एकसय ७१ जना सरकारी कर्मचारी कहा हराए !

समाज

फेसबुक-ट्वीटरमा गरिने विज्ञापनमा कर लगाउन निर्देशन



समाज प्रकाशित मिति:

काठमाडौं :
सरकारले सामाजिक सञ्जालहरु फेसबुक र ट्विटरसहितका सामाजिक सञ्जालमा हुने विज्ञापनमा पनि कर लगाउने तयारी गरेको छ ।

फेसबुक र ट्वीटरसहितका सामाजिक सञ्जालबाट विज्ञापनका नाममा आर्थिक कारोबार भइरहेको निचोड निकाल्दै संसदीय समितिले नै कर लगाउन सरकारलाई निर्देशन दिएको हो ।

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकले सामाजिक सञ्जालमार्फत् विज्ञापन गरिँदा करोडौँको कारोबार भइरहेको जनाउँदै करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।

समितिको बैठकले निर्णय गरेर सरकारलाई निर्देशन दिएपछि अब सामाजिक सञ्जालमा हुने विज्ञापन पनि करको दायरामा आउने छन् ।

‘फेसबुक, ट्वीटरसहितका सामाजिक सञ्जालमा विज्ञापन गर्दा ठुलो रकम बाहिरिने गरेको तथ्यलाई मनन गर्दै यसलाई करको दायरामा ल्याउन समिति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन गर्दछ,’ समितिको निर्णयमा भनिएको छ।

सरकारले यसअघि नै सामाजिक सञ्जालमा हुने विज्ञापनललाई करको दायरामा ल्याउने तयारी गरेको थियो । संसदीय समितिले पनि लिखित निर्देशन दिएपछि अब निकट भविष्यमै यस्ता विज्ञापन करको दायरामा आउनेछन् ।

समितिका सदस्य तथा सांसदहरुले समितिको बैठकमा उपस्थित सञ्चारमन्त्री गोकुलप्रसाद बाँसकोटासँग सञ्चारमन्त्रालयका गतिविधिहरुबारे प्रश्न गरेका थिए । सांसहरुले नेपाल टेलिकमको रणनितिक साझेदार, फोरजी सेवामा भएको हिनामिनासहितका विषयमा मन्त्रीसँग प्रश्न गरेका थिए । सांसदहरुले मन्त्री बाँसकोटासँग सञ्चारक्षेत्रलाई नियमन गर्नेबारे पनि प्रश्न गरेका थिए ।

त्यसक्रममा मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रको नियमनका लागि साइबर कानुन निर्माणको क्रममा रहेको बताएका थिए । उनले संघीय संरचना अनुसार सरकारी प्रसारक संस्थान नेपाल टेलिभिजन सातै प्रदेशमा विस्तारका लागि काम भइरहेको बताए । उनलले नेपाल टेलिकमका टावर देशभर विस्तारको काम पनि अघि बढिरहेको बताए ।

बाँस्कोटाले मन्त्रालयका गतिविधि, भावी योजना र रणनीतिबारे समितिलाई जानकारी गराएका थिए । उनले निकट भविष्यमै नेपाल टेलिकममा रणनीतिक साझेदार ल्याउने तयारीमा पनि सरकारले काम थालेको बताएका थिए । साभार अन्नपुर्ण
घरमा शौचालय नहुने सरकारी कर्मचारी पनि रौतहटमा कार्यरत छन - 2018-01-24
रौतहट : रौतहटका एक जना सरकारी कर्मचारीले शौचालय नबनाएपछि उनको तलब भता रोकिने भएको छ ।

मध्यरातमा १४ लाख लुटेपछि म्वाइ खाएर भागे लुटेरा ! - 2018-01-24
भक्तपुर : भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् ।

ट्रयाक्टर दुर्घटनामा एकै गाउँका चारको मृत्यु, सहसौला गाउँ शोकमा - 2018-01-24
महोत्तरी : एउटै दुर्घटनामा गाउँका चार जनाको मृत्यु भएपछि महोत्तरीको रामगोपालपुर गाउँ शोकमा परेको छ ।

चिसोका कारण सिरहामा थप एकको मृत्यु - 2018-01-24
लहान : अत्यधिक चिसोका कारण सिरहा नगरपालिकामा गए राति थप एक जनाको मृत्यु भएको छ ।

वीरगञ्जमा मिचिएको सीमा क्षेत्रमा वाईसीएलले गाड्यो नेपाली राष्ट्रिय झण्डा - 2018-01-23
वीरगञ्ज : माओवादी केन्द्र निकट युवा संगठन युङ कम्युनिस्ट लिग (वाईसीएल) ले पर्सामा नेपाली भूमि मिचिएको क्षेत्रमा पुगेर राष्ट्रिय झण्डा गाडेको छ ।

रौतहटका ४ हजार बाढी पिडितलाइ राहात बितरण - 2018-01-23
रौतहट ९ माघ// रौतहटका चारहजार बाढी पिडितहरु परीवारलाइ चीन सरकारको सहयोगमा राहात सामाग्री बितरण हुदै छ । दलित, गरीव , एकल महिला, बृद्धबृद्धाहरुलाइ लक्षित गरी बाढी पिडीतहरु लाइ सामाग्री बितरण गरीएको छ ।

किशोरीलाई क्लिनिकभित्रै जबर्जस्ती गर्न खोज्ने हृदयनारायण 'नक्कली डाक्टर' ! - 2018-01-23
राजविराज : क्लिनिकमै सेवाग्राही किशोरीलाई बलात्कार गर्न खोज्ने राजविराज १ पडरियाका हृदयनारायण झा नक्कली डाक्टर भएको खुलेको छ।

किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा मेजरविरुद्ध मुद्दा दायर - 2018-01-23
काठमाडौं : एक बालिकालाई यौन दुराचार गरेको आरोपमा सेनाका सेनानी (मेजर) विरुद्ध मुद्दा दायर भएको छ। मेजर प्रभवविक्रम शाहविरुद्ध मंगलबार जिल्ला अदालत काठमाडौंमा जर्बजस्तीकरणी मुद्दा दायर भएको हो।

लागू औषधसहित दुई युवक पक्राउ - 2018-01-23
नवलपरासी : जिल्ला प्रहरी कार्यालय नवलपुरले लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 NEXT

English News



1366303 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top