गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाए प्रधानमन्त्रीले

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
कानुनमन्त्रीले पक्की पुलको उद्घाटन गरे - 2018-05-02
हेलम्वु// सिन्धुपाल्चोकको हेलम्वु गाउँपालिकाको वडा नम्वर ६ र ७ जोड्ने गोरे खोलाको पक्की पुल उद्घाटन गरिएको छ ।

तीन महिना भित्रै सरकारले संविधान संशोधन गर्छ : अध्यक्ष यादव - 2018-04-29
जनकपुर १६ बैसाख // संविधान संशोधन गरी तराई, मधेश, आदीवासी, जनजातीहरुको मागलाई सम्बोधन गर्न दवाव दिदै आएको संघिय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले ३ महिना भित्र सरकार स्वयंले संविधान संशोधन गर्ने दावी गरेका छन् ।

टुंगो लागेन एकता मिति - 2018-04-28
काठमाडौँ: वाम एकतामा परिरहेको अल्झन खुलाउन एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबारबाट पुनस् छलफल थालेका छन् ।

बजेटमा सर्वसम्मति - 2018-04-28
जनकपुरधाम : प्रदेश २ को सरकारले सदनमा प्रस्तुत गरेको विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको छ । आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले यो विधेयकअन्तर्गत १ अर्ब २ करोड ५ लाखको बजेट सदनमा प्रस्तुत गरेका थिए ।

'प्रदेश २ संवेदनशील' - 2018-04-26
बारा : सिमरा गृहमन्त्री रामबहादुर थापाले प्रदेश २ संवेदनशील प्रदेश भएकाले आवश्यक सुरक्षा रणनीति बनाउन गृह मन्त्रालय गम्भीर रहेको बताएका छन् ।

प्रदेश २ : गठन भएको २ महिनासम्म ठोस काम गर्न नसकेको भन्दै सरकारको आलोचना - 2018-04-26
जनकपुरधाम : प्रदेश २ को बुधबार बसेको प्रदेशसभा बैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाबारे व्यवस्था गर्न लागेको विधेयक र प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिकोे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरियो।

प्रचण्डको आह्वान- विदेशी शक्तिविरुद्ध अन्तिम लडाइँमा उत्रौं - 2018-04-26
रौतहट : नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकता भाँड्न विदेशी शक्ति सक्रिय भएको बताएका छन् ।

प्रदेश २ को बजेट प्रस्तुत, 'स्वच्छ प्रदेश : स्वस्थ जनता' कार्यक्रममा डेढ करोड - 2018-04-25
धनुषा: प्रदेश नम्बर २ को सरकारले चालु आर्थिक वर्ष २०७४/७५ को तीन महिनाका लागि प्रदेशसभामा बजेट प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले मंगलबार एक अर्ब दुई करोड पाँच लाख रुपैयाँको बजेट प्रस्तुत गरेका हुन्।

प्रदेश २ मा थप आठ दिन सार्वजनिक बिदा - 2018-04-23
जनकपुरधाम : संघीय सरकारले तोकेबाहेक प्रदेश २ मा थप आठ दिन सार्वजनिक बिदा हुने भएको छ । प्रदेश २ मा मनाइने विभिन्न पर्व र दिवसमा सरकारले बिदा दिने निर्णय गरेको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1376225 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top