समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु



समाज प्रकाशित मिति:

बर्दिया :
राजापुर नगरपालिका वडा नम्वर ३ स्थित उत्तर टेडीयामा से ३ प ८४६९ नम्वरको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
मोटरसाइकल वुधबार राति साढे १० बजे दुर्घटना हुँदा मोटरसाइकलमा सवार कैलाली जिल्ला टीकापुर नगरपालिका वडा नम्वर ४ झुङगा निवासी ३० बर्षीय बजारु थारुको मृत्यु भएको हो ।
घाइते थारुलाई उपचारका लागि बाँकेस्थित नर्सिङ्ग होममा लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक युवराज खड्काले बताए ।
घाइते मोटरसाइकल चालक सोही निवासी बर्ष २८ का रामबहादुर चौधरीको बाँया खुट्टा भाँचिएकोले नर्सिङ्ग होममा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
होटल व्यवसायी संघको अध्यक्षमा गौतम - 2017-07-26
बर्दिबास ११ साउन/ प्रदेश नम्बर दुई स्तरीय होटल व्यवसायी संघको कार्य समिति गठन गरिएको छ।

नुवाकोटका पाण्डेको साउदीमा मृत्यु - 2017-07-26
श्रावण ११, २०७४ वैदेशिक रोजगारीको क्रममा साउदी पुगेका विदूर नगर पालिका १० गेर्खुका शम्भु पाण्डे मृत फेला परेका छन । उनको शव साउदी समुन्द्री किनारमा फेला परेको हो ।

घूस रकमसहित सहकारीका कर्मचारी पक्राउ - 2017-07-26
सहकारी संस्था दर्ता गर्न सेवाग्राहीसँग घूस लिएको रकमसहित अख्तियार टोलीले लहानस्थित सहकारी डिभिजन कार्यालयका सहकारी सहायक निरीक्षकलाई बुधबार कार्यालयबाटै पक्राउ गरेको छ ।

बन्चरो प्रहार गरी श्रीमतीको हत्या - 2017-07-26
कलैया उपमहानगरपालिकामा गएराति एक पुरुषले श्रीमतीको हत्या गरेका छन्। कलैया उपमहानगरपालिका-२४ श्रीपुरका ३५ वर्षीय श्रीकृष्ण रामले ३० वर्षीया श्रीमती कुन्तीदेवीको बन्चरो प्रहार गरी हत्या गरेका हुन्।

पेट्रोलको गन्धले ‘नपुंशक भइएला’ भन्दै ३३ करोड घोटाला - 2017-07-25
निरन्तर घाटामा जाँदासमेत बोनस र कमिसन खान नछाड्ने आयल निगमको नेतृत्व यतिबेला देशका विभिन्न स्थानमा पेट्रोलियम पदार्थको भण्डारणका लागि जग्गा खरिद गर्ने बाहानामा करोडौं रकम ‘सेटिङ’ मिलाएर खाने अभियानमा जुटेको छ

चर्चित प्रहरी अफिसर सर्वेन्द्र खनाललाई नयाँ जिम्मेवारी - 2017-07-25
काठमाण्डौ १० साउन/ एसएसपी सर्वेन्द्र खनाललाई महानगरीय ट्राफिक प्रहरी महाशाखाको निमित्त प्रमुखको जिम्मेवारी दिइएको छ ।

सेती नदीको भुमारी तैरिएको दुई शव शसस्त्र ले यसरी निकाल्यो - 2017-07-25
काठमाण्डौ १० साउन तनहुँ– सेती नदीको भुमारीमा दुई दिन देखि तैरिरहेको दुई शव नेपाल प्रहरी र स्थानीय बासिन्दाले निकाल्न नसकेपछि मंगलबार कुरिनटार स्थित शसस्त्र प्रहरी बलले बाहिर निकाल्न सफल भएको छ ।

धामिर्क तथा पर्यटकिय स्थल नुनथरमा बोलबमका भक्तालुहरुको भिड - 2017-07-25
रौतहट १० साउन रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गत रहेको धामिर्क तथा पर्यटकिय स्थल नुनथरमा बोलबमका भक्तालुहरुको भिड लागेको छ ।

सिमराको शालिमार सिमेन्ट उद्योग भित्र लोडरको ठक्करबाट एक मजदुरको मृत्यु - 2017-07-25
सिमरा १० साउन/ बाराको जितपुरसिमरा उपमहानगरपालिका २ स्थित शालिमार सिमेन्टमा कार्यरत एक मजदुरको लोडरको ठक्करबाट ज्यान गएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 NEXT

English News



783131 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top