गीत सार्वजनिक - 2018-07-13
अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको एकसाथ अभिनय रहेको पहिलो चलचित्र ‘कायरा’को ‘सुखमा...’ बोलको पहिलो गीत सार्वजनिक गरिएको छ ।

रजनी र अक्षयको ‘२.०’को रिलिज डेट फाइनल - 2018-07-12
साउथ चलचित्र ‘२.०’को प्रदर्शन मिति बारम्बार सरिरहेको छ । सन् २०१७ देखि रिलिज हुने भनिएको यो चलचित्र सन् २०१८ मा पनि के हुन्छ भन्ने थियो ।

चन्द्रपुरनगर क्षेत्रमा चलचित्र 'प्रेम बुक' छायान्कन - 2018-07-11
चन्द्रपुर २७ असार // रौतहटको चन्द्रपुर नगर क्षेत्र आसपासमा नेपाली कथानक चलचित्र “प्रेम वुक” को छाँयकन भै रहेको छ । चन्द्रनिगाहपुर, बसन्तपुर, नुनथर, नजरपुर लगायतका धार्किक तथा पर्यटकिय क्षेत्रमा उक्त चलचित्र छाँयकन भै रहेको हो ।

कपिल शर्मामाथि पनि बायोपिक बन्ने, प्रमुख भूमिकामा कृष्णा अभिषेक - 2018-07-10
बलिउडमा विभिन्न विवादित सेलिब्रिटीहरुको बायोपिक बन्ने क्रम तीव्र भएको छ । सञ्जय दत्तको बायोपिक ‘सञ्जु’पछि सन्नी लियोनीको बायोपिक ‘करणजित कौर’ प्रदर्शनको क्रममा छ ।

जस्टिन विवर र हेलेबीच सुटुक्क इङगेजमेन्ट - 2018-07-10
विश्वविख्यात क्यानेडेली पपस्टार जस्टिन विवरले अमेरिकी मोडेल हेले बाडविन्सँग इङगेजमेन्ट गरेका छन् । अमेरिकाको दक्षिण भेगमा पर्ने बहमास टापुस्थित एक रेस्टुरेन्टमा उनीहरुले इङगेजमेन्ट गरेको बताइएको छ ।

सलमानको खुलासाः जुही चावलाको हात माग्न उनको घर गएको थिएँ - 2018-07-09
सलमान खान र जुही चावला, यी दुईले फिल्ममा त सँगै काम गरे तर अफेयरको खबर कहिले पनि आएन तर सुन्दा अचम्म लाग्ला, सलमान कुनै समय जुहीसँग विवाह गर्न चाहन्थे । यसबारे सलमान आफैंले खुलासा गरेका हुन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT

English News



1362591 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top