समाज

काचो सालको रुख काटेर तस्करी



समाज प्रकाशित मिति: कलमपाटी

चन्द्रपुर १३ जेठ //
जिल्ला वन कार्यालय रौतहट अन्र्तगतको चन्द्रनिगाहपुर इलाका बन क्षेत्रमा काचो सालको रुखहरु काटीउको छ । दर्जनौ सालको काचो रुख एउटै स्थानमा काटिएको भएपनि बन कर्मचारीहरुले पत्तो पाएका थिएनन ।


केही कर्मचारीको संलग्नतामा ईलाका वन कार्यालय चन्द्रनिगाहपुरको बनक्षेत्रबाट एकमहिना  नै सालका काचो रुख काटीएको बताइएको छ ।  एउटै स्थानमा १५ वटा सम्म रुख काटीएको छ ।

मैढा जाने बाटोको लमाहा खोला नजिकै नहर निस्कने फायरलाईनको बाटो नजिकै  रुख काटिएको हो । तस्करले काचो रुख ढालेर राम्रो काठहरु लगेका छन भने नराम्रो काठहरु र दाउराहरु जंगलमा नै छाडेको भेटीएको छ ।

तस्करले काठ लगेपनि बाकी रहेको काठहरु बन कर्मचारीहरुले उठाउने गरेका छैनन ।  उक्त इलाका बन कार्यालयका सहायक वनअधिकृत  र एक जना फरेष्टरले तस्कर संग मिलेर रुख कटाएको आरोप छ ।

तर उनीहरुले आफ्नो कुनै संलग्नता नरहेको दावी गरेका छन ।

काटीएको बन क्षेत्र कार्यालय भन्दा टाढा रहेकोले काठ तस्करी भएको हुन सक्ने बन कर्मचारीहरुले  बताएका छन ।

रौतहटका डिएफओ दिर्घनारायण कोईरालाले रुखहरु काटीएको बिषयमा आफुलाइ जानकारी नआएको बताउदै सो क्षेत्रमा के भएको हो बुझ्न कर्मचारीहरु पठाउने बताएका छन ।

फोटो ः रौतहटको बन क्षेत्रमा तस्करले काटेर अलपत्र छाडेको  काचो सालको रुख । 


चन्द्रनिगाहपुरमा २८ गते बाट महोत्सव शुरु - 2018-03-11
कलमपाटी २७ माघ // रौतहट जिल्लाको चन्द्रनिगाहपुरमा हुन लागेको चन्द्रपुर महोत्सवको तयारी पुरा भएको आयोजक चन्द्रपुर सिटि जेशिजले जनाएको छ । रौतहटको चन्द्रनिगाहपुरकमा स्थानिय स्तरका कला, संस्कृति तथा व्यापारलाई प्रर्वद्धन गर्ने उद्धेश्यले चन्द्रपुर महोत्सवको आयोजना गरिएको हो ।

बालिका बलात्कारको आरोपमा ६२ वर्षीय बृद्ध पक्राउ - 2018-03-10
गाईघाट: १५ बर्षीया बालिका बलात्कारको आरोपमा शुक्रबार उदयपुरको बेलका नगरपालिका ३ शुक्रबारे बजारबाट ६२ वर्षीय बृद्धा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको बराहा नगरपालिका ८ स्थायी घर भई बेलका नगरपालिका ९ रामपुरमा बसोबास गर्दै आएका सुडिलाल चौधरी रहेका छन् ।

शौचालय जाँदा बलात्कृत हुन्छन् युवती, ‘ठालू’ले गाउँमै मिलाउँछन् घटना - 2018-03-10
महोत्तरी : फागुन २१ गते, सोमबार राति । महोत्तरीकी साइरुन (नाम परिवर्तन) शौचालय जान घर बाहिर निस्किन् ।

राजविराज बजारमा आगलागी, एक करोडको क्षति - 2018-03-10
राजविराज : राजविराज बजारमा शनिबार बिहान भीषण आगलागी हुँदा चार तल्ले पक्की घरसहितको पसल जलेर नष्ट भएको छ। राजविराज नगरपालिका–७ हटियाका जुत्ता, चप्पल व्यवसायी नौसाद खातुनको पसलमा बिहान २ः३० बजे सुरु भएको आगोले ठूलो क्षति भएको छ।

बंशरिाम जयसवाल अनाथालय को २२ औ बार्षिक उत्सव - 2018-03-09
रौतहट २५ फागुन // रौतहट जिल्लाको गरुडामा रहेको बंशिराम जयसवाल अनाथालयको २२ औ बार्षिक उत्सव समारोह एक कार्यक्रम बिच उदघाटन भएको छ ।

गरीव लाइ ग्यास चुलो र सिलिन्डर बितरण - 2018-03-09
रौतहट २५ फागुन // पुर्वमन्त्री तथा संसद प्रभु साहको पहलमा अति गरीव तथा बिपन्न परीवार लाइ ग्यास सिलिन्डर बितरण गरीएको छ ।

रौतहटमा माधव नेपालको पहलमा ५२ किलोमिटर कालोपत्रे हुदै - 2018-03-09
गौर २५ फागुन // रौतहटको बिभिन्न स्थानमा २२ वटा सडक निमार्ण गर्नका लागी बिहिवार शिलान्यास गरीएको छ ।

आज प्रदेश २ को संसद बैठक - 2018-03-09
जनकपुरधाम : प्रदेश नम्बर २ प्रदेशसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजेका लागि डाकिएको प्रदेश संसद सचिवालयले जनाएको छ ।

बारा,पर्साका किसानले उखुको चलान पाएनन् - 2018-03-09
पर्सा : बाराको रिलायन्स चिनी मिलले भारतीय उखु खरिद गरेर आफूहरूलाई चलान पुर्जी नदिएको पर्साका किसानले गुनासो गरेका छन् । चिनी मिलले चलान पुर्जी नदिएर २०७१ सालमा वीरगन्जमा उखु किसानसँग गरेको सम्झौता उल्लंघन गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 NEXT

English News



1090738 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top