समाज

लैगिक हिंसा नियन्त्रण संजाल समितीको बैठक सम्पन्न



समाज प्रकाशित मिति: कलमपाटी

रौतहट २ माघ
लैगिक हिंसा नियन्त्रण जिल्ला संचाल समिती रौतहटले मंगलवार बिभिन्न सचेतनाका कार्यक्रमहरु आयोजन गर्ने निर्णय गरेको छ ।

रौतहटको गरुडामा रहेको नेपाल प्रहरीको महिला बालवालिका सेवा कार्यालयमा संजालकी अध्यक्ष पुनम ठाकुरको अध्यक्षतामा बसेको बैठकले जिल्लाका पाच बटा नगरपालिकाको ५ वटा बिधालयमा सचेतनाको कार्यक्रम संचालन गर्ने , सेवा कार्यालयले गर्दै आएको हिंसा नियन्त्रणको कार्यक्रम लाइ अझै प्रभावकारी बनाउन सरोकारवाला निकायहरु संग सहकायै गर्ने निर्णय भएको छ ।

सो बैठकमा नेपाल प्रहरी महिला वालवालिका सेवा केन्द्रकी प्रमुख प्रहरी निरिक्षक चुडा कुमारी खड्काले गत साउन देखी पौष सम्म कार्यालयले गरेको प्रगती विवरण प्रस्तुन गरेकी छिन ।

प्रहरी निरिक्षक खड्काले आगामी दिनमा गर्ने कार्यक्रमहरुको बुदागत रुपमा छलफलका लागी बैठकमा पेश गरेकी थिइन ।

कार्यालय बाट भएको कार्य सम्पादनको संजालका पदाधिकारीहरुले समिक्षा समेत गरेका छन ।


जमिन भु माफियालाइ,लालपुर्जा सुकुम्वासीलाई ! - 2017-01-20
रौतहट ७ माघ/ सुकुम्बासी समस्या समाधान आयोगले १८ बर्ष अघि लालपुर्जा बितरण गरेपनि मालपोत कार्यालय रौतहटले श्रेस्ता कायम नगरेकै कारण लक्ष्मिनिया–२ बिजयपुरका बासिन्दाले भोगचलन गर्दै आएको जमिन भुमाफियाले आफनो बनाएका छन ।

६० हजार लिएर जागिर नदिएपछि उजुरी - 2017-01-20
कलमपाटी ७ माघ / शिक्षकको जागिर खाने आशामा नक्कली नियुक्ती पत्र बोकेर रौतहटमा एक युवती ६ बर्ष देखि भौतारी रहेकी छिन । उन्ले न्यायका लागी जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएकी छिन ।

गरुडामा सदरमुकाम सार्न माग गर्दै आन्दोलन - 2017-01-18
कलमपाटी ५ माघ/ रौतहटको मध्य भाग गरुडामा जिल्ला सदरमुकाम सार्नु पर्ने माग गर्दे आन्दोलन शुरु भएको छ । गरुडा क्षेत्रमा सदरमुकाम राख्दा जिल्लाको सवै भेगका जनताले सजिलै सरकारी सुबिधा सेवा पाउने भएकाले आन्दोलन शुरु गरेको गरुडा सदरमुकाम सर्घष समितीले जनाएको छ ।

गरिव तथा बिपन्न बिधार्थीलाई सुइटर बितरण - 2017-01-18
कलमपाटी ५ माघ/ लुम्विनी एकेडेमी चावहील काठमाण्डौले रौतहटको चन्द्रपुर ३ मा रहेको एक बिधालयका बिधार्थीलाई न्यानो कपडा सुइटर बितरण गरेको छ ।

गम्हरीया पर्सा गाबिस २२ औ खुल्ला दिसा मुक्त - 2017-01-17
कलमपाटी ४ माघ /रौतहटको गम्हरीया पर्सा गाबिस जिल्लाको २२ औ खुल्ला दिसा मुक्त क्षेत्र गाबिस घोषणा गरीएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी सो गाबिस लाइ खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरीएको हो ।

रौतहटमा वन्यजन्तुको अखेटोपहार बरामद - 2017-01-17
रौतहट ४ माघ / रौतहटको चन्द्रपुर नपा स्थित एकघर बाट प्रहरीले ठुलो मात्रामा वन्यजन्तुको अखेटोपहार तथा शिकार गर्न प्रयोग गरीने सामाग्री बरामद गरेको छ ।

चन्द्रनिगाहपुर सिटी जेसिजको अध्यक्षमा धिताल - 2017-01-16
रौतहट ३ माघ / चन्द्रनिगाहपुर सिटी जेसिजको तेश्रो पदस्थापना दिवश सम्पन्न भएको छ । चन्द्रनिगाहपुर सिटी जेसिजको बर्ष २०१७का लागी मधुसुधन धितालले अध्यक्ष को चेन लगाएका छन ।

सामुदायिक भवनको शिलान्याश - 2017-01-16
कलमपाटी ३ माघ रौतहटको सखुअवा धमौरा गाबिसको सखुअवा टोलमा सोमवार सामुदायिक भवनको शिलान्यास गरीएको छ ।

धारीलो हतियार प्रहार गरी महिलाको हत्या - 2017-01-16
सर्लाही ३ माघ सर्लाहीको फुलपरासीमा ६५ वर्षिया एक महिलाको धारीलो हतियार प्रहार गरी हत्या भएको छ । आइतबार राती फुलपरासी–४ की ६५ वर्षिया नुनु देवी रायको हत्या भएको हो ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 NEXT

English News



746479 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top