बाढीपिडित बस्तिमा झाडापखालाको प्रकोप, सरसफाइमा ध्यान दिन स्वास्थ्यकर्मीको सुझाव

स्वास्थ्य

गर्मी बढेसंगै बारामा ठेउलाको प्रकोप बढ्यो, यस्तो छ बच्ने उपाय



स्वास्थ्य प्रकाशित मिति:

सिमरा :
गर्मी बढेसंगै बारामा ठेउलाको प्रकोप फैलिएको छ । बाराको कलैया अस्पताल र सिमरा स्थित प्राथमिक स्वास्थ्य केन्द्रहरुमा ठेउलाका विरामी बढेको पाईएको छ ।

कलैया स्थित बारा जिल्ला अस्पतालकी निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. अनुपमा यादवका अनुसार कलैया अस्पतालमा अहिले हप्तामा पाँच जना सम्म ठेउलाका विरामी आउने गरेका छन् ।

सिमरा स्थित प्राथमिक स्वास्थ्य केन्द्रका प्रमूख डा. अनुश थाका अनुसार जीतपुरसिमरा उपमहानगरपालिकाका विभिन्न स्थानमा पनि ठेउलाका विरामी बढेका छन् । वैशाख यता प्राथमिक स्वास्थ्य केन्द्र सिमरामा मात्र २० जना भन्दा बढि ठेउलाका विरामी आइसकेका छन् ।

खासगरी विद्यालय उमेर समूहका बालबालिकामा यस्को प्रकोप बढि देखिएको डा. थाको भनाई छ । ‘सर्ने रोग भएकाले विद्यालय जाने उमेर समुहका वालवालिकामा बढि देखिएको छ’ डा. थाले हेडलाईनसंग भने । यस बाहेक बयस्कहरुमा समेत ठेउला भेटिएको उनले बताए ।
के हो ठेउला ?
चिकेनपोक्स भनेर चिनिने ठेउला भेरिसेला जोस्तर भाइरसको कारणले हुने गर्छ । यो भाइरस सहजै बिरामीका खोकी वा थुकको छिटा तथा बिरामीका छालामा देखिने फोकाका पानी छोएमा सर्ने गर्छ । शरीरमा बिबिराका पानी फोकाहरु देखिएपछि १–२ दिन अघिदेखी फोका नसुकेसम्म बिरामीबाट भाइरस अन्य व्यक्तिमा सर्न सक्छ । संक्रमित भएको १० देखि २१ दिनसम्ममा लक्षणहरु देखा पर्ने गर्छन् ।
ज्वरो आउनु, आलश्य हुनु र शरीरमा चिलाउने बिबिरा देखिनु यसका मुख्य लक्षण   हुन् । बिबिरा सामान्यतः अनुहारबाट सुरु भएर घाँटी, छाती, ढाड पछाडि हुँदै शरीरका विभिन्न भागमा फैलन्छ । बिबिराहरु पानी फोकामा परिणत भई पाप्रा भएर झर्ने गर्छ । पानी फोका एकदमै संक्रमित हुने गर्छ र छोएमा भाइरस सजिलै सर्न सक्छ । हप्ता १० दिनमा यो क्रम सकिने गर्छ ।
को बढी जोखिममा ?
१. साना बालबालिका
२. गर्भवती महिला
३. रोगप्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु
के कस्ता जटिलता आउन सक्छ ?
१. निमोनिया
२. स्नायु प्रणालीमा संक्रमण
३. रक्तश्राव
४. सेप्सिस
५. छालाको संक्रमण
यसको उपचार के हो ?
१. प्रशस्त आराम
२. प्रशस्त झोलिलो खानेकुरा सेवन
३. चिकित्सकको सल्लाह अनुसार एन्टिभाइरल औषधि प्रयोग
४. लक्षण अनुसार चिकित्सकले दिएको एन्टिबायोटिक प्रयोग
कसरी बच्ने ?
संक्रमित व्यक्तिले घरैमा बसी चिकित्सकको सल्लाह अनुसार औषधि लिएर आराम गर्नु उपयुक्त हुन्छ । संक्रमित व्यक्तिले खोक्दा वा सो व्यक्तिलाई छुँदा सहजै रोग सर्ने र फैलने भएकाले त्यस्ता बिरामी सार्वजनिक स्थलमा नजाँदा राम्रो हुन्छ । हाल यसको खोप नेपालको बालखोप कार्यक्रममा समावेश नभएकाले जोखिममा भएका व्यक्तिले छुट्टै लिन सक्छन् । यसबाट रोग लागिहालेमा पनि कडा हुने हुँदैन । तर, एक पटक ठेउला लागेमा पछि फेरि दोहरिने सम्भावना अत्यन्त न्यून हुन्छ । साभार हेडलाईन खबर
 

जान्नुहोस् डिप्रेसनका लक्षण कस्ता हुन्छन् - 2017-08-19
डा. प्रदीप पाण्डे न्युरोलोजिस्ट डिप्रेसन एक प्रकारको मानसिक रोग हो । यसलाई मानिसहरूले धेरै ठूलो रोगको रूपमा लिन्छन् । यसको उपचार समयमै गर्न सकियो भने निको पनि हुन्छ ।

कागतीपानी पिउनुका के छन् फाइदा ? - 2017-08-16
कागतीपानी पिउने बानी कत्तिको छ ? छ भने खुसीको खबर छ । कागतीपानी पिउनेहरूका लागि फाइदैफाइदा छन् ।

बाढीप्रभावित क्षेत्रमा महामरी फैलन सक्छ होस गरौ - 2017-08-13
तराइ मधेशमा बाढीका कारण बस्तिहरु डुवानमा परेका छन सो बस्तिहरुमा बिभिन्न रोग फैलने खतरा बढेको स्वास्थ्यकर्मीहरुले बताएका छन ।

चन्द्रनिगाहपुर सरकारी अस्पतालमा कर्मचारीको मनलाग्दी - 2017-08-10
चन्द्रनिगाहपुरमा रहेको सरकारी अस्पतालमा स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको मनोमानी बढेको छ । कर्मचारीहरु आउने र जानेको कुनै समय नै छन । आफ्नो समयमा आउने र आफु खुशी जाने क्रम अस्पतालमा बढेको पाइएको छ ।

टवाईलेट सफा गर्ने हर्पिक मिसाएको पाइएपछि चटपटे बेच्न प्रतिबन्ध - 2017-08-10
सडकमा ठेलामा राखेर बिक्री वितरण हुँदै आएको चटपटमा चर्पी सफा गर्न प्रयोग हुने हर्पिक मिसाउने गरेको पाइएपछि म्याग्दी सदरमुकाम बेनीमा चटपट बेच्न प्रतिबन्ध लगाइएको छ।

बारा पर्सामा बढ्दैछ भाईरल ज्वरो, यसरी बचौं भाइरल ज्वरोबाट - 2017-08-10
बारामा केहि दिन यता भाईरल ज्वरोका बिरामी निकै बढ्न थालेका छन । साना बालबालिकादेखी बृद्धबृद्धासम्म भाईरल ज्वरोका कारण उपचार गराउन अस्पताल पुग्न थालेका छन । भाईरल ज्वरोका कारण बारा÷पर्साका अस्पतालमा बिरामीको भिड लाग्न थालेको छ ।

स्वाइन फ्लु रोगले एकको मृत्यु - 2017-08-05
पाल्पाका एक व्यक्तिको स्वाइन फ्लु रोगका कारण आज उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ भने अज्ञात रोगका कारण चार जनाको मृत्यु भएको छ ।

यौनका कुरा स्कुलदेखि नै सिकाउनुपर्छ : मनोविद करुणा कुँवर - 2017-08-04
यौनप्रति युवाको धारणा कसरी निर्माण भएको छ ? पछिल्लो १० वर्षमा प्रविधिको विकास द्रुत गतिमा भयो । प्रविधिले दिने शिक्षा माथिल्लो तहसम्म पुग्यो भने समाजबाट आउने शिक्षा तल्लोस्तरमै रह्यो । अहिले इन्टरनेटमा सबैथोक हेर्न मिल्छ, तर समाजमा सेक्सबारे बोल्न लाज हुन्छ ।

रुघाखोकीका बिरामीको लगत संकलन शुरु - 2017-08-04
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सरकारी तथा निजी अस्पतालमा मौसमी रुघाखोकी (इन्फ्लुएञ्जा) भई उपचारमा आउने बिरामीको लगत संकलन कार्य शुरु गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 NEXT

English News



1171234 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top