समाज

वेश्यालय चलाउने वडाध्यक्षलाई धरौटीमा छाड्ने आदेश



समाज प्रकाशित मिति: कलमपाटी ८ माघ

काठमाडौं :
गाउँका २ सय भन्दा धेरै चेलीलाई भारतका बेश्यालयमा लगेर बिक्रि गरेको आरोपमा पक्राउ परेका नुवाकोटका एक वडाअध्यक्षलाई अदालतले धरौटीमा छाड्ने आदेश दिएको छ।

मानव बेचबिखन तथा ओसारपसार जस्तो गम्भीर मुद्दामा नुवाकोटको दुप्चेश्वर–१ का वडाअध्यक्ष सुनबहादुर तामाङलाई आइतबार काठमाडौं जिल्ला अदालतले ५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो।

प्रहरीको अनुसन्धानमा उनले गाउँका २ सय भन्दा धेरै चेलीहरु बम्बई तथा दिल्लीका बेश्यालयहरुमा लगेर बिक्रि गरेको खुलेको थियो। एक महिलासँग मिलेर उनी आफैंले पनि दिल्ली र मुम्बईमा बेश्यालय चलाउदै आएको प्रहरी अधिकारीहरु बताउँछन्। 

बेश्यालयबाट भागेर आएका युवतीको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सिआईबी०ले उनलाई पक्राउ गरी मानब बेचबिखन मुद्दा दायर गरेको थियो। १५ वर्ष कैद सजाय माग गरी मुद्दा दायर गरेकोमा उनलाई धरौटीमा छाड्ने आदेश भएपछि अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीहरु आश्चर्यमा परेका छन्। 

सुनबहादुर २०५१ सालदेखि नै मानव बेचबिखनमा संलग्न व्यक्ति हुन्। २०५१ सालमा झापा हुँदै केही युवतीलाई भारत लैजाने क्रममा उनीविरुद्ध मुद्दा दायर भएको थियो। 

तर, फरार रहदै आएका उनले चेलीबेटी ओसारपसारको धन्दा जारी राखेका थिए। २०७१ सालमा पनि उनीविरुद्ध नुवाकोट जिल्ला अदालतमा मुद्दा दायर भएको थियो। त्यो मुद्दामा पनि उनी धरौटीमा छुटेका थिए। 

बेश्यालय चलाएर प्रशस्त पैसा कमाएका उनले त्यही पैसाको बलमा नेताहरुलाई समेत आफ्नो हातमा लिएका छन्। पैसाकै बलमा नेपाली कांग्रेसबाट उनले वडा अध्यक्षको टिकट पाई चुनाव जितेका थिए। गाउँमा आफ्नोविरुद्ध बोल्नेहरुलाई उनले गाउँमै बस्न नदिने गरेको स्थानीयले बताएका छन्।

२०५१ सालकै मुद्दामा उनलाई अदालतले ६ वर्ष कैद सजाय सुनाइसकेको छ। नयाँ मुद्दामा अदालतले धरौटीमा छाड्ने आदेश दिएपनि उनी पुरानो मुद्दामा जेल बस्नुपर्ने छ। nepallive

विद्युत प्राधिकरणका सुपरभाइजर थापा २५ हजार घुससहित पक्राउ - 2018-01-01
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

रौतहटमा समिर होटलबाट एक जोडी पक्राउ - 2018-01-01
चन्द्रपुरमा रहेको एक होटलमा अवैध यौन धन्दा गदै रहेको अवस्थामा एक जोडी पक्राउ परेको छन् ।

टोपी दिवस मनाइँदै, राजधानीमा राष्ट्रिय पोसाक लगाएर र्‍याली - 2018-01-01
‘नेपाली टोपी नेपाली पहिचान, यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ।

यो वर्ष पूर्वाञ्चलमा ६० जनाको हत्या - 2018-01-01
पूर्वाञ्चलमा यस वर्ष ६० जनाको हत्या भएको छ ।

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु - 2018-01-01
लैनचौरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आइतबार बिहान ४ः०० बजे लैनचौरमा बा९०प १४०० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकको पेटिमा ठक्कर खाई दुर्घटना हुँदा बाग्लुङ घर भई हाल बोहराटार बस्ने २५ वर्षका साजन ठकुरीको मृत्यु भएको हो।

बुटवलको रामनगरमा कांग्रेस कार्यकर्ताको हत्या प्रयास - 2017-12-31
बुटवलको रामनगरमा एक युवकमाथी खुकुरी प्रहार भएको छ ।

भूकम्पपीडितको राहत सामग्री कुहाएर जलाइयो - 2017-12-30
भूकम्पपीडितलाई भनेर आएको राहत सामग्री उनीहरूलाई वितरण नै नगरी नष्ट गरिएको छ। २०७२ बैशाखमा गएको भूकम्पमा प्रभावित भएकाहरूलाई वितरण गर्न आएको ठूलो मात्राको राहत सामग्री पीडितलाई वितरण नै नगरी शुक्रबार नष्ट गरिएको हो।

अनुमतिबिनै धमाधम काइनाइट उत्खनन - 2017-12-30
कालिका गाउँपालिका – ३ भर्तास्थित बुकीमालिका सामुदायिक वनमा रहेको खानीबाट करोडौं रुपैयाँको काइनाइट तस्करी हुँदै आएको छ ।

आज नयाँ वर्ष ‘तमु ल्होसार’ - 2017-12-30
गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी आजदेखि नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 NEXT

English News



753672 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top