छोरी जन्मेपछि घर निकाला

समाज

बाढी पिडीत विस्थापितले बेचे घर



समाज प्रकाशित मिति:

रौतहट //
२०५० सालमा बागमतीमा आएको बाढीले साविक गढौ र पौराई गाविसका बासिन्दाको घरबारी बगाएर ठूलो विपत्ति ल्यायो ।

 झन्डै ५ सय धुरी बगाएपछि स्थानीयलाई जीवनयापनमा संकट थप्यो ।पीडितहरू राहत र बसोबासका लागि याचना गर्न थाले । उनीहरूले बासस्थानको माग गर्दै राजमार्गमा चक्काजामसमेत गरे । अन्तत: दातृ निकायले घर बनाइदियो । तर, केही वर्ष बसेर अहिले अधिकांशले अर्कैलाई बिक्री गरेका छन् ।

बाढीको बितण्डापछि सरकारको अनुरोधमा चीनको चुचिफाउन्डेशनले बाढीपीडितका लागि मंगलपुरमा पक्की घर बनाइदिएको थियो । झन्डै २० वर्ष यहीं बसेका उनीहरूले ५ वर्षयता धमाधम बिक्री गरेर गाउँ छाडेका छन् । स्थायी रोजगारी र आर्थिक अवस्थाको कारण देखाउँदै विस्थापितले १५ हजारदेखि ३ लाखसम्ममा दाताले बनाइदिएको घर बेचेका हुन् । 

परिवारको लालनपालनमा समस्या परेको भन्दै बाढीपीडित हरेश्वर सहनीले १८ हजारमै स्थानीय भिखारी देवीलाई घर बेचे । गत वर्ष नै गाउँ छाडेर उनी परिवारसहित अन्यत्र गएका छन् । बाढीले गढौको घर र १० कठ्ठा जमिन बगाएपछि सुुकुम्बासी बनेका सहनीले पुनर्वासमा पाएको पक्की घर बिक्री गरेका हुन् । ‘उनी कहाँ गए थाहा भएन । कसैलाई भनेका पनि छैनन्,’ स्थानीय शिवमंगल सहनीले भने, ‘धेरैजसोले सहयोगमा पाएको घर बिक्री गरेर गाउँ छाडेका छन् । केही पुरानै गाउँ फर्केका छन् । केही अन्यत्र गए ।’

मंगलपुरमा बागमती र गढौका गरी ३ सय घुरधुरीले पुनर्वासका लागि घर पाएका थिए । तर तीमध्ये आर्थिक अवस्थाका कारण आधा जसोले बिक्री गरेर हिँडिसकेको स्थानीय गोपाल तिमल्सिनाले जनाए । 
रोजगारीको अवस्था नभएपछि उनीहरू घर बिक्री गर्न बाध्य भएका हुन् । बाढीको विनाशपछि पीडितले स्थानीय प्रशासनमा धर्ना र राजमार्गमा चक्काजामसमेत गरेका थिए । सरकारको आग्रहमा चिनियाँ संस्था चुचिले घर बनाएर पुनर्बास गरायो । त्यसबेला बाढीबाट जिल्लामा झन्डै ५ करोडको क्षति पुगेको थियो । सरकारले बासको व्यवस्था गरे पनि रोजगारी नदिएकाले धमाधम घर बेचेर अन्यत्र जान बाध्य भएको पीडित सिंगेश्वर सहनीले बताए । उनले समेत श्रीमतीको उपचारका लागि भन्दै ६० हजारमा स्थानीय कर्ण भण्डारीलाई घर बिक्री गरेका छन् । 

बासका लागि पाएको घरको लालपुर्जा नभएपछि खरिद गर्नेहरूले पीडितसँग दोब्बरको बिक्रीनामा कागज बनाएका छन् । केही पीडितको घर त्यतिकै खाली अलपत्र परेको छ । उनीहरूको गढौ र मंगलपुर दुबै स्थानमा घर छ । त्यसैले मंगलपुरको घरमा कोही नबसेको स्थानीय अर्चन सहनीले बताए । ‘गढौको भन्दा पिप्राराजवडाका मानिसले घर बेचेका छन,’ उनले भने, ‘भरपर्दो रोजगारी छैन । त्यही भएर सबै जसोले बेचेर पुरानै गाउँ फर्केका छन् ।’ बस्तीमा पिप्राराजवडाका केही बाढीपीडित समेत बसेका छन् । 

विस्थापितहरू अधिकांश बागमती नदीको किनारमा गिटी ढुंगा संकलन गर्न जान्छन् । लामो समयदेखि उनीहरू यही पेसामा छन् । पुरुष माछा मार्न नदीमा जान्छन् । ‘बागमतीको बगरकै भर पर्नुपर्छ’, स्थानीय सुनिता सहनी भन्छिन्, ‘हाम्रो जीवन यही बगरले धानेको छ । रोजगारी छैन । अन्य काम गर्न पढेको छैन । गिटी चालेर जीवन चलाउनुको विकल्प छैन ।’ 

साभार : इकान्तिपुर डटकम 

बोक्सी आरोपमा श्रमिान श्रीमती दुवैलाइ कुटपिट - 2018-02-27
गौर १५ फागुन// बोक्सीको आरोपमा कुटपिट गर्ने हरु लाइ प्रहरीले पक्राउ गरी कार्वाही नगरी छाडेको पिडितहरुले गुनासो गरेका छन ।

महिलालाइ कुटपिट गर्ने प्रहरीमाथी कार्वाहीको माग - 2018-02-27
रौतहट, १५ फागुन । जिल्ला अदालत रौतहटको परिसरमा दुई जना महिलाको सम्वेदनशिल अंगमा सुरक्षाकर्मी द्धारा गरिएको कुटपिटको विरुद्ध अन्तरपार्टी महिला संजालले प्रमुख जिल्ला अधिकारीलाई मंगलवार ज्ञापन पत्र बुझाउदै उक्त घटनाप्रति गम्भीर आपत्ती प्रकट गरेका छन् ।

धारीलो हतियार प्रहार गरी हत्या - 2018-02-27
रौतहट १५ फागुन // रौतहटको कटहरिया नगरपालिका–१ भसेढवाटोलका एकव्यक्तिको गए राती हत्या भएको छ ।

अदालत परिसरमै प्रहरीद्धारा महिला कुटीए - 2018-02-26
रौतहट १४ फागुन // जिल्ला अदालतमा बहस सुन्नजान लागेका दुइजना महिलालाइ प्रहरीले कुटपिट गरेको छ । बालक हत्या गरेको बिषयमा अभियुक्तहरुको बयान सुन्न जान लागेका पिडित पक्षका महिलाहरुलाइ सुरक्षाकर्मीहरुले कुटपिट गरेका हुन ।

६ हजार महिलालाइ सेनिटरी प्याड - 2018-02-26
रौतहट १४ फागुन // बिधालयजाने किशोरीहरुको पढाइ छुट्ने समस्या रोक्नका लागी र महिलाहरुको स्वास्थ्यलाइ मध्यनजर राख्दै नगरपालिकाले निशुल्करुपमा सेनिटरी प्याड बितरण गर्ने कार्यक्रम ल्याएको छ ।

स्थानियस्तर बाटै बन्यौ सडक , प्रचण्डले गरे उद्घाटन - 2018-02-25
रौतहट १३ फागुन // पुर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको सकृयतामा निमार्ण भएको रौतहटको एक सडकको उद्घाटन गरेका छन ।

बाटो ढुकेर छात्रा जिस्क्याउँदा प्रहरीको फन्दामा - 2018-02-23
जनकपुरधामः कलेज र विद्यालय जाने छात्राहरुलाई विहानी अध्याँरोको मौका छोपी दुव्र्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पत्रकारको सुरक्षा र दोषि लाइ कार्वाहीको माग गर्दै सिडियोको ध्यानाकर्षण - 2018-02-23
रौतहट ११ फागुन // नेपाल पत्रकार महासंघ रौतहटले पत्रकारहरु लाइ मार्ने धम्की दिने व्यक्ति लाइ पक्राउ गरी कार्वाही गर्न माग गरेको छ ।

पक्की घरको आशामा झुपडी भत्काउँदा विचल्ली - 2018-02-23
गौर : जनता आवास कार्यक्रमअन्तर्गत रौतहटका करिब एकहजार दलित परिवारले सुरक्षित घरमा बस्ने आशले भएका झुपडी भत्काए।तर अहिले उनीहरुसँग न घर छ, न झुपडी नै छ।सहरी विकास मन्त्रालयले विपन्न परिवारलाई घर बनाइदिने भनिए पनि समयमै घर नबनाइदिँदा उनीहरु अलपत्रमा परेका हुन्।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 NEXT

English News



1154242 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top