मुसाकै कारण बाढी आएको मन्त्रीको दाबी !

अनौठो संसार

अब मैदानमा नेमार लड्दा सित्तैमा रक्सी



अनौठो संसार प्रकाशित मिति:

विश्वका सबैभन्दा महंगा फुटबलर नेमारले जारी विश्वकपमा अपेक्षा अनुरुपको प्रदर्शन गर्न सकिरहेका छैनन् र अनावश्यक रुपमा आवश्यकता भन्दा बढी लडिरहेको अर्थात् डाइभ हानिरहेको भनी उनको आलोचना भइरहेको छ ।

यद्यपि, यी ब्राजिली सुपरस्टारको प्रदर्शनमै ब्राजिलको विश्वकप सपना अडेको छ ।

नेमारको लडिबुडी मजाक बनिरहेको बेला ब्राजिलको एउटा बारले भने अनौठो घोषणा गरेको छ । रियो दि जेनेरियोमा रहेको उक्त बारले बुधबार हुने सर्बिया र ब्राजिलबीचको निकै महत्वपूर्ण खेलका दौरान हरेकपटक नेमार मैदानमा लड्दा फुटबल फ्यानलाई सित्तैमा रक्सी पिलाउने घोषणा गरेको हो ।

उत्तरी रियोको सर वाल्टर पबले आफ्नो फेसबुकमा यस्तो घोषणा गरेको हो । उसले लेखेको छ, ‘नेमार जब मैदानमा लड्नेछन् तब बारमा सबैलाई निःशुल्क एक प्याला शट (रक्सी) मिल्नेछ ।’

सोसल मिडियामा यो पोष्ट निकै भाइरल बनिरहेको छ । नेमारका फ्यानहरुले यसको खुबै तारिफ गरिरहेका छन् ।

स्मरणरहोस् विश्वकप फुटबल सुरु हुनुअघि क्रेडिट कार्ड कम्पनी मास्टरकार्डले लियोनेल मेस्सी र नेमारले जति पटक गोल गर्छन् उति नै पटक गरीबहरुलाई सित्तैमा भोज खुवाउने घोषणा गरेको थियो ।

उक्त घोषणा अनुसार मेस्सी र नेमारको हरेक गोलको बदलामा मास्टरकार्डले संयुक्त राष्ट्रसंघ अन्तर्गतको विश्व खाद्य कार्यक्रम मार्फत १० हजार जनालाई पुग्ने खाद्यान्न प्रदान गर्ने बताइएको थियो । तर पछि ब्राजिली प्रशिक्षकको विरोधपछि उक्त योजना रद्द गरिएको थियो । साभार अनलाइृन खबर
मुसाकै कारण बाढी आएको मन्त्रीको दाबी ! - 2017-09-03
नेपालमा हालै तराई क्षेत्रमा भएको बाढी तथा डुबानको लागि भारतले सीमा क्षेत्रमा बनाएका बाँधलाई जिम्मेवार ठहराइएको छ ।

यसरी मनाइयो अल्छि दिवस - 2017-08-30
आइतबार कोलम्बियाको इटागुई शहरमा मानिसहरु दिउँसै सडकमा गुन्द्री तथा चकटी ओछ्याएरसुतिरहेका थिए ।

जब सहरका कुकुरहरु एकाएक निलो हुन थाले - 2017-08-18
भारतको मुम्बई सहरमा निलो रंगका कुकुरहरु घुम्न थालेका छन् । नयाँ मुम्बईका घुमन्ते कुकुरहरु एकाएक निलो रङमा बदलिएपछि सबै अचम्ममा परेका छन् । आखिर कुकुरहरु किन निलो भए ?यसको कारण खोजिँदैछ ।

यो हो कहिल्यै पनि नमर्ने जीव, यस्तो छ रहस्य - 2017-08-10
२०७४ साउन २६ आठवटा खुट्टा भएको सुक्ष्म जीव टार्डिग्रेड्सको वंशाणु (जिन) को अध्ययनपश्चात उसको असाधारण क्षमताको पहिचान भएको छ ।

१ सय १ वर्षे महिलाले पाइन् १७ औँ बच्चा, डाक्टरहरु हैरान - 2017-08-04
२०७४ साउन २० आमा बन्नु कुनैपनि महिलाको लागि निकै खास हुन्छ । तर निश्चित उमेरपछि महिलाको प्रजनन क्षमतामा कमी आउँछ, जसका कारण त्यसपछि महिला चाहेर पनि आमा बन्न सक्दैनन् ।

७१ वर्षे श्रीमतीमाथि अरुको आँखा लाग्न नदिन १६ वर्षे लोग्नेले के गरे यस्तो ? - 2017-08-03
२०७४ साउन १९/ सबैलाई अचम्मित पार्दै इण्डोनेसियामा केही समय पहिले एकजना १६ वर्षे युवकले ७१ वर्षकी महिलासँग बिहे गरे । उक्त जोडी हालै हनिमुन मनाएर फर्किसकेको छ ।

संसारकै सबैभन्दा मोटी महिलाले यसरी घटाइन् ३०० किलो तौल - 2017-07-25
संसारकै सबैभन्दा मोटी महिला इमान अहमदले आफ्नो ३ सय किलोभन्दा बढी तौल घटाएकी छन् । तौल घटाएपछि इमानका तस्वीर सार्वजनिक भएका छन् । तस्वीरमा उनलाई निकै सुन्दर देखाइएको छ।

७४ वर्षकी महिलाले गोरुसँग बिहे गरिन्, कारण यस्तो छ - 2017-07-24
२०७४ साउन ९ के तपाईंले कुनै महिलाले गोरुसँग बिहे गरेको सुन्नुभएको छ रु यस्तो विचित्र सुन्ने कुरै भएन । तर हालै एक ७४ वर्षकी महिलाले एउटा गोरुसँग बिहे गरेर सबैलाई अचम्ममा पारिन् ।

ट्वाइलेटबाट निस्किएको सर्पले महिलालार्इ डसेपछि... - 2017-07-23
२०७४ साउन ८ सायद अब उनले आफ्नै घरको ट्वाइलेटमा दिसा बस्दा पनि दुईपटक सोँच्नेछिन् । आखिर पर्नु पिर जो परेको छ उनलाई ।

PREV 1 2 3 4 5 NEXT

English News



1257128 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top