अनौठो संसार

कस्तो कानून ? बच्चाले फेसबुक चलाउँदा बावु–आमाको जागिर चट् !



अनौठो संसार प्रकाशित मिति:

बेलायतको हाउ अफ लर्डस्मा यस हप्ता १३ वर्षमुनिका बालबालिकालाई फेसबुक तथा ट्वीटर चलाउन रोक लगाउने विषय पनि बहसमा सामेल गरियो ।

बालबालिकालाई निश्चित उमेरपछि मात्र सोसल मिडियामा अनुमति दिने विषयलाई डाटा सुरक्षण अध्यादेशमा सामेल गर्ने विषय बहसमा आयो । यो कानूनबाट सानो उमेरका बालबालिकालाई सोसल मिडियाको माध्यमबाट हुने शोषणबाट जोगाउन सकिने तर्क गरिएको छ ।

योसँगै एक अर्को कानून बनाउने कुरा पनि बेलायतमा उठेको छ । जसअनुसार आफूले काम गर्ने कम्पनीका बारेमा नराम्रा कुराहरु फेसबुक वा ट्वीटरमा शेयर गर्ने कर्मचारीहरुलाई सम्बन्ध्ति कम्पनीले बर्खास्त गर्नसक्नेछ । बेलायतको लण्डन तथा अमेरिकाको क्यालिफोर्निया जस्ता ठाउँहरुमा कुनै पनि व्यक्तिलाई जागिरमा राख्दा कतिपय कम्पनीहरुले उक्त व्यक्तिको सोसल मिडिया प्रोफाइल समेत केलाउने गरेको बताइन्छ ।


उता साउदी अरेबियामा चाहिँ फेसबुकलगायतका सोसल मिडियामा अफवाह फैलाउनेलाई मृत्युदण्ड सम्मको सजाय हुने व्यवस्था छ । सोसल मिडियामा आपत्तिजनक कुराहरु पोष्ट गर्नेलाई मृत्युदण्डसँगै कोर्रा हान्ने, जेल सजाय, यात्रामा प्रतिबन्ध, नजरबन्द तथा सोसल मिडिया चलाउन नपाउने लगायतका सजाय पनि दिने गरिन्छ ।साभार : अनलाईन खबर

जहाँ लिङ्ग र योनीको पूजा गरेर होली मनाइन्छ ! - 2017-03-14
फागुन शुक्ल अष्टमीको दिनदेखि भक्तपुरमा सुरु भएको फागु अर्थात् होली पर्व सङ्गीतमा रमाउँदै यौन पर्वका रुपमा भक्तपुरका बासिन्दाले एक सातासम्म मनाएका छन् ।

सयौ ह्वेलले आत्महात्या गरेपछि ! - 2017-02-11
न्यूजिल्याण्डको समुद्र किनारमा सयौ ह्वेललाइ आत्महत्या गरको छन । आमा र बच्चासहित आएका सयौंको संख्यामा रहेका ह्वेललाइ साउथ आइसल्याण्ड टापुमा आत्महत्या गरेको जनाएको छ।

कुखुराको भालेको पनि बन्ध्याकरण ! - 2017-01-25
पाल्पा जिल्ला रामपुर नगरपालिका–१४ बर्दलेका जनार्दन पन्तले कुखुराको भालेको अण्डकोष निकालेर परिवार नियोजन गर्न थालेका छन् ।

पाँच कीर्तिमानी आमाहरुः एकै पटक ११ जना - 2017-01-12
आमा बन्नुलाई अधिकांस महिलाहरुले आफू पूर्ण भएको रुपमा ठान्दछन् र अहोभाग्य मान्दछन् ।

सडकमा दुःख पाएका कुकुर पाल्ने शोख - 2016-11-03
कलमपाटी १८ कार्तिक सिर्जना ठकुरीले ३ सय ६५ दिन नै कुकुरको पुजा गर्दै आएकी छिन । सानै उमेर देखि कुकुर पाल्ने शोख बोकेकी उनले भिमसेन गोलास्थित घरमा उन्ले २० वटा कुकुर पालेकी छिन् ।

यी युवतीले दिनहुँ दाह्री खौरिन्छिन् ! - 2016-10-17
प्रायः पुरुषहरुले आफ्नो अनुहार सफाचट बनाउनका लागि नियमित रुपमा दाह्री खौरिन्छन् ।

कुकुरलाइ आइफोन ! - 2016-09-24
हामी विश्वको ठूलो आर्थिक असमनताका बीच बाँचिरहेका छौं ।

खुर्सानीको ससमा नुहाउने मान्छे - 2016-09-18
एजेन्सी मान्छेको सोख पनि अनौठो अनौठो किसीमका हुन्छन । एक व्यक्तिले खुर्सानीको ससमा नुहाएका छन ।

महिनौ सम्म सुतेको सुत्यै ! - 2016-09-07
रामायणमा कुम्भकर्ण भन्ने पात्र वर्षमा ६ महिना सुत्ने र ६ महिना जागा हुने गरेको कथा छ । यस्तो ६ महिने सुताई वास्तवमा पत्यार लाग्ने कुरा होइन ।

PREV 1 2 3 4 NEXT

English News



644146 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top