गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाए प्रधानमन्त्रीले

राजनीति

संसदमा विपक्षी सांसद भन्छन् -समृद्धिको होइन, करको माहोल देखियो



राजनीति प्रकाशित मिति:

काठमाडौं :
स्थानीय तहमा भएको कर वृद्धिको विषयमा आइतबार संसदमा छलफल भएको छ । आइतबारको संद बैठकमा सत्तापक्षका सांसदहरुले कर बढाएको विषयमा अनावश्यक भ्रम सिर्जना गरेको दावी गरे भने विपक्षी दलका सांसदहरुले भने गरिब जनताको ढाड सेक्ने गरी अवैज्ञानिक रुपमा कर लगाइएको भन्दै फिर्ता लिन माग गरे ।

संसदको छलफलपछि सभामुख कृष्णबहादुर महराले करको विषयमा सरकारको विशेष ध्यानाकर्षणसमेत गराएका छन् ।

आइतबारको संसद बैठकमा नेकपाकी सांसद पंफा भुसालले करको भ्रमपूर्ण खबरले संघीयताविरोधीले टाउको उठाउने मौका पाएको बताइन् । कांग्रेस सांसद पुष्पा भुसालले सानो पूँजीको उपयोग गरेर आम्दानी गरेकाहरु करका कारण व्यवसाय र पेशा नै छोड्नुपर्ने अवस्थामा पुगेको बताइन् ।

नेकपाका सांसद कृष्णभक्त पोखरेलले स्थानीय तहले अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न केन्द्र सरकारले भूमिका खेल्नुपर्ने बताए । ‘हामीले सबै सरकारलाई कर उठाउन पाउने प्रबन्ध गर्‍यौं । अहिले करको विषयमा भ्रम सिर्जना गर्न मिडिया पनि प्रयोग भएको छ’ उनले भने ‘अञ्जानबस कर उठाएको भए रोक्नका लागि प्रेरित गर्न र सरकारले गरेको कामको प्रचार गर्न सरकारलाई आग्रह गर्दछु ।’

कांग्रेस सांसद अमरेशकुमार सिंहले करका कारण राजनीतिप्रति नै वितृष्णा उत्पन्न भइरहेको बताए । मकै पोल्नेलाई, ठेलावालालाई र खोला तर्दासमेत कर लिइएको भन्दै उनले स्थानीय तहको करमा एकरुपता हुनुपर्ने बताए ।

कांग्रेस सांसद उमेश श्रेष्ठले देशमा समृद्धिको माहोल आउनुपर्नेमा करको माहोल आएको टिप्पणी गरे । उनले जनता धनी भएमा आफै कर तिर्ने भन्दै अहिले बढाइएको करमा पुनर्विचार हुनुपर्ने बताए ।

नेकपाका सांसद कृष्णप्रसाद आचार्यले कर वृद्धिको विषय थोरै बास्तविकता र धेरै सामाजिक सञ्जालको आतंक भएको जिकिर गरे । ‘कुनै एउटा स्थानीय सरकारले कर सम्बन्धी जानेर नजानेर गरेको व्यवस्थालाई फैलाउँदा कर आतंक हो कि के हो भन्ने भएको छ’ उनले भने ‘सरकारले यथार्थ सूचना प्रदान गरोस् । नजानेर भएको त्र्ुटी छ भने सबै स्थानीय सरकारलाई एक ठाउँमा राखेर समस्या समाधान गरोस् ।’

नेकपाका सांसद घनश्याम खतिवडाले करको विषयमा सामाजिक सञ्जालमा सरकारको बदनाम गरिएको भन्दै विरोध जनाए । ‘जन्मदर्ता मृत्युदर्तामा समेत कर लागेको भन्ने अफवाह आएको छ, तर रसिद कतै देखिएको छैन’ उनले भने ‘अञ्जानवश वा सरकारलाई बदनाम गर्ने नियतले आएको छ भने गैरकानूनी कर नलगाउन निर्देशन जारी गर्नुपर्छ ।’
मूल्यवृद्धि गर्नेहरुले पनि कर बढेको अफवाह फैलाएका उनले आरोप लगाए ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले स्थानीय सरकारले कर लिन पाउनु नीतिगत रुपमा गलत नभए पनि एउटा पद्धतिमा कर लगाउनुपर्ने बताइन् । अहिले दायित्ववोधविना जथाभावी कर लिइएको भन्दै उनले विरोध जनाइन् । साभार अनलाईन खबर
एमालेबाट गौरमा साह मेयरमा र चन्द्रपुरमा चौधरी उपमेयरमा सिफारीस - 2017-05-22
नेकपा एमालेको तर्फ बाट रौतहटको गौर नगरपालिकाको मेयर पदमा शम्भु साहको नाम निर्बिरोध कमिटीमा पठाइएको छ । यस्तै चन्द्रपुर नगरपालिकाको उपमेयर पदमा रामरति चौधरीको नाम नगरकमिटीले निर्बिरोध रुपमा सिफारीस गरेको छ ।

पार्टीले टिकट दिनेमा बिश्वस्त छु : रामपुकार यादव - 2017-05-22
नेकपा एमालेले आफुलाइ गढीमाई गाउपालीका अध्यक्ष पदमा टिकट दिने रामपुकार यादवले बताएका छन । दोश्रो चरणमा हुने स्थानीय तहको निर्बाचन नजिकदै जादा रौतहटमा टिकटका लागी धेरैले दौडधुप गरीरहेका छन ।

पहिलो चरणको चुनावको १८ वटा स्थानिय तहको परीणाम आउन बाकी - 2017-05-21
चार वटा महानगरपालिका सहित अव १८ वटा स्थानिय तहको मतगणना बाकी रहेको छ । काठमाण्डौ, ललितपुर, पोखरा लेखनाथ र भरतपुर महानगरपालिका सहित १८ वटाको मत गणना जारी रहेको छ ।

मेयरका उम्मेदवारले आफ्नै मत पनि पाएनन! - 2017-05-19
मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा मेयर पदका उम्मेदवार ले आफ्नै मत समेत पाएका छैनन । स्वतन्त्र बाट मेयर पदमा उठेका राकेश कुमार शर्माले एक मत पनि पाएका छैनन ।

तीन वटा महानगरपालिकाको पछिल्लो मत परीणाम [ अपडेट ] - 2017-05-18
पहिलो चरणमा स्थानिय तहको निर्वाचनको चारवटा महानगरपालिकाहरुको मतगणना जारी छ । चार वटै महानगरपालिकाको बुधवार बिहान ९ बजे सम्मको मत परीणाम यस्तो रहेको छ ।

भरतपुर महानगरमा एमाले अगाडी - 2017-05-18
चार वटा महानगर पालिका मध्य भरतपुरको नतिजाका लागी अहिले सवैले चासो देखाइरहेका छन । प्रधानमन्त्रीको छोरी रेणु दाहाल मेयर पदमा उठेको र काग्रेस , माओवादी केन्द्रको गठबन्धन रहेकाले पनि आम मानिसले सो महानगरपालिकाको परीणाम लाइ चासो दिएका हुन ।

कुन पार्टीले कति स्थानिय तह जीते [अपडेट] - 2017-05-17
पहिलो चरणको स्थानिय तहको निर्वाचनमा सोमबार बिहान ८ बजे सम्म एमाले पहिलो स्थानमा रहेको छ । एमालेले ११६ स्थान, काग्रेसले १०३ स्थान, माओवादी केन्द्रले ४६ स्थान , राप्रपाले १ स्थान , नया शक्तिले १ स्थान, राष्टिय जनमोर्चा १ र अन्य स्वतन्त्रले ५ स्थानमा बिजयी हासिल भएका छन ।

कहां कहां जित्यो एमालेले नाम हेर्नुहोस - 2017-05-17
पहिलो चरणमा स्थानिय तहको निर्वाचन मा नेकपा एमालेले बुधवार ४ बजे सम्मको मत गणनामा ४१ स्थानमा बिजयी भएको छ । दुइ सय ८३ स्थानीय तहमध्ये ७ वटा नगरपालिकामा प्रमुख र उपप्रमुख सहित ३४ गाउँपालिका अध्यक्ष पदहरु बिजयी भएको हो ।

रौतहटमा २४ औ मदन आश्रित स्मिृती दिवस मनाइयो - 2017-05-17
नेकपा एमालेले रौतहटको चन्द्रनिगाहपुरमा २४ औ मदन आश्रित स्मृती दिवस मनाएको छ । रौतहट जिल्ला अध्यक्ष कमल राय यादवको प्रमुख आतिथ्यमा कार्यक्रम गरीएको थियो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 NEXT

English News



1374742 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top