स्वास्थ्य

किन हुन्छ मुखमा क्यान्सर ?



स्वास्थ्य प्रकाशित मिति: काठमाडौं, २ मंसिर

मुखको क्यान्सर नेपालमा पनि गम्भीर समस्या बनेको छ । मद्यपान र धूम्रपान नै मुखको क्यान्सरको प्रमुख कारण हो । वेलैमा सजग रहन डा. राजेन्द्र बराल भन्छन् :

डा. राजेन्द्र बराल

क्यान्सररोग विशेषज्ञ

भक्तपुर क्यान्सर अस्पताल

कारण र लक्षण

सुर्तीजन्य पदार्थ सेवन नगर्नु नै मुखको क्यान्सरबाट जोगिने प्रमुख उपाय हो । मद्यपान, सुपाडीजन्य पदार्थ, रासायनिक तथा अखाद्य पदार्थ खानुहुँदैन । सन्तुलित खाना, हरियो सागपात र फलफूलमा जोड गर्नुपर्छ । खाएपछि मुखको सफाइमा ध्यान दिनुपर्छ । नुन कम हालेका खानेकुरा खानुपर्छ ।

मुखमा विभिन्न दाग देखिनु क्यान्सरको लक्षण हुन सक्छ । कहिलेकाहीँ घाउ नदुख्न पनि सक्छ । यस्तो अवस्थामा चिकित्सकलाई देखाउनुपर्छ । मुखमा भएका परिवर्तन, घाउ–खटिरा, दाग सजिलैसँग देख्न सकिन्छ ।

जोगिने उपाय

-मुखको क्यान्सर भएका बिरामीमध्ये ९० प्रतिशतले सुर्तीजन्य पदार्थ सेवन गरेको पाइन्छ । धूम्रपानबाट ३५ किसिमका विभिन्न रोग लाग्न सक्छ ।

-मद्यपान पनि मुखको क्यान्सर गराउने एक प्रमुख कारण हो । जुनसुकै प्रकारको र मात्राको रक्सी सेवन गर्दा पनि मुखको क्यान्सर हुन सक्छ । सुर्ती र रक्सी सँगै सेवन गर्दा मुखको क्यान्सर हुने सम्भावना १५ गुणाले बढ्छ ।

-जंकफुड, केमिकल हालेको सागसब्जी खाँदा पनि मुखको क्यान्सर हुन सक्छ ।

मानसिक रोगको स्वास्थ्य सेवा देशै भरी आवश्यक - 2017-04-29
चितवन १६ वैशाख / मानसिक स्वास्थ्य समस्याको उपचार देशैभरी स्थानीय तहबाट लैजानु अति आवश्यक भएको नीति निर्माण तहका व्यक्तिहरुले बताएका छन् ।

रौतहटमा ठेउला रोगको प्रकोप - 2017-04-29
कलमपाटी १६ बैसाख / रौतहटको गढीमाइ गाउपालिका तथा चन्द्रपुरको ३ नम्वर वडाका बस्तिहरुमा ठेउला रौगको प्रकोप देखिएको छ ।

रौतहटमा ठेउलाको प्रकोप - 2017-04-12
कलमपाटी ३० चैत्र / रौतहट जिल्लाको वरियारपुर, बिगरनगरा, पर्सा, गम्हरिया, र संग्रामपुर टोलमा ठेउला रोग देखिएको हो ।

सर्लाहीमा कालाजार बाट ६ जनाको मृत्यू ,१३ जना बिरामी - 2017-04-11
सर्लाही २९ चैत्र / सर्लाहीको इश्वरपुर नगरपालिका २ तात्कालिन भक्तिपुर गाबिसको राइटरखोर स्थित दलित बस्तीमा कालाजार रोगका कारण ६ जनाको ज्यान गएको छ ।

चन्द्रनिगाहपुर अस्पताल प्रालिमा निशुल्क पाठेघरको शल्यकृया - 2017-03-28
रौतहट १५ चैत्र / चन्द्रनिगाहपुर अस्पताल प्रालिमा निशुल्क रुपमा महिलाहरुको आङ्ग खस्ने रोगको शल्यकृया भैरहेको छ । फागुन १५ गते देखी संचालन भएको शिविरमा ५७ जना महिलाहरुले आङ्ग खस्ने रोगको उपचार गराइ सकेको अस्पतालका डा. सुभाष कुमार चौधरीले जानकारी दिएका छन ।

स्वास्थ्य शिविरमा ६ हजार भन्दा बढीले सेवा लिए - 2017-03-27
कलमपाटी १४ चैत्र / रौतहटको गौरमा एकसाता सम्म चलेको निशुल्क स्वास्थ्य शिविरमा ६ हजार भन्दा बढीले उपाचार गराएका छन । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा भएको सघन स्वास्थ्य शिविर सोमवार सकिएको छ ।

मुटुको भल्वको निशुल्क शल्यक्रिया - 2017-01-28
कलमपाटी १५ माघ / स्वास्थ्य मन्त्रालयले फागुन १ गतेदेखि मुटुरोगीको भल्व शल्यक्रिया पूर्णरुपमा निःशुल्क गर्ने योजना बनाएको छ ।

गाउमा परीवार नियोजन सेवा नपाउदा धेरै सन्तान जन्माउन बाध्य - 2017-01-28
रौतहट १५ माघ / परीवार नियोजनको शिविर ग्रामिण भेगमा संचालन नहुदा सन्तानको रहर पुगेका हरुले परीवार नियोजन सेवा नपाएको गुनासो गरेको छन ।

स्वास्थ्य चौकी लथालिङ्ग न औषधी,न स्वास्थ्यकर्मी! - 2017-01-26
फणि महत / गौर १२ माघ / रौतहटको एक गाबिसमा रहेको स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीहरु नआउने र निशुल्क पाइने औषधी समेत अभाव रहेको पाइएको छ ।

PREV 1 2 3 4 5 6 7 NEXT

English News



644150 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top