एकसय ७१ जना सरकारी कर्मचारी कहा हराए !

समाज

फेसबुक-ट्वीटरमा गरिने विज्ञापनमा कर लगाउन निर्देशन



समाज प्रकाशित मिति:

काठमाडौं :
सरकारले सामाजिक सञ्जालहरु फेसबुक र ट्विटरसहितका सामाजिक सञ्जालमा हुने विज्ञापनमा पनि कर लगाउने तयारी गरेको छ ।

फेसबुक र ट्वीटरसहितका सामाजिक सञ्जालबाट विज्ञापनका नाममा आर्थिक कारोबार भइरहेको निचोड निकाल्दै संसदीय समितिले नै कर लगाउन सरकारलाई निर्देशन दिएको हो ।

प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिको सोमबार बसेको बैठकले सामाजिक सञ्जालमार्फत् विज्ञापन गरिँदा करोडौँको कारोबार भइरहेको जनाउँदै करको दायरामा ल्याउन सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।

समितिको बैठकले निर्णय गरेर सरकारलाई निर्देशन दिएपछि अब सामाजिक सञ्जालमा हुने विज्ञापन पनि करको दायरामा आउने छन् ।

‘फेसबुक, ट्वीटरसहितका सामाजिक सञ्जालमा विज्ञापन गर्दा ठुलो रकम बाहिरिने गरेको तथ्यलाई मनन गर्दै यसलाई करको दायरामा ल्याउन समिति नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अर्थ मन्त्रालयलाई निर्देशन गर्दछ,’ समितिको निर्णयमा भनिएको छ।

सरकारले यसअघि नै सामाजिक सञ्जालमा हुने विज्ञापनललाई करको दायरामा ल्याउने तयारी गरेको थियो । संसदीय समितिले पनि लिखित निर्देशन दिएपछि अब निकट भविष्यमै यस्ता विज्ञापन करको दायरामा आउनेछन् ।

समितिका सदस्य तथा सांसदहरुले समितिको बैठकमा उपस्थित सञ्चारमन्त्री गोकुलप्रसाद बाँसकोटासँग सञ्चारमन्त्रालयका गतिविधिहरुबारे प्रश्न गरेका थिए । सांसहरुले नेपाल टेलिकमको रणनितिक साझेदार, फोरजी सेवामा भएको हिनामिनासहितका विषयमा मन्त्रीसँग प्रश्न गरेका थिए । सांसदहरुले मन्त्री बाँसकोटासँग सञ्चारक्षेत्रलाई नियमन गर्नेबारे पनि प्रश्न गरेका थिए ।

त्यसक्रममा मन्त्री बाँस्कोटाले सञ्चार क्षेत्रको नियमनका लागि साइबर कानुन निर्माणको क्रममा रहेको बताएका थिए । उनले संघीय संरचना अनुसार सरकारी प्रसारक संस्थान नेपाल टेलिभिजन सातै प्रदेशमा विस्तारका लागि काम भइरहेको बताए । उनलले नेपाल टेलिकमका टावर देशभर विस्तारको काम पनि अघि बढिरहेको बताए ।

बाँस्कोटाले मन्त्रालयका गतिविधि, भावी योजना र रणनीतिबारे समितिलाई जानकारी गराएका थिए । उनले निकट भविष्यमै नेपाल टेलिकममा रणनीतिक साझेदार ल्याउने तयारीमा पनि सरकारले काम थालेको बताएका थिए । साभार अन्नपुर्ण
बाढी पिडितले राहत रकम नपाएको गुनासो - 2018-05-19
रौतहट ५ जेठ /// सयौं परीवारले बाढी पिडितले पाउने राहत रकम नपाएको भन्दै रौतहटमा गुनासो गरेका छन ।

खारेजीमा परेका बिधालयका दर्जनौ भवनहरु अलपत्र - 2018-05-19
रौतहट ५ जेठ // झोले बिधालयका भवन र जमिनहरु अलपत्र अवस्थामा पर्दा सम्वन्धीत निकायले ध्यान दिन सकेको छैन । तीन वर्षअघि रौतहटका झोले बिधालयहरु खारेज भएपछि त्यासका भवन र जमिन अलपत्र परेका हुन ।

सेमी अटोमेटिक पेस्तोलसहित भारतीय नागरिक पक्राउ - 2018-05-18
वीरगञ्ज : प्रहरीले सेमी अटोमेटिक हृयान्डमेड पेस्तोलसहित एक भारतीय नागरिकलाई वीरगञ्जबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मोतिहारी पोडिहार ग्राम(१९ रक्सौल बस्ने २३ वर्षीय अविरञ्जन साह रहेका छन् । उनलाई वीरगञ्ज-१६ स्थित भन्सार रोडबाट पक्राउ गरिएको हो ।

किसोरी बलात्कार गरी फरार अभियुक्त समातिए - 2018-05-18
सर्लाही : उखुबारीमा किशोरीको बलात्कार गरेर फरार भएका युवक ७ महिनापछि पक्राउ परेका छन्। गत कात्तिक १९ गते सर्लाहीको कबिलासी नगरपालिका–४ मा एक १३ वर्षिय किशोरीलाई बलात्कार गरी भारत भागेका राहुल रायलाई इलाका प्रहरी कार्यालय हरिपुरले पक्राउ गरेको हो।

जन्ज्योतिमा तालाबन्दी,क्याम्पस प्रमुखको राजिनामा माग - 2018-05-18
चन्द्रपुर,४ जेठ । स्वतन्त्र विद्यार्थी युनियन जनज्योति बहुमुखि क्याम्पस चन्द्रनिगाहपुरले क्याम्पस मा तलाबन्दी गरेको छ । क्याम्पस प्रमुख दुर्गा प्रसाद दहालले विद्यार्थीको भबिस्यमाथी खेलबाड गरेको भन्दै युनियनका सभापती संगम श्रेष्ठको नेतृत्वमा आज बाट अनिश्चितकालिन तालाबन्दी गरेको हो ।

नागरिक संग प्रहरीको ब्यबहार कस्तो हुनु पर्छ, प्रहरी उपरिक्षक ज्यु ? - 2018-05-18
रौतहट : प्रहरी कार्यालयमा सेबाग्रही लाई स्वागत छ, दलाल लाई प्रबेश निषेध यो ब्यानर जिल्ला प्रहरी कार्यालय गौरको मुलगेटमा लेखिएको छ ।

पत्रकार आचारसहित तथा जागरण अभियान सम्पन्न - 2018-05-18
रौतहट : रौतहटको सदरमुकाम गौरमा पत्रकार अचारसंहिता तथा जागरण अभियान कार्यक्रम विहिबार सम्पन्न भएको छ ।प्रेस काउन्सील नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ रौतहट शाखाको संयोजनमा कार्यक्रम भएको हो ।

टेग्राहाको बिधालयमा पठन पाठन प्रभावित भएको गुनासो - 2018-05-17
रौतहट, ३ जेठ // रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गत टेग्राहा स्थित आधाभुत निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक एकसाता देखि विद्यालयमा अनुपस्थित रहदै आएको गुनासो बढेको छ ।

मलेसियामा एकजना नेपालीको मृत्युु - 2018-05-17
गौर ३ जेठ// बैदेशिक रोजगारीमा मलेसिया गएका एकजना रौतहटका युवकको मृत्युु भएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 185 186 187 188 189 190 191 192 NEXT

English News



1366285 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top