अनौठो संसार

डेलकी छोरीको इन्गेजमेन्टमा ३० करोडको औँठी



अनौठो संसार प्रकाशित मिति:

अलेक्सा डेल वास्तवमा कुनै राजकुमारी भन्दा कम छैनिन् र उनी छिटै रियल स्टेट धनाढ्य हेरिसन रेफिओसँग बिहे गर्दैछिन् ।

विश्वको अग्रणी कम्प्युटर कम्पनी डेलका मालिक माइकल डेलकी छोरी हुन् अलेक्सा । माइकलको कुल सम्पत्ति २३ अर्ब ७० करोड डलर रहेको छ र उनी विश्वका अर्बपतिहरु को ३७ औँ नम्बरमा पर्दछन् । उनकी छोरी अलेक्सा आफैपनि एक व्यवसाय विकास रणनीतिज्ञको रुपमा एउटा कम्पनीमा पछिल्लो ४ वर्षदेखि काम गरिरहेकी छिन् । यिनै अलेक्साको रियल स्टेट धनाढ्य तथा उनका ब्वायफ्रेण्ड हेरिसनसँग इन्गेजमेन्ट भएको छ ।

आखिर दुई अर्वपतिका छोराछोरीबीचको इन्गेजमेन्ट चानचुने हुने कुरा भएन । इन्गेजमेन्टमा आफ्नो हुनेवाला लोग्नेले विशेष औँठी ल्याउँछन् भन्ने त अलेक्सालाई अनुमान थियो । तर यतिधेरै महंगो ल्याउलान् भन्ने कल्पना सायद गरेकी थिइनन् । हेरिसनले क्रिसमसको दुईदिनपछि हवाईटापुको कोना तटीय क्षेत्रमा रहेको एक होटलमा भव्य समारोहबीच अलेक्सालाई बहुमूल्य औँठी लगाइदिएर इन्गेजमेन्ट गरेका छन् ।

उक्त औठीमा १२ क्यारेटका निकै सुन्दर तथा बहूमूल्य हिरा जडित थियो । हिराजडित उक्त औँठीको मूल्य तिस लाख डलर पर्दछ । अलेक्साले आफ्नो हुनेवाला लोग्नेले इन्गेजमेन्टमा दिएको त्यो शानदार औँठीलाई सोसल मिडियाबाट सार्वजनिक गरेकी छिन् ।

अलेक्साको उमेर २४ वर्ष छ भने हेरिसनको उमेर ४० वर्ष पुगिसकेको छ ।

अलेक्सा आफ्नो आमाबुवाको च्यारिटी संस्थामा पनि काम गर्दछिन् र लक्जरी लाइफ बिताउने बानी उनलाई परिसकेको छ । उनी सोसल मिडियामा पनि निकै सक्रिय छिन् । २० वर्षकी छँदा उनले सोसल साइट टिन्डरका सिइओसँग डेट गरिसकेकी छिन् ।

उता हेरिसन भने लो प्रोफाइलमै रहन रुचाउँछन् । हेरिसन पछिल्लो पटक तब चर्चामा आएका थिए जब उनले हलिउडमा रहेको आफ्नो एक बहुमूल्य अपार्टमेन्टमा भाडामा बस्ने क्रममा क्षति पूराइदिएको आरोपमा बेलायती गायिका तथा अभिनेतृ केली ओसबोर्न विरुद्ध मुद्दा हाले । साभार अनलाईन खबर

यी युवतीले दिनहुँ दाह्री खौरिन्छिन् ! - 2016-10-17
प्रायः पुरुषहरुले आफ्नो अनुहार सफाचट बनाउनका लागि नियमित रुपमा दाह्री खौरिन्छन् ।

कुकुरलाइ आइफोन ! - 2016-09-24
हामी विश्वको ठूलो आर्थिक असमनताका बीच बाँचिरहेका छौं ।

खुर्सानीको ससमा नुहाउने मान्छे - 2016-09-18
एजेन्सी मान्छेको सोख पनि अनौठो अनौठो किसीमका हुन्छन । एक व्यक्तिले खुर्सानीको ससमा नुहाएका छन ।

महिनौ सम्म सुतेको सुत्यै ! - 2016-09-07
रामायणमा कुम्भकर्ण भन्ने पात्र वर्षमा ६ महिना सुत्ने र ६ महिना जागा हुने गरेको कथा छ । यस्तो ६ महिने सुताई वास्तवमा पत्यार लाग्ने कुरा होइन ।

दुइ मिनेटमा साढे दुइ किलो खुर्सानी खाने मान्छे ! - 2016-07-27
ऐजेन्सी तपाइ एकै पटकमा कति वटा अथवा कति किलो खुर्सानी खान सक्नु हुन्छ ? एकै स्थानमा बसेर किलो का किलो खुसार्नी खान सक्ने मानिस पनि बिश्वमा छन ।

PREV 1 2 3 4

English News



752489 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top