समाज

दमकमा विस्फोट



समाज प्रकाशित मिति:

दमक :
कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्द आव्हान गरेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार झापाको दमकमा विस्फोट गराएका छन्। दमक ६ स्थित घिमिरे सुपरमार्केटमा रहेको बराल स्टोरमा बिहान १० बजेतिर विस्फोट भएको थियो।
विस्फोटबाट कुनै भौतिक तथा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ। बन्दको दिन दमकका बजार पसल खुल्ला रहे पनि तर्साउनलाई सामान्य पटका पड्काएको हुनसक्ने ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नयाव निरीक्षक दिपक गिरीले जानकारी दिए।
निकै ठूलो विस्फोटको आवाज आएकोले दमकमा आतंक मच्चिएको छ। विस्फोट पछि बिहान खुल्ला रहेका केही बजार पसल पनि बन्द भएका छन्। यता प्रहरीले भने तर्साउनका लागि पटका पड्काएकोले सबैले ढुक्क भएर बजार पसल खोल्न आव्हान गरेको छ। बिस्फोट पछि प्रहरीले दमकका सबै क्षेत्रमा निगरानी बढाएको छ। साभार अन्नपुर्ण
निजगढमा बाढिका कारण महेन्द्र राजमार्ग अवरुद्ध - 2017-08-12
लगातारको वर्षापछि आएको वाढिका कारण आज विहानैबाट महेन्द्र राजमार्गको निजगढ क्षेत्रमा सडक अवरुद्ध भएको छ ।

मोटरसाइकल चोरीमा संलग्न पक्राउ - 2017-08-11
रौतहटमा मोटरसाइकल चोरीमा सकृय रहेको एकसमुहलाइ प्रहरीले पक्राउ गरेको छ ।

बर्षाका कारण घर भत्कियो - 2017-08-11
केही दिन देखी लगातार परेको अबिरल बर्षातको कारण रौतहटको दुईवटा घर भत्किएका छन

ट्रक दुर्घटनामा दुईको मृत्यु - 2017-08-11
सिद्धार्थ राजमार्गको राम्दी–गल्याङ् खण्डमा भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।

भाइको चिर्पट प्रहारबाट दाइको मृत्यु - 2017-08-11
सप्तरीको सप्तकोसी नगरपालिका–३ स्थित सखुवनीटोलमा आफ्नै भाइले रक्सी खाएको झोकमा दाउराको चिर्पट प्रहार गर्दा दाइको आज मृत्यु भएको छ ।

शिक्षा कार्यालय रौतहटका सव इन्जिनियर पक्राउ - 2017-08-11
जिल्ला शिक्षा कार्यालय रौतहटका सब इन्जिनियर ललनकुमार सिंह लाइ अख्तियारको टोलीले पक्राउ गरेको छ । सिंह घुससहित गौर स्थित एक चिया पसल बाट पक्राउ परेको बताइएको छ ।

ट्याक्सी चढेर लुट्ने पक्राउ - 2017-08-11
यात्रु बनेर ट्याक्सी चढी भक्तपुरको खरिपाटी मुहानपोखरी ल्याएर चालक लुटने लुटेरालाई आज प्रहरीले पक्राउ गरेको छ ।

कार्यकारी अधिकृतलाई कुटपिट गरेको आरोपमा एक पक्राउ - 2017-08-11
जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत अर्जुनप्रसाद सुवेदीलाई कुटपिट गरेको आरोपमा प्रहरीले आज एक जनालाई पक्राउ गरेको छ ।

लगातारको वर्षाले जनकपुर जलमग्न - 2017-08-11
बुधबार रातिदेखि परिरहेको वर्षाले जनकपुर उपनगरपालिकाको अधिकांश क्षेत्र जलमग्न भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 NEXT

English News



781872 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top