समाज

नौ महिनामै २० किलोकी भइन मेलीना



समाज प्रकाशित मिति: सनम राउत

रौतहट ११ जेठ//
नौ महिनाकी वालिकाको तौल २० किलो को भन्दा पत्यार नलाग्न सक्छ तर रौतहटमा एक बालिका नौ महिनामा २० किलोकी भएकी छिन ।

रौतहटको फतुवा बिजयपुर नगरपालिका ९ खैराटोल घर भएका मनिष कुमार दुलालको नौ महिनाकी छोरीको तौल २० किलोको रहेको छ ।

२०७४ भदौ ५ गते जन्मिएकी नौ महिनाकी मेलिना दुलालको तौल अस्वाभाविकरुपमा बढ्दै गएपछि  आमाबाबु चिन्तामा पर्न थालेका छन ।  मेलिना दुलालको  पहिलो सन्तान हुन ।

उनी जन्मदा दुइकिलो ६ सय ग्राम तौल की थिइन ।

चार महिना अघि नै कान्तिवाल अस्पतालका चिकित्सकले जेनेटिक परीक्षणका लागी दिल्ली लैजानका लागी सुभाव दिएको तर पैसा नभएकाले लैजान नसकेको आमा सुस्मिता दुलालले कलमपाटी लाइ बताएकी छिन ।

पहिले हेटौडामा उपचार गर्न लगेको र त्यहाबाट कान्तिवाल अस्पताल लैजादा केही रोग पत्ता नलागेपछि दिल्ली लगेर उपचारगर्न डाक्टरले सल्लाह दिएको थियो ।

जेनेटीक परीक्षणगर्ने ल्याव नेपालमा छैन दिल्ली लैजानुस अन्य केही समस्या रहेछ भने पनि उतै पत्ता लाग्छ भन्दै चिकित्सकले मेलीनाको अभिभावक लाइ सुझाव दिएका थिए ।

वालिकाको तौल दिन दिनै बढीरहेको छ । चार महिना अघि जचाउन लैजादा १६ किलोको थिइन अहिले २० किलो भएकी छिन ।

 रोग लागे नलागेको पत्ता लगाउन पाए ढुक्क हुने थियौ  तर दिल्ली लैजान पैसा छैन सहयोगको सवै सग आग्रह गरीरहेको आमा सुस्मिताको भनाइ छ ।

फोटो ः २० किलो तौल भएकी नौ महिनाकी वालिका 


चन्दपुर नगरपालिकाको वडा नम्बर ८ बाल बिवाह मुक्त वडा घोषणा - 2018-04-25
चन्द्रनिगाहपुर : चन्दपुर नगरपालिकाको वडा नम्बर ८ बाल बिवाह मुक्त वडा घोषणा भएको छ । २ नम्बर प्रदेशकै पहिलो बाल बिवाह मुक्त अभियानमा चन्द्रपुर नगरपालिका ८ लाई मंगलबार एक कार्यक्रमका बिच बाल बिवाह मुक्त वडा घोषण गरिएको हो ।

बिहे भाँडिएपछि युवतीद्वारा आत्महत्या, दाइजो माग्ने पक्राउ - 2018-04-25
वीरगञ्ज : दाइजोकै कारण बिहे भाँडिएपछि पर्सामा एक युवतीले आत्महत्या गरेकी छन् ।

पर्साको बहुदरमाइ नगरपालिकाका वडाअध्यक्ष वीरगञ्जबाट पक्राउ - 2018-04-23
वीरगञ्ज : पर्साको बहुदरमाइ नगरपालिका ७ का वडाअध्यक्ष प्रभु पटेललाई प्रहरीले पक्राउ गरेको छ ।

सेक्टर वन कार्यालयको स्टोर कोठामा आगलागी, ५ लाखको क्षति - 2018-04-23
वीरगञ्ज : पछिल्लो ३ बर्षमा बारामा जबरजस्तीकरणी सम्बन्त्री घटनामा कमी आएको तथ्यांकले देखाएको छ ।

रोकिएको ट्रकमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु - 2018-04-23
भीमदत्तनगर पूर्व–पश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको वाणी–कृष्णपुर खण्डमा सोमबार बिहान रोकिएको ट्रकमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

बारामा घट्दै जर्वजस्ती करणीका घटना - 2018-04-23
सिमरा : पछिल्लो ३ बर्षमा बारामा जबरजस्तीकरणी सम्बन्त्री घटनामा कमी आएको तथ्यांकले देखाएको छ ।

सागरनाथ वन परियोजनाको जंगल क्षेत्रबाट १२ लाख लुटियो - 2018-04-22
बर्दिबास : महोत्तरीको गौशाला नगरपालिका–१, रामनगर स्थित सागरनाथ वन परियोजनाको जंगल क्षेत्रबाट दिलसा सप्लायर्सको १२ लाख रुपैयाँ लुटिएको छ।

रौतहटमा चोरीको बिगविगी - 2018-04-20
रौतहट ७ कलमपाटी/// रौतहट स्थित चन्द्रपुर ४ निवासी प्रवेश तिमल्सिनाको घरबाट बैशाख ५ गते रातको समय करिव १ बजेको आसपासमा ल्यापटप, लत्ताकपडा सहित नगद रु १५ हजार रुपैया चोरी भएको छ ।

गुन्डा नाइके दीपक मनाङे जेल चलान - 2018-04-20
काठमाडौं : प्रदेश ४ का प्रदेशसभा सदस्य समेत रहेका गुन्डा नाइके राजीव गुरुङ उर्फ दीपक मनाङे कारागार चलान भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 NEXT

English News



1088903 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top