जलमग्न रौतहट, शव जलाउने ठांउ नहुदा सडक मै जलाइयो !

समाज

अमलेखगन्ज–मोतिहारी पाइपलाइन: पाँच हजार रूख काटिने



समाज प्रकाशित मिति:

अमलेखगन्ज :
रक्सौल–मोतिहारी निर्माणाधीन तेल पाइपलाइन परियोजनाअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रका करिब ५ हजार रूख काट्नुपर्ने भएको छ । पथलैयादेखि आधाभार हुँदै अमलेगन्ज नेपाल आयल निगम डिपोसम्मै निकुञ्जको वन क्षेत्र रहेको छ ।


राजपथको पश्चिमतर्फ घना जंगल छ । निकुञ्जको यो वन क्षेत्रमा सालका रूखको प्रचुरता छ । वन्यजन्तुका दृष्टिले पनि संवेदनशील यो क्षेत्र निकुञ्जको रैथाने जंगली हात्तीको बासस्थान हो । हात्ती लगायत अन्य वन्यजन्तु यस क्षेत्रमा ओहोरदोहोर गरिरहन्छन् ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन प्रोजेक्टका इन्जिनियर शरदप्रसाद पौड्यालका अनुसार विगतमा २३ हजार वटासम्म निकुञ्जको रूख काट्नुपर्ने प्रारम्भिक सर्भेले देखाएको थियो । त्यसलाई न्यूनीकरण गरी सक्दो कम काट्ने तयारी गरिएको छ । हाल रूख काटने अनुमतिको प्रक्रिया मन्त्रालय स्तरमा रहेको र आफूले पाएको जानकारीअनुसार त्यो प्रक्रिया अन्तिम चरणमा रहेको उनले बताए ।

वर्षाकै बीच पनि परियोजनाको काम भने जारी रहेको पौड्यालले बताए । नेपालतर्फ १७ किमिभन्दा केही बढी पाइप ओछ्याइसकिएको उनले जानकारी दिए । भारततर्फ नेपालभन्दा दु्रत गतिमा काम हँुदै गरेकाले त्यहाँ करिब २५ किमि पाइप ओछ्याइसकिएको छ ।

नेपालतर्फ वीरगन्जस्थित नेपाल–भारत सीमादेखि अमलेखगन्जस्थित आयल निगमको डिपोसम्म गरी ३६ किमि पाइप ओछ्याउनुपर्नेछ । हालसम्म पथलैया काँटादेखि सिमरा हुँदै जीतपुरसम्म, वीरगन्जको बाइपास क्षेत्रमा बढी काम भएको छ ।

वीरगन्जस्थित नेपाल–भारत सीमा क्षेत्रमा १ किमि, जीतपुर बजार, परवानीपुर बजार र पथलैया काँटादेखि उत्तर राष्ट्रिय वन र पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्र हुँदै अमलेगन्जसम्म पाइप लाइनको काम पूर्णरूपले बाँकी छ । वर्षाले गर्दा काम सुस्त गतिमा भए पनि सन्तोषजनक रूपमै काम भएको उनले बताए । यो परियोजनाअन्तर्गत भारतको मोतिहारीदेखि रक्सौलसम्म ३३ दशमलव ७ सय किमि पाइप ओछ्याइँदै छ । यता रक्सौलदेखि अमलेखगन्जसम्म २६ दशमलव २ सय मिटर लामो पाइप लाइन ओछ्याइँदै छ । परियोजनाको लागत प्रति किमि भारु ४ देखि ५ करोड रुपैयाँ रहेकाले कुल लागत झन्डै ३ सय ५० करोड भारु हुनेछ ।

इन्डियन आयल कर्पोरेसनको लगानीमा सञ्चालित यो परियोजनाका लागि नेपालले पाइप लाइन ओछ्याउने स्थान उपलब्ध गराउने र वीरगन्जका केही स्थानमा मुआब्जा वितरणको काममा मात्रै खर्च गर्नेछ । यो परियोजनाअन्तर्गत फागुन २५ देखि पाइपलाइन ओछ्याउने काम सुरु गरिएको थियो । पाइपलाइन ओछ्याउने र वेल्डिङ गर्ने कामको ठेक्का भारत महाराष्ट्रको लिखित इन्फ्रास्टक्चर प्रालिले लिएको छ । परियोजनामा भारत महाराष्ट्रको सिमलेश लिमिटेडले उत्पादन गरेको स्टिल पाइप प्रयोग गरिँदैछ । अमलेखगन्जस्थित आयल निगम डिपोमा ४ वटा ट्यांकीको स्तरोन्नतिको काम पनि भइरहेको छ ।

भारत फरिदावादको मोतिप्रभा इन्फ्राटेक प्रालिले यो काम गरिरहेको छ । पाइपबाट भारतबाट आउने इन्धन ती ओवरहेड ट्यांकीमा भण्डारण गरिनेछ । ३ हजार ९ सय किलोलिटर क्षमताको २ वटा, ४ हजार १ सय र १ हजार ५ सय केएलका १/१ वटा गरी ४ वटा ट्यांकी स्तरोन्तति गरिँदै छ, जसमा कुल १३ हजार ४ सय केएल इन्धन भण्डारण हुनेछ । साभार कान्तिपुर

लमजुङमा प्रहरीको गाजा नष्ट अभियान - 2018-06-10
लमजुङ्ग २७ जेठ / लमजुङको बिभिन्न स्थानमा भेटीएको पाचहजार भन्दा बढी गांजाको बोट प्रहरीले नष्ट गरेको छ ।

ठेकेदारले क्रसर राखेर गिट्टी बेचेपछि क्रसर बन्द गर्न निर्देशन - 2018-06-10
रौतहट २७ जेठ // गढीमाई नगरपालिका २, समनपुरस्थित बागमती नदीकिनारमा अवैधरुपमा सञ्चालनमा रहेको क्रसर उद्योग लाइ प्रशासनले बन्द गराएको छ ।

ठेक्का लिने काम समयमा नसक्ने रौतहटमा को को छन ठेकेदार - 2018-06-10
रौतहट २७ जेठ // निर्माण कम्पनीहरुले ठेक्का लिने तर समयमा नै काम सम्पन्न नगरेको रौतहट जिल्लामा पनि फेला परेको छ । ठेकेदारले बिभिन्न वाहानामा निमार्णका काममा ढिला सुस्ति गरेपछि जिल्ला प्रशासन कार्यालयले सुचि तयार गरेको छ ।

रौतहटमा नावालक छोरा सहित आमा मृत अवस्थामा फेला - 2018-06-09
रौतहट २६ जेठ// आमा छोराको शंकास्पदरुपमा मृत्यु भएपछि रौतहटमा प्रहरीले घटनाको अनुशन्धान थालेको छ । घरमा रहेका परीवारका सदस्यहरु भागेका छन ।

अन्तर्राष्ट्रिय फोटो प्रतियोगितमा रौनियारको फोटो तेस्रो - 2018-06-09
रौतहट // यूरोपेली कमिसन स्थित अन्तर्राष्ट्रिय साझेदारी र बिकाससम्बन्धी निर्देशनालयले आयोजना गरेको एक अन्तर्राष्ट्रिय फोटो प्रतियोगितमा नेपालका ईश्वर रौनियारले तेस्रो पुरस्कार जितेका छन।

चन्द्रपुरमा वातावरण दिवश मनाइयो - 2018-06-05
रौतहट २२ जेठ// जिल्ला बन कार्यालय रौतहटको आयोजनामा वातावरण दिवशको अवसरमा अन्र्तक्रीया कार्यक्रम गरीएको छ । बिभिन्न राजनैतिक दलका प्रतिनिधी, कर्मचारी, सुरक्षाकर्मी, संचारकर्मीहरु कार्यक्रममा सहभागी थिए ।

वीरगञ्जमा रिक्सा चालक मृत भेटिए, हत्या भएको शंका - 2018-06-05
वीरगञ्ज : वीरगञ्जमा एक रिक्सा चालकको शंकास्पद मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका-८ पानी ट्याङकीमा सोलुखुम्बु घर भएका गोपाल परियार मृत भेटिएका हुन् ।

बोर्डरका रक्सी पसल हटाउन निर्देशन - 2018-06-05
जनकपुर : विहारका ग्राहकलाई लक्षित गरेर सीमा क्षेत्रमा खोलिएका रक्सी पसल बन्द गर्न प्रदेश सरकारले निर्देशन दिएको छ । सीमाबाट १ किलोमिटरभित्र रहेको रक्सी पसल हटाइने भएको छ ।

भन्सार नाका पार गरेर भारत लैजाँदै गरेकाे १२ टन मरिच बरामद - 2018-06-05
वीरगञ्ज : प्रहरीले वीरगञ्जबाट सोमबार साँझ ठूलो परिमाणमा मरिच बरामद गरेको छ । तस्करी गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा अन्दाजी १२ टन मरिच बरामद भएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 NEXT

English News



1361986 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top