समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



समाज प्रकाशित मिति:

बर्दिया :
राजापुर नगरपालिका वडा नम्वर ३ स्थित उत्तर टेडीयामा से ३ प ८४६९ नम्वरको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल वुधबार राति साढे १० बजे दुर्घटना हुँदा मोटरसाइकलमा सवार कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नम्वर ४ झुङगा निवासी ३० बर्षीय बजारु थारुको मृत्यु भएको हो ।
घाइते थारुलाई उपचारका लागि बाँकेस्थित नर्सिङ्ग होममा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए ।
घाइते मोटरसाइकल चालक सोही निवासी बर्ष २८ का रामबहादुर चौधरीको बाँया खुट्टा भाँचिएकोले नर्सिङ्ग होममा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
मधेशमा झोलुङ्गे पुल सहजता सगै आर्कषण - 2016-10-14
झोलुङ्गे पुल भन्ने बित्तिकै पहाडमा मात्रै हुन्छ भन्ने धारण छ तर तराइ मधेशको जिल्लाहरुमा पनि झोलुङ्गे पुल निमार्ण हुन थालेपछि स्थानिय लाइ आवतजावतमा सहज हुन थालेको छ । पहाडी जिल्लाहरुमा झोलुङ्गे पुलहरु धेरै निमार्ण हुने भएपनि पछिल्ला बर्षहरुमा मध्य तराइको रौतहट, बारा, सर्लाही लगाएतका जिल्लाहरुमा झोलुङ्ग पुलहरु निमार्ण भएका छन ।

भोकमरी सूचकांकमा नेपाल दक्षिण एसियामा सबैभन्दामाथि - 2016-10-14
काठमाडौं २८ असोज,। विश्व भोकमरी सूचकांकमा नेपाल ७२ औँ स्थानमा परेको छ । कूल १ सय १८ वटा विकाशशील राष्ट्र सम्मिलित उक्त सूचकांकमा नेपाल दक्षिण एसियाली मुलुकहरुमा सबैभन्दा राम्रो अवस्थामा रहेको देखिएपनि सूचकांकको हिसाबले नेपालमा भोकमरीको अवस्था भने गम्भीर नै रहेको पाइएको छ ।

डुंगा दुर्घटना हुदा आठ जनाको मृत्यू, केही बेपत्ता - 2016-10-14
इलाम २८ असोज/ इलामको महमाइ र दानाबारी स्थित माइखोलामा डुंगा दुर्घटना हुदा शुक्रवार आठ जनाको ज्यान गएको छ । क्षमता भन्दा बढी यात्रु लाइ नदी तार्दै गर्दा बाढीका कारण डुगा दुर्घटना भएको स्थानियबासीले बताएका छन ।

दसैंमा रम्दै मधेस - 2016-10-10
मधेसवासीले झरीबीच हर्षोल्लासकासाथ दसैंको स्वागत गरिरहेका छन् । दसैंमा तीन दिन छुट्टि पाएकोमा युवा बुद्धि चौधरी खुशीले गदगद छन् । ‘लुगा किन्छु, आमालाई मठ, मन्दिर र मेला घुमाउँछु,’उनले भने । मोरंग तेतरिया–६ का उनी विराटनगरको हस्पिटल चोकस्थित एक औंषधी पसलमा काम गर्छन् ।

बस ठोक्किदा ४० भन्दा बढी घाइते - 2016-10-09
हेटौडा २३ असोज पूर्वपश्चिम अन्र्तगत मकवानपुर स्थित मनहरी गाविस–३ कत्लेखोलामा आइतबार बिहान दुइ वटा बस ठोक्किदा ४० जना भन्दा बढी यात्रु घाइते भएका छन ।

मन्त्रीको पीए हुँदै डीएफओ बन्दै - 2016-10-08
वनमन्त्री शंकर भण्डारीको ठाडो आदेशमा वन मन्त्रालयका उपसचिव रोमराज लामिछाने मंगलबार रूपन्देहीको जिल्ला वन अधिकृत (डीएफओ) बनेका छन् । मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखामा रहेका लामिछाने भण्डारी वनमन्त्री भएलगत्तै उनका निजी सचिव (पीए) बनेका थिए । लामिछानेले तराईका जिल्लामा डीएफओ बन्न चाहेका भए पनि मन्त्रालय र विभागले गर्ने नियमित सरुवाको सूचीमा पर्न सकेका थिएनन् ।

दुर्घटनामा हराएका मोहन भेटीए पुर्वगृहमन्त्री अझै वेपत्ता - 2016-10-08
कलमपाटी २२ असोज जीपदुर्घटनामा हराइ रहेका मध्य पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेका भाइ मोहन घिमिरेको शव शनिवार बिहान फेला परेको छ । असोज ९ गते अपरान्ह चितवनको दारेचोक–३ स्थित त्रिशुली नदीमा जपि दुर्घटना भएको थियो ।

राजमार्गको जंगल क्षेत्रमा बिशेष सुरक्षा - 2016-10-07
कलमपाटी २० असोज चाडपर्व सुरक्षा लाइ मध्यनजर गर्दै पुर्वपस्चिम राजमार्गको जंगल क्षेत्रमा सुरक्षा योजना ल्याइएको छ । रौतहटको धन्सर देखि बागमती सम्म, सर्लाहीको राजमार्गको बन क्षेत्रमा र महोत्तरीको बांके जंगल क्षेत्रमा सुरक्षा कर्मीले बिशेष गस्ति शुरु गरेको छ ।

चल्ला समाउन डिआइजी कार्यालयको टोली ! - 2016-10-07
कलमपाटी २१ असोज / डिआइजी कार्यालय बाट आएको प्रहरीको टोलीले रौतहटमा ५७ हजार वटा कुखुराको चल्ला बरामद गरेको छ । रौतहट जिल्लाको कर्कचकर्मैया गाविस ८ टिकुलीया नाका बाट नेपाल भित्र्याउदै गरेको अवस्थामा डिआइजी कार्यालय हेटौडाबाट आएको टोलीले ५७ हजार कुखुराको चल्ला सहित १७ जना मानिसलाइ पक्राउ गरेको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 NEXT

English News



783074 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top