समाज

सप्तरीमा ट्रक पल्टिँदा आठवटा गोरु मरे



समाज प्रकाशित मिति: राजविराज ५ माघ

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरस्थित सुन्दरी पुलमा ट्रक पल्टिँदा बिहीबार आठ वटा गोरु मरेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६ख १७०५ नम्बरको ट्रक पुलबाट १५ फिट तल खस्दा ट्रकमा लोड गरिएका गोरु मरेका हुन् भने ट्रकमा सवार चालकसहित पाँच जना गम्भीर घाईते भएका छन् ।

रामेछाप लखनपुर –९ का चालक ३५ वर्षीय रत्न लामाको टाउकोमा गम्भीर चोट लागेको छ भने चितवनका सहचालक २० वर्षीय सुशिल थपलियाको छातिमा चोट लागेको छ ।

सर्लाही विर्ताका ५५ वर्षीय गोरु व्यापारी किशोरी राय यादवको लिङ्गमा चोट लागी पिसाव नली काटिएको र भारतिय नागरिक २७ वर्षिय मो।नसिमको खुट्टा भाँचिएको छ अस्पतालले बताएको छ ।

स्थानीय धर्मेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेलाई विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको डा। दिलीप कर्णले जानकारी दिए । साभार अन्नपुर्ण

बुधवार आज रौतहटका सरकारी बिधालय बन्द - 2017-05-17
एकजना शिक्षक र एकजना पियनको निधन भएपछि शोक मनाउन रौतहटका सरकारी तथा सामुदायिक बिधालयहरु बुधवार बन्द भएका छन ।

रौतहटको चन्द्रपुर आसपासमा बिहानै देखि बिधुत अवरुद्ध - 2017-05-16
रौतहटको चन्द्रपुर ४ स्थ्ति बिधुत प्राधिकरणको सवस्टेशनमा खरावी आएपछि चन्द्रपुर नगरपालिका आसपासमा बिहानै देखि बत्ति गएको छ ।

गौरमा दुर्गा मन्दिर निमार्ण हुदै - 2017-05-16
पूर्व प्रधानमन्त्री एवं रौतहट क्षेत्र नम्वर १ का सांसद माधव कुमार नेपालको पहलमा गौरमा दुर्गा मन्दिर निमार्ण भैरहेको छ ।

नापी सर्वेक्षक घुस सहीत पक्राउ - 2017-05-16
नापी कार्यालय दमक झापामा कार्यरत नापी सर्वेक्षक बिनोद कुमार मण्डललाइ अख्तियारले नियन्त्रणमा लिएको छ ।

अनाथहरु पढ्ने स्कुलमा कार्पेट सहयोग - 2017-05-14
कलमपाटी ३१ बैसाख/ रौतहटको गरुडामा रहेको अनाथलयमा भुइमा बसेर ससना केटाकेटीहरु पढीरहेको देखे पछि गौरका एक युवाले कार्पेट सहयोग गरेका छन ।

मोहन यादवले मनाए अनाथलयमा जन्मदिन - 2017-05-14
रौतहट ३१ बैसाख / गरुडा नगरपालिकामा रहेको वंशिराम जयसवाल अनाथालयमा रहेका बालबालिका का लागी खाना खुवाउदै स्टेशनरी समान बितरण गरेर रौतहटका शिक्षा प्रमी एक युवाले जन्मदिन मनाएका छन ।

दुर्घटनामा एको मृत्यू, दुइ गम्भिर घाइते - 2017-05-13
रौतहट ३० बैसाख मौलापुर गाउपालिका स्थित पथराबुधराममा शनिवार भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन ।

सदरमुकाम बिकासका लागी आएको ५० करोड के भयो ? एमाले - 2017-05-10
कलमपाटी २७ बैसाख/ नेकपा एमालेको रौतहट स्थित गौर नगर कमिटीले गौर सदरमुकाम विकासका लागी २०७३ साल साउनमा केपी ओली नेतृत्वको सरकारद्धारा घोषणा भएको ५० करोड बजेटको कार्यान्वयन गराउन ध्यानाकर्षण गराउने भएको छ ।

बुद्ध जयन्तीको अवसरमा गौरमा सरसफाइ - 2017-05-10
कलमपाटी २७ बैसाख / बुद्ध जयन्तीको अवसरमा गौर स्थित बरहवा तालको बुधवार सरसफाइ गरीएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



748635 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top