अनौठो संसार

कस्तो कानून ? बच्चाले फेसबुक चलाउँदा बावु–आमाको जागिर चट् !



अनौठो संसार प्रकाशित मिति:

बेलायतको हाउ अफ लर्डस्मा यस हप्ता १३ वर्षमुनिका बालबालिकालाई फेसबुक तथा ट्वीटर चलाउन रोक लगाउने विषय पनि बहसमा सामेल गरियो ।

बालबालिकालाई निश्चित उमेरपछि मात्र सोसल मिडियामा अनुमति दिने विषयलाई डाटा सुरक्षण अध्यादेशमा सामेल गर्ने विषय बहसमा आयो । यो कानूनबाट सानो उमेरका बालबालिकालाई सोसल मिडियाको माध्यमबाट हुने शोषणबाट जोगाउन सकिने तर्क गरिएको छ ।

योसँगै एक अर्को कानून बनाउने कुरा पनि बेलायतमा उठेको छ । जसअनुसार आफूले काम गर्ने कम्पनीका बारेमा नराम्रा कुराहरु फेसबुक वा ट्वीटरमा शेयर गर्ने कर्मचारीहरुलाई सम्बन्ध्ति कम्पनीले बर्खास्त गर्नसक्नेछ । बेलायतको लण्डन तथा अमेरिकाको क्यालिफोर्निया जस्ता ठाउँहरुमा कुनै पनि व्यक्तिलाई जागिरमा राख्दा कतिपय कम्पनीहरुले उक्त व्यक्तिको सोसल मिडिया प्रोफाइल समेत केलाउने गरेको बताइन्छ ।


उता साउदी अरेबियामा चाहिँ फेसबुकलगायतका सोसल मिडियामा अफवाह फैलाउनेलाई मृत्युदण्ड सम्मको सजाय हुने व्यवस्था छ । सोसल मिडियामा आपत्तिजनक कुराहरु पोष्ट गर्नेलाई मृत्युदण्डसँगै कोर्रा हान्ने, जेल सजाय, यात्रामा प्रतिबन्ध, नजरबन्द तथा सोसल मिडिया चलाउन नपाउने लगायतका सजाय पनि दिने गरिन्छ ।साभार : अनलाईन खबर

दुइ मिनेटमा साढे दुइ किलो खुर्सानी खाने मान्छे ! - 2016-07-27
ऐजेन्सी तपाइ एकै पटकमा कति वटा अथवा कति किलो खुर्सानी खान सक्नु हुन्छ ? एकै स्थानमा बसेर किलो का किलो खुसार्नी खान सक्ने मानिस पनि बिश्वमा छन ।

PREV 1 2 3 4

English News



644147 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top