समाज

दमकमा विस्फोट



समाज प्रकाशित मिति:

दमक :
कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्द आव्हान गरेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार झापाको दमकमा विस्फोट गराएका छन्। दमक ६ स्थित घिमिरे सुपरमार्केटमा रहेको बराल स्टोरमा बिहान १० बजेतिर विस्फोट भएको थियो।
विस्फोटबाट कुनै भौतिक तथा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ। बन्दको दिन दमकका बजार पसल खुल्ला रहे पनि तर्साउनलाई सामान्य पटका पड्काएको हुनसक्ने ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नयाव निरीक्षक दिपक गिरीले जानकारी दिए।
निकै ठूलो विस्फोटको आवाज आएकोले दमकमा आतंक मच्चिएको छ। विस्फोट पछि बिहान खुल्ला रहेका केही बजार पसल पनि बन्द भएका छन्। यता प्रहरीले भने तर्साउनका लागि पटका पड्काएकोले सबैले ढुक्क भएर बजार पसल खोल्न आव्हान गरेको छ। बिस्फोट पछि प्रहरीले दमकका सबै क्षेत्रमा निगरानी बढाएको छ। साभार अन्नपुर्ण
रौतहटका ४ हजार बाढी पिडितलाइ राहात बितरण - 2018-01-23
रौतहट ९ माघ// रौतहटका चारहजार बाढी पिडितहरु परीवारलाइ चीन सरकारको सहयोगमा राहात सामाग्री बितरण हुदै छ । दलित, गरीव , एकल महिला, बृद्धबृद्धाहरुलाइ लक्षित गरी बाढी पिडीतहरु लाइ सामाग्री बितरण गरीएको छ ।

किशोरीलाई क्लिनिकभित्रै जबर्जस्ती गर्न खोज्ने हृदयनारायण 'नक्कली डाक्टर' ! - 2018-01-23
राजविराज : क्लिनिकमै सेवाग्राही किशोरीलाई बलात्कार गर्न खोज्ने राजविराज १ पडरियाका हृदयनारायण झा नक्कली डाक्टर भएको खुलेको छ।

किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा मेजरविरुद्ध मुद्दा दायर - 2018-01-23
काठमाडौं : एक बालिकालाई यौन दुराचार गरेको आरोपमा सेनाका सेनानी (मेजर) विरुद्ध मुद्दा दायर भएको छ। मेजर प्रभवविक्रम शाहविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौंमा जर्बजस्तीकरणी मुद्दा दायर भएको हो।

लागू औषधसहित दुई युवक पक्राउ - 2018-01-23
नवलपरासी : जिल्ला प्रहरी कार्यालय नवलपुरले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौंबाट नेपाल प्रहरीका असई लागुऔषध सहित पक्राउ - 2018-01-23
काठमाडौं : नेपाल प्रहरीका सहायक निरीक्षक (असई) सुमित राज सिटौला लागु औषध सहित पक्राउ परेका छन् । संघीय प्रहरी कार्यालय बाग्मतीमा कार्यरत असई सिटौलालाई महानगरीय प्रहरी वृत महाराजगञ्जले माघ ३ गते पक्राउ गरेको हो ।

तीन वर्षमा १९ हजार ९१८ नागरिक बेपत्ता - 2018-01-23
काठमाडौँ : दैनिक १७ नेपाली बेपत्ता हुने गरेका छन् । प्रहरीको तथ्यांकअनुसार तीन वर्षमा मुलुकभरबाट १८ हजार ९१८ बेपत्ता भएका छन् । बेपत्ता हुनेमा महिला र बालबालिकाको संख्या धेरै छ । हरेक वर्ष बेपत्ता हुनेको संख्या बढिरहेको छ ।

गौचन हत्याकाण्डका मुख्य योजनाकारसहित ९ जना जेल चलान - 2018-01-23
काठमाडौं : नेपाल निर्माण ब्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न मुख्य योजनाकारसहित ९ जनालाई पुर्पक्षका लागी जेल चलान गरिएको छ ।

वालकको घाटी काटेर हत्या - 2018-01-23
रौतहट ९ माघ/// राजपुर नगरपालिकाको बलुवाटोलका मंगलवार बिहान एक वालकको घाटी काटेर हत्या भएको छ ।

आगोले खोस्यो आमा : अढाई महिने बच्चाको बिजोग - 2018-01-23
चिसो छल्न घुर ताप्दा जलेर एक किशोरीको मृत्यु भएपछि बच्चाको बिजोग भएको छ। जलेर घाइते भएकी फतुवा विजयपुर नगरपालिका लक्ष्मनियास्थित मुसहर टोलकी १६ वर्षीया इन्दु माझी मुसहरको उपचारका क्रममा मृत्यु भएको थियो।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 NEXT

English News



781887 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top