समाज

सप्तरीमा ट्रक पल्टिँदा आठवटा गोरु मरे



समाज प्रकाशित मिति: राजविराज ५ माघ

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरस्थित सुन्दरी पुलमा ट्रक पल्टिँदा बिहीबार आठ वटा गोरु मरेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६ख १७०५ नम्बरको ट्रक पुलबाट १५ फिट तल खस्दा ट्रकमा लोड गरिएका गोरु मरेका हुन् भने ट्रकमा सवार चालकसहित पाँच जना गम्भीर घाईते भएका छन् ।

रामेछाप लखनपुर –९ का चालक ३५ वर्षीय रत्न लामाको टाउकोमा गम्भीर चोट लागेको छ भने चितवनका सहचालक २० वर्षीय सुशिल थपलियाको छातिमा चोट लागेको छ ।

सर्लाही विर्ताका ५५ वर्षीय गोरु व्यापारी किशोरी राय यादवको लिङ्गमा चोट लागी पिसाव नली काटिएको र भारतिय नागरिक २७ वर्षिय मो।नसिमको खुट्टा भाँचिएको छ अस्पतालले बताएको छ ।

स्थानीय धर्मेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेलाई विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको डा। दिलीप कर्णले जानकारी दिए । साभार अन्नपुर्ण

मधेसमा आइएनजिओले १ वर्षमा २३ अर्ब खर्चिए - 2017-07-18
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले मधेसका २२ जिल्लामा गएको १ वर्षको अवधिमा २३ अर्बभन्दा बढी रकम खर्च भएको खुलासा भएको छ

जलविरेमा सुख्खा पहिरो, मुग्लिन सडक अवरुद्ध - 2017-07-18
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलविरेमा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको छ

सेतीनदीले बगाउँदा तीनजना बेपत्ता - 2017-07-18
पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित पशुपतीघाटबाट सेतीनदीले बगाउँदा तीनजना मजदुर बेपत्ता भएका छन्

मिथिला क्षेत्रमा मधुश्रावनी सुरू - 2017-07-17
नवविवाहिताको मधुश्रावनी पर्व आजदेखि सुरु भएको छ। विशेषगरी मैथिल समुदायका ब्राह्मण, कायस्थ, ब्यास र स्वर्णकार जातिका नवविवाहिताले धार्मिक एवम् सांस्कृतिक रुपमा यो पर्व हर्षोल्लासका साथ मनाउने गर्छन्

रेडियो प्रकरणमा सेनाको स्पष्टीकरण(राजनीतिसँग नजोडौं - 2017-07-17
नेपाली सेनाले सञ्चालन गर्न लागेको एफएम रेडियोका सम्बन्धमा विभिन्न टीकाटिप्पणी भएपछि यस सम्बन्धमा स्पष्ट पारेको छ

बस एकआपसमा ठोक्किँदा १५ यात्रु घाइते - 2017-07-17
पूर्व पश्चिम राजमार्गको हेटौंडा उपमहानगरपालिका ४ स्थित कर्रामा गएराति दुईवटा यात्रुवाहक बस एकआपसमा ठोक्किँदा १५ जना घाइते भएका छन्

वीपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक - 2017-07-16
सिन्धुली १ साउन / बनेपा(सिन्धुली(बर्दिवास ९वीपी० राजमार्गमा राति सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय यातायात व्यवस्था विभागको निर्देशनमा साउन १ गते (आज) देखि लागू लागू हुने गरी राति सवारी सञ्चालनमा रोक लगाएको हो।

पोखरीमा डुबेर बालिकाको मृत्यु - 2017-07-16
रौतहट १ साउन / रौतहटको मौलापुर गाँउपालिका १ मा आइतबार बिहान पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ

रामेछापमा बाढीले पुल र घर बगायो, क्षतिको यकिन विवरण आउन बाँकी - 2017-07-16
रामेछापमा गएराति भीषण वर्षापछि आएको बाढीले सवारी तर्ने पुल र केही घर बगाएको छ

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



748584 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top