समाज

लैगिक हिंसा नियन्त्रण संजाल समितीको बैठक सम्पन्न



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट २ माघ
लैगिक हिंसा नियन्त्रण जिल्ला संचाल समिती रौतहटले मंगलवार बिभिन्न सचेतनाका कार्यक्रमहरु आयोजन गर्ने निर्णय गरेको छ ।

रौतहटको गरुडामा रहेको नेपाल प्रहरीको महिला बालवालिका सेवा कार्यालयमा संजालकी अध्यक्ष पुनम ठाकुरको अध्यक्षतामा बसेको बैठकले जिल्लाका पाच बटा नगरपालिकाको ५ वटा बिधालयमा सचेतनाको कार्यक्रम संचालन गर्ने , सेवा कार्यालयले गर्दै आएको हिंसा नियन्त्रणको कार्यक्रम लाइ अझै प्रभावकारी बनाउन सरोकारवाला निकायहरु संग सहकायै गर्ने निर्णय भएको छ ।

सो बैठकमा नेपाल प्रहरी महिला वालवालिका सेवा केन्द्रकी प्रमुख प्रहरी निरिक्षक चुडा कुमारी खड्काले गत साउन देखी पौष सम्म कार्यालयले गरेको प्रगती विवरण प्रस्तुन गरेकी छिन ।

प्रहरी निरिक्षक खड्काले आगामी दिनमा गर्ने कार्यक्रमहरुको बुदागत रुपमा छलफलका लागी बैठकमा पेश गरेकी थिइन ।

कार्यालय बाट भएको कार्य सम्पादनको संजालका पदाधिकारीहरुले समिक्षा समेत गरेका छन ।


ब्राउनसुगर सहित चार जना पक्राउ - 2016-12-10
कलमपाटी २५ मंसिर/ रौतहटको चन्द्रपुर स्थित टेकानटोल बाट चार जना लाइ ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ ।

बिपन्न महिलाहरु लाइ क्यान्सर सचेतना तथा निशुल्क भिआइए परिक्षण - 2016-12-10
पोखरा २५ मंसीर लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान तथा अन्तरष्ट्रिय मानव अधिकार दिवसका अवसरमा लक्षित वर्गका महिलाहरुलाई क्यान्सर सम्वन्धि सचेतना तथा भिआइए परिक्षण कार्यक्रम शुक्रवार पोखरामा सम्पन्न भएको छ ।

रौतहट यातायात ट्रक व्यवसायी संघमा अर्याल - 2016-12-10
कलमपाटी २५ मंसिर रौतहट यातायात ट्रक व्यवसायी संघको तेश्रो अधिवेशन तथा आठौ साधरण सभा चन्द्रनिगाहपुरमा शनिवार सम्पन्न भएको छ ।

चन्द्रनिगाहपुरमा रक्तदान कार्यक्रम - 2016-12-10
कलमपाटी २५ मंसिर नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र बिरगजको प्राबिधिक सहयोगमा रौतहटको चन्द्रनिगाहपुरमा रक्तदान कार्यक्रमको आयोजना गरीएको छ ।

अमेरीकामा बनेको पेस्तोल सहति एक व्यक्ति पक्राउ - 2016-12-09
कलमपाटी २५ मंसिर अमेरीकामा बनेको पेस्तोल सहीत पक्राउ परेका एक व्यक्तिलाइ रौतहटमा प्रहरीले शुक्रवार सार्वजनिक गरेको छ ।

हराएका मोटरसाइकल फेला पर्दैै प्रहरी - 2016-12-08
रौतहट २३ मंसिर / काठमाण्डौ लगाएत देशका बिभिन्न स्थानहरु बाट चोरी भएका मोटरसाइकलहरु प्रहरीले रौतहटमा फेला पारेर धनीलाइ बुझाउन थालेको छ ।

महिला हिंसा विरुद्ध सामुदायिक सचेतना कार्यक्रम - 2016-12-08
कलमपाटी २३ मंसिर / “घर शान्ति नै विश्व शान्तिको आधार, दिगो विकासका लागी हिंसा रहित समाज” भन्ने राष्ट्रिय नारा का साथमा लैंगिक हिंसाका दृष्टिले उच्च जोखिममा रहेका गाविस सिमराभवानिपुरको अमतवा, जोगौलिया, जयराजपुर, देवीपुर र चन्द्रपुर नगरपालिका वडा नं.९ को मंगलपुर टोलामा सामुदायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

रौतहटको बन भित्रै काठ चिरान संचालन - 2016-12-08
कलमपाटी २३ मंसिर/ रौतहटको बनक्षेत्रमा व्यापकरुपमा काचो सालको रुख ढालेर तस्करले काठ लैजाने गरेको खुलासा भएको छ ।

रौतहटमा कुकर बम सुरक्षाकर्मी द्धारा निष्कृय - 2016-12-06
कलमपाटी २१ मंसिर / रौतहटको गौर चन्द्रनिगाहपुरको सुकदेव चौक नजिकै को लच्कामा राखेको कुकर बम जस्तै बस्तुलाइ नेपाली सेनाको टोलीले निष्कृय बनाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 NEXT

English News



746477 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top