छोरी जन्मेपछि घर निकाला

समाज

बाढी पिडीत विस्थापितले बेचे घर



समाज प्रकाशित मिति:

रौतहट //
२०५० सालमा बागमतीमा आएको बाढीले साविक गढौ र पौराई गाविसका बासिन्दाको घरबारी बगाएर ठूलो विपत्ति ल्यायो ।

 झन्डै ५ सय धुरी बगाएपछि स्थानीयलाई जीवनयापनमा संकट थप्यो ।पीडितहरू राहत र बसोबासका लागि याचना गर्न थाले । उनीहरूले बासस्थानको माग गर्दै राजमार्गमा चक्काजामसमेत गरे । अन्तत: दातृ निकायले घर बनाइदियो । तर, केही वर्ष बसेर अहिले अधिकांशले अर्कैलाई बिक्री गरेका छन् ।

बाढीको बितण्डापछि सरकारको अनुरोधमा चीनको चुचिफाउन्डेशनले बाढीपीडितका लागि मंगलपुरमा पक्की घर बनाइदिएको थियो । झन्डै २० वर्ष यहीं बसेका उनीहरूले ५ वर्षयता धमाधम बिक्री गरेर गाउँ छाडेका छन् । स्थायी रोजगारी र आर्थिक अवस्थाको कारण देखाउँदै विस्थापितले १५ हजारदेखि ३ लाखसम्ममा दाताले बनाइदिएको घर बेचेका हुन् । 

परिवारको लालनपालनमा समस्या परेको भन्दै बाढीपीडित हरेश्वर सहनीले १८ हजारमै स्थानीय भिखारी देवीलाई घर बेचे । गत वर्ष नै गाउँ छाडेर उनी परिवारसहित अन्यत्र गएका छन् । बाढीले गढौको घर र १० कठ्ठा जमिन बगाएपछि सुुकुम्बासी बनेका सहनीले पुनर्वासमा पाएको पक्की घर बिक्री गरेका हुन् । ‘उनी कहाँ गए थाहा भएन । कसैलाई भनेका पनि छैनन्,’ स्थानीय शिवमंगल सहनीले भने, ‘धेरैजसोले सहयोगमा पाएको घर बिक्री गरेर गाउँ छाडेका छन् । केही पुरानै गाउँ फर्केका छन् । केही अन्यत्र गए ।’

मंगलपुरमा बागमती र गढौका गरी ३ सय घुरधुरीले पुनर्वासका लागि घर पाएका थिए । तर तीमध्ये आर्थिक अवस्थाका कारण आधा जसोले बिक्री गरेर हिँडिसकेको स्थानीय गोपाल तिमल्सिनाले जनाए । 
रोजगारीको अवस्था नभएपछि उनीहरू घर बिक्री गर्न बाध्य भएका हुन् । बाढीको विनाशपछि पीडितले स्थानीय प्रशासनमा धर्ना र राजमार्गमा चक्काजामसमेत गरेका थिए । सरकारको आग्रहमा चिनियाँ संस्था चुचिले घर बनाएर पुनर्बास गरायो । त्यसबेला बाढीबाट जिल्लामा झन्डै ५ करोडको क्षति पुगेको थियो । सरकारले बासको व्यवस्था गरे पनि रोजगारी नदिएकाले धमाधम घर बेचेर अन्यत्र जान बाध्य भएको पीडित सिंगेश्वर सहनीले बताए । उनले समेत श्रीमतीको उपचारका लागि भन्दै ६० हजारमा स्थानीय कर्ण भण्डारीलाई घर बिक्री गरेका छन् । 

बासका लागि पाएको घरको लालपुर्जा नभएपछि खरिद गर्नेहरूले पीडितसँग दोब्बरको बिक्रीनामा कागज बनाएका छन् । केही पीडितको घर त्यतिकै खाली अलपत्र परेको छ । उनीहरूको गढौ र मंगलपुर दुबै स्थानमा घर छ । त्यसैले मंगलपुरको घरमा कोही नबसेको स्थानीय अर्चन सहनीले बताए । ‘गढौको भन्दा पिप्राराजवडाका मानिसले घर बेचेका छन,’ उनले भने, ‘भरपर्दो रोजगारी छैन । त्यही भएर सबै जसोले बेचेर पुरानै गाउँ फर्केका छन् ।’ बस्तीमा पिप्राराजवडाका केही बाढीपीडित समेत बसेका छन् । 

विस्थापितहरू अधिकांश बागमती नदीको किनारमा गिटी ढुंगा संकलन गर्न जान्छन् । लामो समयदेखि उनीहरू यही पेसामा छन् । पुरुष माछा मार्न नदीमा जान्छन् । ‘बागमतीको बगरकै भर पर्नुपर्छ’, स्थानीय सुनिता सहनी भन्छिन्, ‘हाम्रो जीवन यही बगरले धानेको छ । रोजगारी छैन । अन्य काम गर्न पढेको छैन । गिटी चालेर जीवन चलाउनुको विकल्प छैन ।’ 

साभार : इकान्तिपुर डटकम 

चार सय लिन कस्ता कस्ता आँउछन् - 2018-01-02
सरकारले कुपोषणबाट बचाउनका लागि बालबालिकालाई मासिक चार सय भत्ताको ब्यावस्था गरेको छ ।

मोटरसाईकल चालकको अवस्था गम्भिर - 2018-01-02
बाराको जीतपुरसिमरा उपमहानगरपालिका ३ बजनीमा आज साँझ भएको मोटरसाईकल दुर्घटनामा परि एकजना गम्भिर घाईते भएका छन् ।

रौतहटका सामुदायिक विधालयहरु बन्द - 2018-01-02
अत्याधिक रुपमा बढेको चिसोको कारण रौतहटका सम्पुर्ण सामुदायिक विधालयहरु बन्द गरिएको छ ।

भाडामा हत्याः कन्ट्रयाक्ट किलिङको अन्तर्राष्ट्रिय कनेक्सन - 2018-01-02
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनलाई कसले गोली प्रहार गर्‍यो रु प्रहरीका दुई अनुसन्धान निकायले फरक(फरक सुटरलाई इंगित गरेका छन् । गोली जसले प्रहार गरे पनि उनको हत्यामा भाडाका सुटर प्रयोग गरिएको भने सत्य हो ।

चारतारे होटलमा बलात्कार ? प्रहरी भन्छ : अनुसन्धान हुँदैछ - 2018-01-01
नेपालगन्जस्थित होटल सिग्नेट इन कृष्णाबाट प्रहरीले शनिबार राती दुई युवतीको उद्दार गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी राजेन्द्र अर्यालका अनुसार युवतीले आफुमाथि बलात्कार भएको बताएका थिए ।

करेन्ट लागेर एकको मृत्यु - 2018-01-01
करेन्ट लागेर गएराति सिरहाको लहान नगरपालिका–१३ मा एक जनाको मृत्यु भएको छ। आफ्नै घरको कलमा जोडेको मोटरबाट करेन्ट लागेर लहान नगरपालिका– १३ निवासी ४० वर्षीय रामचन्द्र महतोको मृत्यु भएको हो।

विद्युत प्राधिकरणका सुपरभाइजर थापा २५ हजार घुससहित पक्राउ - 2018-01-01
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना कर्मचारीलाई घुससहित रंगेहात पक्राउ गरेको छ ।

रौतहटमा समिर होटलबाट एक जोडी पक्राउ - 2018-01-01
चन्द्रपुरमा रहेको एक होटलमा अवैध यौन धन्दा गदै रहेको अवस्थामा एक जोडी पक्राउ परेको छन् ।

टोपी दिवस मनाइँदै, राजधानीमा राष्ट्रिय पोसाक लगाएर र्‍याली - 2018-01-01
‘नेपाली टोपी नेपाली पहिचान, यही हो हाम्रो राष्ट्रिय अभियान’ भन्ने मूल नाराका साथ पाँचौँ राष्ट्रिय टोपी दिवस आज विविध कार्यक्रम गरी मनाइएको छ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 NEXT

English News



1154286 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top