छोरी जन्मेपछि घर निकाला

समाज

फोहोर नदीमा, लिजको जग्गा व्यर्थै



समाज प्रकाशित मिति:

जनकपुरधाम :
ल्यान्डफिल साइट बनाउनका लागि जनकपुर उपमहानगरपालिकाले जग्गा लिजमा लिइसके पनि फोहोर भने धार्मिक महŒवका नदीमा थुपार्ने काम भइरहेको छ । जनकपुर–२३ विन्धी टोल बेला भएर बग्ने दूधमती नदी फोहोरमैलाको अव्यवस्थित विसर्जनका कारण प्रदूषित हुनुका साथै थुनिन पुगेको छ ।

ल्यान्डफिल साइट व्यवस्थापनमा चासो नदेखाएका मेयर लालकिशोर साहको निर्देशनमा सफाइ कर्मचारीले नगरभरिको फोहोर उठाएर नदी किनारस्थित तीन बिघा क्षेत्रफलको श्मसानघाटमा थुपार्दै आएका थिए । तीन महिनादेखि फोहोर थुपारिन थालेपछि स्थानीय विरोधमा उत्रिएका थिए । उनीहरूले वडाध्यक्ष शत्रुधन पाण्डेलाई घेराउ गरी जथाभावी फोहोर फाल्ने कार्य रोक्न र शमसानघाट सफा गराउन दबाब दिएका थिए । वडाध्यक्ष पाण्डेले असार २६ गते यथाशीघ्र श्मसानघाटको फोहोर हटाउने सम्झौतामा हस्ताक्षरसमेत गरेका थिए । तर, फोहोर उठाए पनि नजिकै बग्ने दूधमती नदीको मुहानमा थुपारिएपछि स्थानीयले आक्रोश जनाएका छन् ।

साउन महिनामा यो नदीमा नुहाएर महादेवस्थानमा जल चढाउन सयौं श्रद्धालु आउने गर्छन् । तर, फोहोरका कारण नदी गनाउन थालेपछि यो वर्ष साउने मेला प्रभावित हुने स्थानीय लक्ष्मी सहनी बताउँछन् । दूधमतीको महŒव रामायण र माता सीताको जन्मसँग जोडिएकाले सरसफाइका लागि स्थानीय बुद्धिजीवीले अभियान सञ्चालन गरिरहेका छन् । तर, मेयर साह र वडाध्यक्ष पाण्डेको मिलेमतोमा नदी प्रदूषण गर्ने काम भएपछि विरोध गरिएको गौं संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठले बताए । ‘यस्तो क्रियाकलाप नगर्न अनुरोध गर्दा मेयर साहले मलाई ज्यान मार्ने धम्की नै दिएका छन्’, उनले भने ।

देवस्थल वा श्मसानघाटमा फोहोर फाल्नु उचित नरहेको वडाध्यक्ष पाण्डेले स्वीकार गरे । ‘त्यहाँबाट फोहोर हटाउन उपमहानगरपालिकालाई पत्र पठाइसकेको छु’, उनले भने । दूधमतीको मुहान असली नदीको मुहान नरहेको जिकिर गर्दै उनले यो स्थानीयले सिँचाइका लागि प्रयोग गर्ने पानी रहेको बताए । स्थानीयकै सहयोगका लागि त्यसमा फोहोर थुपारेर बाटो बनाउने प्रयास गरिएको उनको भनाइ छ ।

फोहोरमैला व्यवस्थापनका लागि एकीकृत सहरी विकास आयोजनाअन्तर्गत ल्यान्डफिल साइट बनाउन २०७३ साल फागुन २० गते उपमहानगरपालिका र केन्द्रीय गुठी संस्थानबीच सम्झौता भई जग्गासमेत उपलब्ध भइसकेको छ । सम्झौताअनुसार धनुषाको प्रको महुवा भोइलमा १२ बिघा १० कट्ठा १६ धुर जग्गा २० वर्षका लागि लिजमा लिइएको छ । यो जग्गामा ल्यान्डफिल साइट निर्माण गर्न आयोजनाबाट ४८ करोड रकमसमेत छुट्याइएको जनाइएको छ ।

सम्झौताअनुरूप उपमहानगरपालिकाले जग्गाको उपयोग गरेबापत वार्षिक ४ लाख ५ हजार रुपैयाँका दरले संस्थानलाई भाडा बुझाउँदै आएको छ । तर, ल्यान्डफिल साइट निर्माणका लागि उपमहानगरपालिकाले पहल नगरेको जनाइएको छ । ल्यान्डफिल साइट बने फोहोरमैला व्यवस्थापनका नाममा उपमहानगरपालिकाबाट हुने अनियमितता र भ्रष्टाचारको बाटो बन्द हुने भएकाले त्यसतर्फ ध्यान नदिइएको सरोकारवालाको जिकिर छ । साभार अन्नपुर्ण
त्रिपुरेश्‍वरको जयन्ती पेट्रोल पम्प नजिक आगलागी, एकको मृत्यु - 2017-11-09
त्रिपुरेश्वरस्थित जयन्ती पेट्रोल पम्प नजिकै रहेको एक मोटरसाइकल ग्यारेजमा बिहीबार साँझ आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।

पाँच केजी चाँदी र ३० केजी गाँजासहित चार जना पक्राउ - 2017-11-09
वीरगन्जको घण्टाघरबाट प्रहरीले अवैध चाँदीका गरगहनासहित दुई जना महिलालाई पक्राउ गरेको छ।

वाल निकेतन द्धारा धुर्मुस सुन्तलि फाउन्डेशनलाइ रकम सहयोग - 2017-11-09
रौतहट २३ कार्तिक // साथी शिक्षा सहकारी सस्था द्धारा संचालित वालनिकेतन उमाविले धुर्मुस सुन्तली फाउण्डेशनलाइ नगद सहयोग गरेको छ । बिहिवार एक कार्यक्रम गरी वालनिकेतन उमाविका कार्यकारी निर्देशक दिपक रेग्मीले फाउन्डेशनका अध्यक्ष हास्य कलाकार सिताराम कट्टेल धुर्मुस लाइ चेक हस्तान्तरण गरेका छन ।

बिरगञ्जमा एक युवकको रहस्यमय मृत्यु - 2017-11-09
वीरगञ्ज लिंक रोडस्थित अमन होटेलमा बुधबार बेलुका एक युवाको शंकास्पद अवस्थामा ज्यान गएको छ ।

सिराहामा चोरी पैठारीको कपडासहित तीनजना पक्राउ - 2017-11-07
सिराहा भन्सार कार्यालयले कपडा चोरी पैठारीमा संलग्न तीनजनालाई पक्राउ गरेको छ । भन्सार कार्यालयका कर्मचारी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले निजहरुलाई सिराहा जिल्ला कल्याणपुर नगरपालिका अन्तर्गत कमला नदीको चत्री घाटबाट पक्राउ गरेको हो ।

किशोरी बलात्कारको आरोपमा २ युवक पक्राउ - 2017-11-05
किशोरी बलात्कार गरेको आरोपमा रौतहट प्रहरीले दुुई युुवकलाई पक्राउ गरेको छ ।

लमजुङ प्रहरीद्धारा १७ किलो सुनसहित एक युवक पक्राउ - 2017-11-02
लमजुङ प्रहरीले अनुमानित १७ किलो सुन सहित एक युवकलाई पक्राउ गरेको छ । हिमाली जिल्ला मनाङबाट सुनलाई झोलामा लिएर मोटरसाइकलमार्फत झर्दै गरेका एक युवकलाई लमजुङ प्रहरीले पक्राउ गरेको हो । डिउटीमा खटिएका प्रहरीले मस्र्याङ्दी गाउँपालिकाको खुदीबाट ती युवकलाई बिहान पौने ११ बजेतिर सुनसहित पक्राउ गरेको हो ।

ट्रयाक्टर पल्टिँदा एक जानाको मृत्यु - 2017-11-01
सर्लाहीमा मलामी चढेको ट्रयाक्टर पल्टिँदा एकजनाको ज्यान मृत्यु भएको छ । भने दुर्घटनामा परी ८ जना घाइते भएका छन् ।

नेताको घाँटी रेटेर हत्या ! - 2017-10-10
सिरहामा एमालेका स्थाानीय नेताको गएराति हत्या भएको छ । कर्जन्हा नगरपालिका १० प्रयोगपुरका ३८ वर्षीय शशिभूषण साहको हत्या भएको हो । घरमा सुतिरहेका साहको घाँटी काटेर अज्ञात समूहले हत्या गरेको सिरहाका प्रहरी प्रमुख तथा एसपी शेखर कोइरालाले बताए ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 175 176 177 178 179 180 181 182 183 184 NEXT

English News



1267238 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top