समाज

दमकमा विस्फोट



समाज प्रकाशित मिति:

दमक :
कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्द आव्हान गरेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार झापाको दमकमा विस्फोट गराएका छन्। दमक ६ स्थित घिमिरे सुपरमार्केटमा रहेको बराल स्टोरमा बिहान १० बजेतिर विस्फोट भएको थियो।
विस्फोटबाट कुनै भौतिक तथा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ। बन्दको दिन दमकका बजार पसल खुल्ला रहे पनि तर्साउनलाई सामान्य पटका पड्काएको हुनसक्ने ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नयाव निरीक्षक दिपक गिरीले जानकारी दिए।
निकै ठूलो विस्फोटको आवाज आएकोले दमकमा आतंक मच्चिएको छ। विस्फोट पछि बिहान खुल्ला रहेका केही बजार पसल पनि बन्द भएका छन्। यता प्रहरीले भने तर्साउनका लागि पटका पड्काएकोले सबैले ढुक्क भएर बजार पसल खोल्न आव्हान गरेको छ। बिस्फोट पछि प्रहरीले दमकका सबै क्षेत्रमा निगरानी बढाएको छ। साभार अन्नपुर्ण
बालविवाह रोक्न सचेतना कार्यक्रम - 2016-10-28
कलमपाटी १२ कार्तिक / बालविवाह र दाईजो प्रथालाई न्युनिकरणका गर्नका लागी गाउगाउमा सचेतनाका कार्यक्रमहुदै आएका छन ।

एमाले नगर कमिटीले सिचाइमा ज्ञापन पत्र बुझायो - 2016-10-28
कलमपाटी १२ कार्तिक नहर मर्मत र निमार्णको नाममा बैकल्पिक व्यवस्था नगरी बर्षेनी नहरमा पानी बन्द गरेपछि नेकपा एमाले चन्द्रपुरले बागमती सिचाइ आयोजनाको ध्यानाकर्षण गराएको छ ।

बिजयपुरमा सरकारी कार्यालयहरुको शिविर - 2016-10-28
कलमपाटी १२ कार्तिक रौतहटको बिजयपुर मा एकिकृत घुम्तीशेवा शिविर सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय तथा जिल्ला बिकास समितिद्धारा बिहिवार संचालन गरीएको शिविरमा हजार भन्दा बढी सेवाग्रहीले सेवा पाएका छन ।

धम्क्याएर ५० लाख माग्ने पुर्पक्षका लागी जेल चलान - 2016-10-27
कलमपाटी ११ कार्तिक / धम्क्याएर लाखौ रकम चन्दा माग्ने दुईजना लाइ जिल्ला अदालत रौतहटले पुर्पक्षका लागी कारागारमा राख्ने आदेश दिएको छ । जिल्ला रौतहट मुडबला गा.बि.स.३ का २६ बर्षिय को मुन्ना कुमार यादव र रौतहट बगही गाबिस १ का ३७ बर्षिय अवधलाल महत्तोलाई पुर्पक्षका लागी कारागार चलान गरेको हो ।

गौरमा रहेको बरहवा ताल समुदाय लाइ हस्तान्तरण - 2016-10-26
रौतहट १० कार्तिक नेपाली सेनाले मर्मत र सौर्दयीकरण गर्दै आएको गौर स्थित बरहवा ताल बुधवार समुदाय लाइ हस्तान्तरण गरीएको छ । बनमन्त्री शंकर भण्डारीको उपस्थितीमा नेपाली सेनाले रौतहटको गौरमा रहेको बरहवा ताल समुदाय लाइ हस्तान्तरण गरीएको हो ।

दुई बिधाथीर्को अज्ञात रोगका कारण मृत्यू - 2016-10-26
रौतहट १० कार्तिक अज्ञातरोग बाट रौतहटको छुटा छुटै बिधालयमा अध्ययनरत दुईजना बिधार्थीको मृत्यु भएको छ ।

नक्कली कागज भएको जीप बरामद - 2016-10-26
कलमपाटी १०कार्तिक रौतहटको चन्द्रनिगाहपुर नगरपालिका स्थित एउटा नक्कली भारतिय नम्बरको बोलेरो गाडी बरामद गरेको छ ।

राजमार्गको ‘ब्रिजगार्ड’ दुर्घटनाको कारण - 2016-10-26
कलमपाटी १० कार्तिक/ पुर्वपस्चिम राजमार्ग स्थित रौतहटको पुलहरुो छेउमा राखिएको ब्रिजगार्ड दुर्घटनाको कारण बन्ने गरेको छ ।

चन्द्रपुरमा 'जनता संग जनता जेसिज' - 2016-10-26
कलमपाटी १० कार्तिक चन्द्रनिगाहपुर सिटी जेसिजको आयोजनामा चन्द्रनिगाहपुरको सुरक्षा बिषयमा सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरीएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 NEXT

English News



781927 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top