स्वास्थ्य

किन हुन्छ मुखमा क्यान्सर ?



स्वास्थ्य प्रकाशित मिति: काठमाडौं, २ मंसिर

मुखको क्यान्सर नेपालमा पनि गम्भीर समस्या बनेको छ । मद्यपान र धूम्रपान नै मुखको क्यान्सरको प्रमुख कारण हो । वेलैमा सजग रहन डा. राजेन्द्र बराल भन्छन् :

डा. राजेन्द्र बराल

क्यान्सररोग विशेषज्ञ

भक्तपुर क्यान्सर अस्पताल

कारण र लक्षण

सुर्तीजन्य पदार्थ सेवन नगर्नु नै मुखको क्यान्सरबाट जोगिने प्रमुख उपाय हो । मद्यपान, सुपाडीजन्य पदार्थ, रासायनिक तथा अखाद्य पदार्थ खानुहुँदैन । सन्तुलित खाना, हरियो सागपात र फलफूलमा जोड गर्नुपर्छ । खाएपछि मुखको सफाइमा ध्यान दिनुपर्छ । नुन कम हालेका खानेकुरा खानुपर्छ ।

मुखमा विभिन्न दाग देखिनु क्यान्सरको लक्षण हुन सक्छ । कहिलेकाहीँ घाउ नदुख्न पनि सक्छ । यस्तो अवस्थामा चिकित्सकलाई देखाउनुपर्छ । मुखमा भएका परिवर्तन, घाउ–खटिरा, दाग सजिलैसँग देख्न सकिन्छ ।

जोगिने उपाय

-मुखको क्यान्सर भएका बिरामीमध्ये ९० प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइन्छ । धूम्रपानबाट ३५ किसिमका विभिन्न रोग लाग्न सक्छ ।

-मद्यपान पनि मुखको क्यान्सर गराउने एक प्रमुख कारण हो । जुनसुकै प्रकारको र मात्राको रक्सी सेवन गर्दा पनि मुखको क्यान्सर हुन सक्छ । सुर्ती र रक्सी सँगै सेवन गर्दा मुखको क्यान्सर हुने सम्भावना १५ गुणाले बढ्छ ।

-जंकफुड, केमिकल हालेको सागसब्जी खाँदा पनि मुखको क्यान्सर हुन सक्छ ।

नेता मातृका यादव अस्पताल भर्ना - 2016-10-04
काठमाण्डौ १८ असोज नेकपा माओवादी केन्द्रका दुइनम्वर प्रदेश इन्चार्ज तथा पुर्वमन्त्री मातृका यादव अस्पताल भर्ना भएका छन । नेता यादवको ढांड र खुट्टामा समस्या देखिएपछि उनी नर्भिक अस्पतालमा भर्ना भएका छन ।

यौन जीवन लाइ कसरी व्यवस्थापन गर्ने - 2016-09-29
एजेन्सीः नेपाली समाजमा विवाह अघिको यौन सम्पर्कलाई स्वीकार गरिदैन । यद्यपी कानुनी रुपमा अस्वीकार्य नभए पनि यो विषयमा धेरै विवाह अघि नै परिपक्व भइसकेका हुन्छन ।

सुत्केरी अवस्थामा ध्यान दिनुपर्ने कुरा - 2016-09-08
हरेक सुत्केरी महिलाले ६ महिनासम्म शिशुलाई आफ्नो दूधमात्र सेवन गराउनुपर्छ र पानी पनि आमाकै दूधमा उपलब्ध हुन्छ । आमाको दूध नै ६ महिनासम्म शिशुका लागि पूर्ण आहार हो ।

केरा खानुका २० लाभ - 2016-07-28
केराले उच्च रक्तचापलाई सामान्य राख्छ र धमनीमा नोक्सान पुग्नबाट बचाउँछ । केरामा पाइने म्याग्नेसियमले रक्तसञ्चारलाई सहज बनाउँछ । दुधमा केरा मिसाएर खाँदा अम्लस्राव रोक्छ र कब्जीयत हटाउन मद्दत गर्छ ।

के खुवाउने बच्चा लाइ - 2016-07-27
बच्चाहरुलाई अक्सर खाना खान खुवाउन निकै गा¥हो हुन्छ । यस्तो अवस्थामा उनीहरुले मन पराई र पौष्टिकताको सही तालमेल मिलाउनु आवश्यक हुन्छ । खानाको सही तालमेल मिलाइएन भने बच्चालाई पोषण पुग्दैन, जसबाट उनीहरुको वृद्धिसमेत प्रभावित हुने सम्भावना हुन्छ ।

PREV 1 2 3 4 5 6 7

English News



644149 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top