समाज

लैगिक हिंसा नियन्त्रण संजाल समितीको बैठक सम्पन्न



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट २ माघ
लैगिक हिंसा नियन्त्रण जिल्ला संचाल समिती रौतहटले मंगलवार बिभिन्न सचेतनाका कार्यक्रमहरु आयोजन गर्ने निर्णय गरेको छ ।

रौतहटको गरुडामा रहेको नेपाल प्रहरीको महिला बालवालिका सेवा कार्यालयमा संजालकी अध्यक्ष पुनम ठाकुरको अध्यक्षतामा बसेको बैठकले जिल्लाका पाच बटा नगरपालिकाको ५ वटा बिधालयमा सचेतनाको कार्यक्रम संचालन गर्ने , सेवा कार्यालयले गर्दै आएको हिंसा नियन्त्रणको कार्यक्रम लाइ अझै प्रभावकारी बनाउन सरोकारवाला निकायहरु संग सहकायै गर्ने निर्णय भएको छ ।

सो बैठकमा नेपाल प्रहरी महिला वालवालिका सेवा केन्द्रकी प्रमुख प्रहरी निरिक्षक चुडा कुमारी खड्काले गत साउन देखी पौष सम्म कार्यालयले गरेको प्रगती विवरण प्रस्तुन गरेकी छिन ।

प्रहरी निरिक्षक खड्काले आगामी दिनमा गर्ने कार्यक्रमहरुको बुदागत रुपमा छलफलका लागी बैठकमा पेश गरेकी थिइन ।

कार्यालय बाट भएको कार्य सम्पादनको संजालका पदाधिकारीहरुले समिक्षा समेत गरेका छन ।


शहर बन्दै राजमार्ग छेउका गांउहरु - 2016-12-22
कलमपाटी ७ पुस / सघियताको संरचना अनुसार मध्य तराइको पर्सा देखी सप्तरी जिल्ला सम्मका आठवटा जिल्लाहरुलाइ प्रदेश नम्वर दुइ मा बिभाजन गरीएको छ । त्यहि प्रदेशको राजमार्ग छेउका गाउहरु नगरपालिका घोषणा हुदै बिकासको गति सगै शहर बन्न थालेका छन ।

महोत्तरीका मुसहरलाइ घर बनाइ दिदै धुर्मुस सुन्तली - 2016-12-22
काठमाण्डौ ७ पुस/ सामाजिक काममा सक्रिय हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले तेश्रो एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेका छन् ।

द्रुतमार्ग निर्माणको अध्ययनका लागी कार्यदल - 2016-12-22
काठमाण्डौ ७ पुस / सरकारले काठमाडौँ तराई मधेस द्रुतमार्ग निर्माणको पूर्वाधार अध्ययनका लागी कार्यदल गठन गरेको छ ।

भन्सार छलेर ल्याएको अण्डा बरामद - 2016-12-21
कलमपाटी ६ पुस/ केही दिन अघि बरामद गरेको भारतमा उत्पादन भएको कुखुराको अण्डा बुधवार प्रहरीले नष्ट गरेको छ ।

करेन्ट लागेर सांढे मर्यो - 2016-12-21
रौतहट ६ पुस / रौतहटको धरमपुर गाविसमा खेतबारीमा लगाएको बिधुतिय तारमा करेन्ट लागेर दुईवटा साँढे मरेको छ ।

दाइजो लिएको रकम विवाह कै दिन फिर्ता - 2016-12-21
रौतहट ६ पुस / छोराको विवाह गर्दा लिने केटी पक्ष संग लिने गरीएको दाइजो रकम मुस्लिम समुदायका केटापक्षले रौतहटमा फिर्ता गर्न थालेका छन । कटहरीया गाबिस ३ का २१ बर्षिय सद्दाम मन्सुर र सखुअवा धमौरा गाबिस ५ की १९ बर्षिया हास्मुन खातुनको विवाहमा दाइजो स्वरुप केटीपक्षले दिएको रकम केटापक्षले विवाहको दिन फिर्ता गरेका छन ।

रौतहटमा एकै दिन दुइसय ७८ जना द्धारा रक्तदान - 2016-12-19
कलमपाटी ४ पुस / रौतहटको चन्द्रनिगाहपुरमा रहेको चन्द्रोदय बचत तथा ऋण सहकारी संस्थाले आयोजन गरेको रक्तदान कार्यक्रममा दुइसय ७८ जनाले रक्तदान गरेका छन ।

सार्वननिक जमिन मिच्ने उधोगले नगरपालिकालाइ टेरेन - 2016-12-19
कलमपाटी ४ पुस /सार्वजनिक जमिनमा निजी ह्युम पाइप उधोग स्थापना भए पछि स्थानियको बिरोध पछि नगरपालिकाले उधोग संचालक लाइ पत्राचार गरेपनि उधोगले अटेर गरेको छ ।

खयरको काठ सहित टेक्टर पक्राउ - 2016-12-18
रौतहट ३ पुस / अवैधरुपमा लैजादै गरेको एक टेक्टर काठ प्रहरीले आइतवार बरामद गरी बन कार्यालय लाइ बुझाएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 NEXT

English News



746535 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top