समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



समाज प्रकाशित मिति:

बर्दिया :
राजापुर नगरपालिका वडा नम्वर ३ स्थित उत्तर टेडीयामा से ३ प ८४६९ नम्वरको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल वुधबार राति साढे १० बजे दुर्घटना हुँदा मोटरसाइकलमा सवार कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नम्वर ४ झुङगा निवासी ३० बर्षीय बजारु थारुको मृत्यु भएको हो ।
घाइते थारुलाई उपचारका लागि बाँकेस्थित नर्सिङ्ग होममा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए ।
घाइते मोटरसाइकल चालक सोही निवासी बर्ष २८ का रामबहादुर चौधरीको बाँया खुट्टा भाँचिएकोले नर्सिङ्ग होममा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
किर्तेगर्नेहरु संग ७० लाख धरौटी माग - 2017-03-14
रौतहट १ चैत/ सुकुम्वासी लाइ वितरण गरेको जमिन आफ्नो नाममा दर्ता गराउने दुईजनालाई अदालत ७० लाख धरौटी माग गरेको छ । सो धरौटी रकम बुझाउन नसकेपछि दुवै जना कारागार चलान भएका छन ।

प्रहरी कार्यालय नजिकै दुइवटा सुन पसलमा चोरी - 2017-03-14
सर्लाही १ चैत्र / सर्लाही सदरमुका मलगवामा प्रहरी कार्यालय नजिकै लाखौ मुल्य बराबरको सुन चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाही देखि करीव एक सय मिटरमा रहेको दुइ वटा सुन पसलमा सोमवार राति सुनचादी चोरी भएको हो ।

गाउपालिकामा पनि गाबिस सचिव नै प्रमुख - 2017-03-14
रौतहट १ चैत्र / जिल्ला समन्वय समिती रौतहटले जिल्लाको १६ वटै स्थानिय तहमा कार्यकारीहरु खटाएको छ । स्थानिय तह संचालनका लागी कार्यकारीको रुपमा १६ वटा तह मा कर्मचारी पठाएको जिल्ला समन्वय समिती रौतहटका प्रमुख उमेश बस्नेतले जनाएका छन ।

पशुपतिका ९७ प्रतिशत बाँदरमा एड्स - 2017-03-14
पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण भएको पाइएको छ । केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले देखाएको छ ।

बिधालय भवन पुर्न निमार्णका लागी गायिका आनी द्धारा सहयोग - 2017-03-13
तनहु ३० फागुन / गायिका आनी छोइङ डोल्मा बौद्ध धर्मकी धर्म गुरु पनि हुन । देश र विदेशमा राम्रो गायनाको रुपमा चिनिने डोल्मा धर्म सँगै कर्ममा पनि विश्वास गर्ने व्यात्तित्वको रुपमा परिचित छिन ।

तमलोपाले होली नमनाउने - 2017-03-12
कलमपाटी २९ फागुन / तराई–मधेश लोकतान्त्रिक पार्टीले यसबर्ष होली नमनाउने निर्णय गरेको छ । सप्तरीमा राज्यबाट गरिएको नरसंहारको विरोध गर्दै यस्तो दुःखद घडीमा पार्टीले होली नमनाउने जनाएको छ ।

जाजरकोटमा बस दुर्घटना २० जनाको ज्यान गयो, ४० भन्दा बढी घाइते - 2017-03-09
कलमपाटी २६ फागुन/ बिहीबार जाजरकोटमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन । घाइतेहरुको उपचारका हेलीकोप्टरबाट नेपालगञ्ज र काठमाण्डौं लगिएको छ ।

भारतिय सुरक्षाकर्मीले चलाएको गोली लागेर कन्चनपुरमा एक नेपालीको मृत्यू - 2017-03-09
कलमपाटी २६ फागुन / कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय क्षेत्र भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको छ ।

बारा र पर्सामा आगलागी लाखौको क्षेती - 2017-03-09
कलमपाटी २६ फागुन / पर्साको वीरगञ्ज १३ आदर्शनगर मा रेवती सर्राफको घरमा बिहीबार लागलागी भएको छ । आगलागी बाट करीव १० लाख बरावरको क्षेति भएको बताइएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 NEXT

English News



783130 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top