अनौठो संसार

छोरा १० कक्षा फेलः बुवाले दिए भव्य पार्टी



अनौठो संसार प्रकाशित मिति:

भारतको मध्यप्रदेशको सागर नामको एक गाउँका मानिस त्यतिबेला चकित परे जब एक व्यक्तिले छोरा १० कक्षा फेल भएको उपलक्ष्यमा भव्य पार्टीको आयोजना गरे ।


ठेकेदार सुरेन्द्र कुमार व्यासले गाउँभरीका मानिसहरुलाई विभिन्न प्रकारको मिठाई बाँडे ।


सागरस्थित शिवाजी वार्डमा बस्ने सिभिल कन्ट्र्याक्टर सुरेन्द्र कुमार व्यासले अचानक पार्टीको आयोजना गर्दा मानिसहरुबीच उत्सुकता जाग्यो । भोज, मिठाई र पटाकाले पूरा इलाका गुञ्जायमान भयो । जब मानिसहरुलाई पार्टीको कारण थाहा भयो तब उनीहरु अचम्ममा परे ।

सुरेन्द्र व्यासले आफूले छोरालाई प्रोत्साहित गर्नका लागि यसो गरेको बताए । उनले भने, ‘यो पार्टीको उद्देश्य छोरालाई प्रोत्साहन गर्नु हो । परीक्षामा फेल भएपछि धेरैजसो डिप्रेशनमा जान्छन् र कतिले त आफ्नो जीवन नै अन्त्य गर्छन् । म यस्ता बच्चालाई बताउन चाहन्छु कि बोर्डको परीक्षा जीवनको अन्तिम परीक्षा होइन । जीवनमा अवसरका विभिन्न ढोका खोलिरहन्छन् । मेरो छोरा यदि फेल भएको छ भने उसले अर्को वर्ष पुनः परीक्षा दिन सक्छ । ’

बुवाको यस्तो निर्णयमा छोरा आशु दंग छन् । उनी भन्छन्, ‘म बुवाको यो निर्णयको तारिफ गर्छु । म अबदेखि राम्रोसँग पढ्छु र अर्को वर्ष राम्रो अंकसहित परीक्षामा पास हुन्छन् । ’

उक्त पार्टीमा आफ्ना थुप्रै साथी र आफन्तको उपस्थिती रहेको उनले बताए । एजेन्सी
यस्तो सरकारी कार्यालय, जहाँ कर्मचारीले हेलमेट लगाएर काम गर्छन् - 2017-07-21
काठमाडौ ६ साउन/ दुई पांग्रे सवारी साधन चलाउने वा चढ्ने र भौतिक निर्माणस्थलमा काम गर्ने मानिसहरु लगायतले टाउकोमा हेलमेट लगाउनु त स्वभाविकै हो । तर एउटा यस्तो सरकारी अफिस छ जहाँ अफिसभित्र काम गर्दा समेत हरेक कर्मचारीले हेलमेट लगाउँछन् ।

एक घण्टामा २६ सय पटक पुस अप गरेर विश्व कीर्तिमान - 2017-07-18
काठमाणडौ ३ साउन मानिसले कुनै कुरा गर्न इच्छा राखेपछि जुनसुकै मूल्य चुकाउन पछि पर्दैन । अझ आफ्नै स्वास्थ्य र तन्दुरुस्तीको मामिलामा किन पछि हट्थ्यो रु अस्ट्रेलियाका एक व्यक्तिलाई पनि यस्तै हुटहुटीले सताउँदा पुसअप गरेरै विश्व कीर्तिमान कायम गरिदिएका छन् ।

व्यस्त सडकमा नै दाहसस्कार - 2017-05-03
काठमाण्डौ २० बैसाख / काठमाडौंको चाबहिलमा सडकमै शव जलाइएको छ । मंगलबार दिउँसो ओम अस्पतालको पछाडिको सडकमै शव जलाइएको हो ।

१३ बर्षीया बालिका फिल्म हेरेर गर्भवती भइन् - 2017-03-31
एक १३ बर्षीया बालिकाले फिल्म हेरेकै कारण आफू गर्भवती भएको बताएपछि वलिउडको एउटा फिल्ममाथि अदालतको ध्यानाकर्षण भएको छ । जसका कारण फिल्म पास गर्ने सेन्सर बोर्डमाथि अदालतले गम्भीर प्रश्न खडा गरेको छ ।

जहाँ लिङ्ग र योनीको पूजा गरेर होली मनाइन्छ ! - 2017-03-14
फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरु भएको फागु अर्थात् होली पर्व सङ्गीतमा रमाउँदै यौन पर्वका रुपमा भक्तपुरका बासिन्दाले एक सातासम्म मनाएका छन् ।

सयौ ह्वेलले आत्महात्या गरेपछि ! - 2017-02-11
न्यूजिल्याण्डको समुद्र किनारमा सयौ ह्वेललाइ आत्महत्या गरको छन । आमा र बच्चासहित आएका सयौंको संख्यामा रहेका ह्वेललाइ साउथ आइसल्याण्ड टापुमा आत्महत्या गरेको जनाएको छ।

कुखुराको भालेको पनि बन्ध्याकरण ! - 2017-01-25
पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालेका छन् ।

पाँच कीर्तिमानी आमाहरुः एकै पटक ११ जना - 2017-01-12
आमा बन्नुलाई अधिकांस महिलाहरुले आफू पूर्ण भएको रुपमा ठान्दछन् र अहोभाग्य मान्दछन् ।

सडकमा दुःख पाएका कुकुर पाल्ने शोख - 2016-11-03
कलमपाटी १८ कार्तिक सिर्जना ठकुरीले ३ सय ६५ दिन नै कुकुरको पुजा गर्दै आएकी छिन । सानै उमेर देखि कुकुर पाल्ने शोख बोकेकी उनले भिमसेन गोलास्थित घरमा उन्ले २० वटा कुकुर पालेकी छिन् ।

PREV 1 2 3 4 5 NEXT

English News



1086865 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top