समाज

दमकमा विस्फोट



समाज प्रकाशित मिति:

दमक :
कार्यकर्ता रिहाईको माग गर्दै नेपाल बन्द आव्हान गरेको नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले मंगलबार झापाको दमकमा विस्फोट गराएका छन्। दमक ६ स्थित घिमिरे सुपरमार्केटमा रहेको बराल स्टोरमा बिहान १० बजेतिर विस्फोट भएको थियो।
विस्फोटबाट कुनै भौतिक तथा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ। बन्दको दिन दमकका बजार पसल खुल्ला रहे पनि तर्साउनलाई सामान्य पटका पड्काएको हुनसक्ने ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नयाव निरीक्षक दिपक गिरीले जानकारी दिए।
निकै ठूलो विस्फोटको आवाज आएकोले दमकमा आतंक मच्चिएको छ। विस्फोट पछि बिहान खुल्ला रहेका केही बजार पसल पनि बन्द भएका छन्। यता प्रहरीले भने तर्साउनका लागि पटका पड्काएकोले सबैले ढुक्क भएर बजार पसल खोल्न आव्हान गरेको छ। बिस्फोट पछि प्रहरीले दमकका सबै क्षेत्रमा निगरानी बढाएको छ। साभार अन्नपुर्ण
महोत्तरीमा अर्धचेत अवस्थामा फेला परेका सैनिकको मृत्यु - 2017-11-12
महोत्तरीको गौशाला नगरपालिका-८ स्थित जंगलमा अर्धचेत अवस्था फेला परेका नेपाली सेनाका एक जवानको मृत्यु भएको छ ।

दलित महिला भन्छन्-नाला, चर्पी र कलधारा बनाइदिनेलाई भोट - 2017-11-12
‘दलितको नाममा पैसा आउँछ भन्छन्, सबै मिलेर खान्छन् । हामीले पाउँदैनौं ।’ पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं २ महुवनस्थित दलित माझी मुसहर बस्तीकी रम्भादेविको भनाइ हो यो । पछिल्लो समयमा दलित समुदायमा विस्तारै सचेतना बढेको त उनको कुराले पुष्टि गर्छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु - 2017-11-12
सिन्धुलीमा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ।

गाउँपालिकाले छाड्यो विद्यालय भवन - 2017-11-12
रौतहटको जनता माविको भवनमा यमुनामाई गाउँपालिका कार्यालय सञ्चालन गरिँदा विद्यार्थीहरु चौरमा बसेर पढ्न बाध्य भएको सार्वजनिक भएपछि गाउँपालिकाको कार्यालय सारिएको छ ।

रौतहटमा डेंगुबाट एकको मृत्यु, दुर्इ दर्जन बढी बिरामी - 2017-11-12
रौतहटमा डेंगुबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर-१ पौराई का ४० वर्षे मोतिराम गोलेको मृत्यु भएको हो ।

स्थानीय र प्रहरीको झडप, प्रहरीले गर्‍यो हवाई फायरिङ - 2017-11-12
मकवानपुरमा स्थानीय र प्रहरीबीच झडप भएको छ । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको नेवारपानीमा प्रहरीले शनिबार राति झडप हुँदा प्रहरीले हवाई फायरिङ गरेको छ ।

निर्वाचनको मौका छोपी रौतहटमा वन विनाश तीव्र - 2017-11-12
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा रौतहटस्थित राष्ट्रिय वन तीव्ररुपमा विनाश हुन थालेको छ ।

गौर नपा ७ को वडा कार्यालय स्थापना - 2017-11-10
गौर २४ कार्तिक // रौतहटको गौर नगरपालिका वडा नम्बर ७ सबगढामा शुक्रबार वडा कार्यालयको स्थापना भएको छ । गाउँमा वडा कार्यालय स्थापना भएपछि सबगढाका बासिन्दाहरु खुसी भएका छन् ।

श्रीमान श्रीमती दुवैको नाममा धनी पुर्जा बनाउने बढ्दै - 2017-11-10
रौतहट २४ कार्तिक // रौतहट जिल्लामा बार्षिक सयौ दम्पतीहरुले सयुक्त जग्गाधनी पुर्जा बनाउदै आएका छन । श्रीमान श्रीमतीको नाममा जमिनको सयुक्त पुर्जा बनाउनेहरु बर्षमा ५ सय भन्दा बढी छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 NEXT

English News



781922 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top