समाज

महोत्तरीमा पेस्तोल र २ सय किलो गाँजा बरामद



समाज प्रकाशित मिति:

जलेश्वर :
महोत्तरीको एकडारा गाउँपालिका ३ अजमलपट्टीबाट जिल्ला प्रहरी कार्यालय महोत्तरी एकथान पेस्तोलसहित लागुऔषध गाँजा बरामद गरेको छ । एकथान पेस्तोल र त्यसमा प्रयोग हुने गोलीसहित २ सय किलो प्याकिङ गरेर राखिएको लागुऔषध गाँजा बरामद भएको प्रहरी उपरीक्षक कुबेर कडायतले जानकारी दिए ।


प्रहरीको विशेष टोलिले एकडारा गाउँपालिका– ३ अजमलपट्टीबाट भित्री बाटो हुँदै भारततर्फ पठाउन प्याकिङ गरेर लुकाइराखेको अवस्थामा हतियार र गाँजा बरामद गरिएको कडायतको भनाइ छ ।


घाँसको भारीभित्र कपडाले बेरेर लुकाइराखेको अटोमेटिक पेस्तोल १ थान, गोली १ थान र मिस फायर ३ राउण्ड, लागुऔषध गाँजा, तौल गर्ने डिजिटल मेशीन १ थान, कमानी तराजु १ थान, दुई सय ग्रामको २ थान ढक र सय ग्रामको १ थान ढक, सामसुङ कम्पनीको मोबाइल १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

हतियार र गाँजा कसको हो भन्ने पहिचान भइसकेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । साभार अनलाईन खबर
प्रचण्डले दिए छोरालार्इ दागबत्ती - 2017-11-19
आज निधन भएका आफ्ना छोरा प्रकाशको पार्थिव शरिरमा पुष्पकमल दाहाल 'प्रचण्ड'ले दागबत्ती दिएका छन्।

प्रचण्डपुत्र प्रकाश दाहालको निधन - 2017-11-19
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । गम्भीर बिरामी परेपछि काठमाडौंस्थित नर्भिक अस्पतालमा अचेत अवस्थामा पुर्‍याइएका प्रकाशको निधन भएको एक चिकित्सकले जानकारी दिए ।

बम बिस्फोटनमा घाइते भएका चारजनाको चितवनमा उपचार हुदै - 2017-11-18
चितवन २ मंसिर // बम बिस्फोटनमा परी गम्भिर घाइते भएकाहरुको भरतपुर स्थित चितवन मेडीकल कजेजमा उपचार भैरहेको छ । चन्द्रनिगाहपुर मा प्राथमिक उपचार पछि थप उपचारका लगिएका चार जना घाइतेको सघनरुपमा उपचार भैरहेको चितवन बाट पत्रकार शालिग्राम नेपालले जनाकारी दिएका छन ।

चन्द्रपुरमा भएको बम बिस्फोटमा परी घाइते हुनेहरु - 2017-11-18
रौतहट २ मंसिर// रौतहटको चन्द्रपुरमा बाम गठबन्धनको भेलास्थलमा बम बिस्फोटन भएको छ । बिस्फोटनमा ३१ बर्षिय सरीता राई र ७ बर्षिय जैविक राई आमाछोरा गम्भिर घाइते भएका छन ।

चन्द्रनिगाहपुरमा बम बिस्फोट १२ जना घाइते - 2017-11-18
रौतहट २ असोज// रौतहटको चन्द्रपुरमा बाम गठबन्धनको भेलास्थलमा बम बिस्फोटन भएको छ । घाइतेहरु सवै चन्द्रपुर ५ का रहेका छन । भेला सकेर बाहीर निस्कने क्रममा मन्दिरको अगाडी बिस्फोट भएको हो ।

१० किलो सुर्तीले प्रहरीबीच कुटाकुट - 2017-11-18
पर्सा प्रहरीको टाइगर टोली र सशस्त्र प्रहरी सीमा सुरक्षा बल विश्रामपुरका प्रहरी जवानबीच कुटाकुट भएको छ ।

मोबाइलमा चिठ्ठा पर्यो भन्दै लाखौँ ठगी गर्ने ६ जना पक्राउ - 2017-11-18
लामो समयदेखि बिराटनगरमा बसेर अवैध हुण्डी कारोवारमा संलग्न अनुप सेठिया र उनका आफन्तहरुले अन्तर्राष्ट्रिय नेटवर्क बनाएर लाखौँ रुपैयाँ ठगी गर्ने गरेको नयाँ तथ्य खुलेको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको प्रथम नगर सभा - 2017-11-18
सडक सञ्जाल र शिक्षालाई प्राथमिकतामा राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाको प्रथम नगर सभा सम्पन्न भएको छ।

चुनावका लागि आठ दिन शैक्षिक संस्था बन्द गर्न माग, दुई दिन सार्वजनिक बिदा - 2017-11-18
निर्वाचन आयोगले दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको चुनावका लागि आठ शैक्षिक संस्था बन्द गर्न माग गरेको छ। बिहीबार आयोगका प्रवक्ता नवराज ढकालले विज्ञप्ति सार्वजनिक गर्दैे आठ दिन बिदा दिन सरकारसँग आग्रह गरेका हुन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 NEXT

English News



1082762 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top