बाढीपिडित बस्तिमा झाडापखालाको प्रकोप, सरसफाइमा ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव

स्वास्थ्य

गर्मी बढेसंगै बारामा ठेउलाको प्रकोप बढ्यो, यस्तो छ बच्ने उपाय



स्वास्थ्य प्रकाशित मिति:

सिमरा :
गर्मी बढेसंगै बारामा ठेउलाको प्रकोप फैलिएको छ । बाराको कलैया अस्पताल र सिमरा स्थित प्राथमिक स्वास्थ्य केन्द्रहरुमा ठेउलाका विरामी बढेको पाईएको छ ।

कलैया स्थित बारा जिल्ला अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. अनुपमा यादवका अनुसार कलैया अस्पतालमा अहिले हप्तामा पाँच जना सम्म ठेउलाका विरामी आउने गरेका छन् ।

सिमरा स्थित प्राथमिक स्वास्थ्य केन्द्रका प्रमूख डा. अनुश थाका अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न स्थानमा पनि ठेउलाका विरामी बढेका छन् । वैशाख यता प्राथमिक स्वास्थ्य केन्द्र सिमरामा मात्र २० जना भन्दा बढि ठेउलाका विरामी आइसकेका छन् ।

खासगरी विद्यालय उमेर समूहका बालबालिकामा यस्को प्रकोप बढि देखिएको डा. थाको भनाई छ । ‘सर्ने रोग भएकाले विद्यालय जाने उमेर समुहका वालवालिकामा बढि देखिएको छ’ डा. थाले हेडलाईनसंग भने । यस बाहेक बयस्कहरुमा समेत ठेउला भेटिएको उनले बताए ।
के हो ठेउला ?
चिकेनपोक्स भनेर चिनिने ठेउला भेरिसेला जोस्तर भाइरसको कारणले हुने गर्छ । यो भाइरस सहजै बिरामीका खोकी वा थुकको छिटा तथा बिरामीका छालामा देखिने फोकाका पानी छोएमा सर्ने गर्छ । शरीरमा बिबिराका पानी फोकाहरु देखिएपछि १–२ दिन अघिदेखी फोका नसुकेसम्म बिरामीबाट भाइरस अन्य व्यक्तिमा सर्न सक्छ । संक्रमित भएको १० देखि २१ दिनसम्ममा लक्षणहरु देखा पर्ने गर्छन् ।
ज्वरो आउनु, आलश्य हुनु र शरीरमा चिलाउने बिबिरा देखिनु यसका मुख्य लक्षण   हुन् । बिबिरा सामान्यतः अनुहारबाट सुरु भएर घाँटी, छाती, ढाड पछाडि हुँदै शरीरका विभिन्न भागमा फैलन्छ । बिबिराहरु पानी फोकामा परिणत भई पाप्रा भएर झर्ने गर्छ । पानी फोका एकदमै संक्रमित हुने गर्छ र छोएमा भाइरस सजिलै सर्न सक्छ । हप्ता १० दिनमा यो क्रम सकिने गर्छ ।
को बढी जोखिममा ?
१. साना बालबालिका
२. गर्भवती महिला
३. रोगप्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु
के कस्ता जटिलता आउन सक्छ ?
१. निमोनिया
२. स्नायु प्रणालीमा संक्रमण
३. रक्तश्राव
४. सेप्सिस
५. छालाको संक्रमण
यसको उपचार के हो ?
१. प्रशस्त आराम
२. प्रशस्त झोलिलो खानेकुरा सेवन
३. चिकित्सकको सल्लाह अनुसार एन्टिभाइरल औषधि प्रयोग
४. लक्षण अनुसार चिकित्सकले दिएको एन्टिबायोटिक प्रयोग
कसरी बच्ने ?
संक्रमित व्यक्तिले घरैमा बसी चिकित्सकको सल्लाह अनुसार औषधि लिएर आराम गर्नु उपयुक्त हुन्छ । संक्रमित व्यक्तिले खोक्दा वा सो व्यक्तिलाई छुँदा सहजै रोग सर्ने र फैलने भएकाले त्यस्ता बिरामी सार्वजनिक स्थलमा नजाँदा राम्रो हुन्छ । हाल यसको खोप नेपालको बालखोप कार्यक्रममा समावेश नभएकाले जोखिममा भएका व्यक्तिले छुट्टै लिन सक्छन् । यसबाट रोग लागिहालेमा पनि कडा हुने हुँदैन । तर, एक पटक ठेउला लागेमा पछि फेरि दोहरिने सम्भावना अत्यन्त न्यून हुन्छ । साभार हेडलाईन खबर
 

क्षयरोगको संक्रमणबाट बारामा तीनजनाको मृत्यु - 2017-07-14
बारामा क्षयरोगको संक्रमणबाट तीन जनाको मृत्यु भएको छ

चन्द्रनिगाहपुर सरकारी अस्पतालमा सोलार जडान - 2017-07-07
रौतहटको चन्द्रनिगाहपुर सरकारी अस्पतालमा सोलार जडान गरीएको छ ।

शाकाहारी राम्रो कि मांसाहारी ? - 2017-06-28
मांसाहारी भोजन रोगको भण्डार हो, यसले कुनै फाइदा गर्दैन, त्यसैले यसबाट सय कोस टाढा बसौं । अझ अन्डा त झन् खतरनाक हुन्छ, खाँदै नखाऔं, कुनै पनि खालको चियाकफी त छुँदै नछोऔं ।ु

योग अभ्यास गर्दा ध्यान दिनु पर्ने कुरा - 2017-06-20
स्वस्थ्य अहिले गाउ देखि शहर सम्मका मानिसमा योग प्रति आकर्षण बढेको छ । तर योग अभ्यास गर्दा सावधानी अपनाउन पनि उत्तिकै जरुरी छ ।

चन्द्रनिगाहपुर सरकारी अस्पतालमा डाक्टरहरु कति बजे आउने हो ? - 2017-06-19
चन्द्रनिगाहपुरमा रहेको सरकारी अस्पतालमा समयमा डाक्टरहरु नआउदा बिरामीहरु मर्कामा पदै आएका छन । कलमपाटीको प्रतिनिधी सोमवार अस्पतालमा पुग्दा कार्यालय समयमा एकजना पनि डाक्टरहरु अस्पताल पुगेका थिएनन ।

प्रजनन स्वास्थ्य सम्वन्धि नया ऐन बन्दै - 2017-05-24
प्रजनन स्वास्थ्यकै कारण महिलाहरु माथी हुने बिभेदको अन्त्य गर्न बिधयक बनाइएको छ ।

विषादिले पकाएको आँप नखान आग्रह - 2017-05-01
कलमपाटी १८ बैसाख/ रौतहट लगाएत तराईक्षेत्रका बजारहरुमा बिषादी प्रयोग गरेर पकाएको आँप नखानको लागि उपभोक्ताहरुलाई उपभोक्ता हित संरक्षण मंचले आग्रह गरेको छ ।

मानसिक रोगको स्वास्थ्य सेवा देशै भरी आवश्यक - 2017-04-29
चितवन १६ वैशाख / मानसिक स्वास्थ्य समस्याको उपचार देशैभरी स्थानीय तहबाट लैजानु अति आवश्यक भएको नीति निर्माण तहका व्यक्तिहरुले बताएका छन् ।

रौतहटमा ठेउला रोगको प्रकोप - 2017-04-29
कलमपाटी १६ बैसाख / रौतहटको गढीमाइ गाउपालिका तथा चन्द्रपुरको ३ नम्वर वडाका बस्तिहरुमा ठेउला रौगको प्रकोप देखिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 NEXT

English News



1171232 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top