समाज

सप्तरीमा ट्रक पल्टिँदा आठवटा गोरु मरे



समाज प्रकाशित मिति: राजविराज ५ माघ

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरस्थित सुन्दरी पुलमा ट्रक पल्टिँदा बिहीबार आठ वटा गोरु मरेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६ख १७०५ नम्बरको ट्रक पुलबाट १५ फिट तल खस्दा ट्रकमा लोड गरिएका गोरु मरेका हुन् भने ट्रकमा सवार चालकसहित पाँच जना गम्भीर घाईते भएका छन् ।

रामेछाप लखनपुर –९ का चालक ३५ वर्षीय रत्न लामाको टाउकोमा गम्भीर चोट लागेको छ भने चितवनका सहचालक २० वर्षीय सुशिल थपलियाको छातिमा चोट लागेको छ ।

सर्लाही विर्ताका ५५ वर्षीय गोरु व्यापारी किशोरी राय यादवको लिङ्गमा चोट लागी पिसाव नली काटिएको र भारतिय नागरिक २७ वर्षिय मो।नसिमको खुट्टा भाँचिएको छ अस्पतालले बताएको छ ।

स्थानीय धर्मेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेलाई विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको डा। दिलीप कर्णले जानकारी दिए । साभार अन्नपुर्ण

हत्या गरी फालिएको शव फेला - 2017-04-11
बारा २९ चैत्र / हत्या गरी बोरा मा पाको पारेर फालिएको अवस्थामा मंगलवार प्रहरीले बारामा एक पुरुषको शव बिहान फेला पारेको छ ।

अर्याललाइ आइजीपी बनाउने सरकारको निर्णय - 2017-04-10
काठमाण्डौ / नेपाल प्रहरीको महानिरीक्षक आइजीपी पद मा प्रकाश अर्याल लाइ नियुक्त गर्ने सरकारले निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले डिआईजी अर्याल लाइ आइजीपीमा बढुवा गर्ने निर्णय गरेको हो ।

जमिनमा गाडेको बम भैसीले कुल्चदा बिस्फोट - 2017-04-10
कलमपाटी २८ चैत्र / रौतहटको बेलबिछुवामा सोमवार साझ बेवारीसे अवस्थामा जमिन मुनी गाडेर राखेको बम बिस्फोटन भएको छ ।

आफैले मृत्यूदर्ता बनाएका बृद्धबृद्धाको भत्ता खाएको आरोपमा गाबिस सचिव माथी मुद्धा - 2017-04-10
काठमाण्डौ २८ चैत्र/ रुपन्देहीको तत्कालिन मानपकडी गाबिसका सचिव शालिकराम भट्टराईले सामाजिक सुरक्षा भत्ता बितरण गर्दा अनियमित गरेको आरोपमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

खानेपानी योजना निमार्ण भएपछि गैडाटारबासी हर्षित - 2017-04-10
रौतहट २८ चैत्र / दुषित पानी खान बाध्य भएर बर्षेनी झाडापखाला फैलने गैडाटार गाउमा स्वच्छ खानेपानीको व्यवस्था भएपछि स्थानिय हर्षित भएका छन ।

पेस्तोल बोकरे हिड्ने जेल चलान - 2017-04-10
कलमपाटी २८ चैत्र / गएको चैत्र ८ गते रौतहटमा पक्राउ परेका दुइ जना आइतवार जेल चलान भएका छन ,

अकोरावको प्रदेश न. २ को भेला जनकपुरमा शुरु - 2017-04-09
जनकपुर २७ चैत्र / सामुदायिक रेडियो प्रसारक सघको प्रदेश स्तरीय भेला जनकपुर मा शुरु भएको छ ।

म्यादी प्रहरीमा जागिर खान खोज्दा हिरासतमा - 2017-04-07
रौतहटका एक दलित युवक म्यादी प्रहरीमा जागिर खान किर्ते गरी नागरिकता बनाएको आरोपमा प्रहरी हिरासतमा पुगेका छन् ।

काग्रेस नेताको चिरानमिल बाट सखुवाको गोलिया बरामद - 2017-04-06
कलमपाटी २४ चैत्र / रौतहटको बृद्धावन गाउपालिका अन्र्तगत बोहरी गाउमा रहेको चिरान मिल बाट प्रहरी र बन गस्ति टोलीले बिहिवार अवैधरुपमा राखिएको सखुवाको गोलिया बरामद गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



748550 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top