छोरी जन्मेपछि घर निकाला

समाज

बाढी पिडीत विस्थापितले बेचे घर



समाज प्रकाशित मिति:

रौतहट //
२०५० सालमा बागमतीमा आएको बाढीले साविक गढौ र पौराई गाविसका बासिन्दाको घरबारी बगाएर ठूलो विपत्ति ल्यायो ।

 झन्डै ५ सय धुरी बगाएपछि स्थानीयलाई जीवनयापनमा संकट थप्यो ।पीडितहरू राहत र बसोबासका लागि याचना गर्न थाले । उनीहरूले बासस्थानको माग गर्दै राजमार्गमा चक्काजामसमेत गरे । अन्तत: दातृ निकायले घर बनाइदियो । तर, केही वर्ष बसेर अहिले अधिकांशले अर्कैलाई बिक्री गरेका छन् ।

बाढीको बितण्डापछि सरकारको अनुरोधमा चीनको चुचिफाउन्डेशनले बाढीपीडितका लागि मंगलपुरमा पक्की घर बनाइदिएको थियो । झन्डै २० वर्ष यहीं बसेका उनीहरूले ५ वर्षयता धमाधम बिक्री गरेर गाउँ छाडेका छन् । स्थायी रोजगारी र आर्थिक अवस्थाको कारण देखाउँदै विस्थापितले १५ हजारदेखि ३ लाखसम्ममा दाताले बनाइदिएको घर बेचेका हुन् । 

परिवारको लालनपालनमा समस्या परेको भन्दै बाढीपीडित हरेश्वर सहनीले १८ हजारमै स्थानीय भिखारी देवीलाई घर बेचे । गत वर्ष नै गाउँ छाडेर उनी परिवारसहित अन्यत्र गएका छन् । बाढीले गढौको घर र १० कठ्ठा जमिन बगाएपछि सुुकुम्बासी बनेका सहनीले पुनर्वासमा पाएको पक्की घर बिक्री गरेका हुन् । ‘उनी कहाँ गए थाहा भएन । कसैलाई भनेका पनि छैनन्,’ स्थानीय शिवमंगल सहनीले भने, ‘धेरैजसोले सहयोगमा पाएको घर बिक्री गरेर गाउँ छाडेका छन् । केही पुरानै गाउँ फर्केका छन् । केही अन्यत्र गए ।’

मंगलपुरमा बागमती र गढौका गरी ३ सय घुरधुरीले पुनर्वासका लागि घर पाएका थिए । तर तीमध्ये आर्थिक अवस्थाका कारण आधा जसोले बिक्री गरेर हिँडिसकेको स्थानीय गोपाल तिमल्सिनाले जनाए । 
रोजगारीको अवस्था नभएपछि उनीहरू घर बिक्री गर्न बाध्य भएका हुन् । बाढीको विनाशपछि पीडितले स्थानीय प्रशासनमा धर्ना र राजमार्गमा चक्काजामसमेत गरेका थिए । सरकारको आग्रहमा चिनियाँ संस्था चुचिले घर बनाएर पुनर्बास गरायो । त्यसबेला बाढीबाट जिल्लामा झन्डै ५ करोडको क्षति पुगेको थियो । सरकारले बासको व्यवस्था गरे पनि रोजगारी नदिएकाले धमाधम घर बेचेर अन्यत्र जान बाध्य भएको पीडित सिंगेश्वर सहनीले बताए । उनले समेत श्रीमतीको उपचारका लागि भन्दै ६० हजारमा स्थानीय कर्ण भण्डारीलाई घर बिक्री गरेका छन् । 

बासका लागि पाएको घरको लालपुर्जा नभएपछि खरिद गर्नेहरूले पीडितसँग दोब्बरको बिक्रीनामा कागज बनाएका छन् । केही पीडितको घर त्यतिकै खाली अलपत्र परेको छ । उनीहरूको गढौ र मंगलपुर दुबै स्थानमा घर छ । त्यसैले मंगलपुरको घरमा कोही नबसेको स्थानीय अर्चन सहनीले बताए । ‘गढौको भन्दा पिप्राराजवडाका मानिसले घर बेचेका छन,’ उनले भने, ‘भरपर्दो रोजगारी छैन । त्यही भएर सबै जसोले बेचेर पुरानै गाउँ फर्केका छन् ।’ बस्तीमा पिप्राराजवडाका केही बाढीपीडित समेत बसेका छन् । 

विस्थापितहरू अधिकांश बागमती नदीको किनारमा गिटी ढुंगा संकलन गर्न जान्छन् । लामो समयदेखि उनीहरू यही पेसामा छन् । पुरुष माछा मार्न नदीमा जान्छन् । ‘बागमतीको बगरकै भर पर्नुपर्छ’, स्थानीय सुनिता सहनी भन्छिन्, ‘हाम्रो जीवन यही बगरले धानेको छ । रोजगारी छैन । अन्य काम गर्न पढेको छैन । गिटी चालेर जीवन चलाउनुको विकल्प छैन ।’ 

साभार : इकान्तिपुर डटकम 

२० दिनमा १७ वटा मोटरसाइकल बरामद - 2018-06-04
रौतहट २१ जेठ // चेकजाचको क्रममा रौतहटमा प्रहरीले कागजपत्र नभएका १७ वटा मोटरसाइकलहरु बरामद गरेको छ । बरामद भएका मोटरसाइल लिनका लागी कागजपत्र लिएर कोही आएका छैनन ।

चितवनमा पुस्तक व्यवसायीको सिण्डीकेट, सस्तोमा उपभोक्ताले किनेको किताब व्यवसायी द्धारा जफत - 2018-06-04
चितवन, २१ जेठ । उपभोक्ताले सहुलियतमा खरिद गरेर ल्याएको पुस्तक चितवनका पुस्तक व्यबसायीले जफत गरेका छन् । आफूले भारी छुटमा खरिद गरेर उपभोक्तालाई प्रिन्ट मुल्यमा बिक्री गर्दै आएका यहाँका ब्यबसायीले उपभोक्ताले सहुलियतमा खरिद गरेर ल्याएको पुस्तक जफत गरेर राखेका हुन् ।

पर्साका लथालिङ्ग विद्यालयको भताभुङ्ग चाला - 2018-06-04
वीरगञ्ज : पर्सामा एउटा यस्तो विद्यालय छ, जहाँ पढाउनका लागि ब्ल्याकबोर्डसमेत प्रयोग हुँदैन । विद्यार्थी पढ्ने कोठामा सिमेन्टलगायतका अन्य विविध सामाग्रीको थुप्रो छ ।

रौतहटको फोहोर व्यवस्थापन नहुदा प्रदुषण - 2018-06-04
चन्द्रनिगाहपुर ,२१ जेठ : रौतहटको चन्द्रनिगाहपुर बजारमा फोहोर मैलाको उचित व्यवस्थापन नहुदा वातावरण प्रदुषित भईरहेको छ । बजार क्षेत्रबाट निस्कने फोहोरको उचित व्यवस्थापन नुहदा स्थानीयवासी बढि प्रभावित भएका छन् ।

परोहा नगरपालिका खुल्ला दिशामुक्त क्षेत्र घोषणा - 2018-06-04
रौतहट : रौतहटको परोहा नगरपालिका लाई आइतबार खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गरिएकोे छ । रौतहटको परोहा नगरपालिका चौथो खुल्ला दिसामुक्त नगरपालिका भएको छ ।

बाराको दुधौरा पुल मर्मत अन्तिम चरणमा, अर्को हप्ताबाट पुल सुचारु गर्ने तयारी - 2018-06-04
सिमरा : गत साउनमा आएको बाढीका कारण भाँसिएको पूर्व पस्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने बाराको दुधौरा पुलको मर्मत कार्य अन्तिम चरणमा पुगेको छ ।

जनज्योती माविका पहिलो ब्याचका बिधार्थीको ३६ बर्षपछि भेटघाट - 2018-06-03
रौतहट २० जेठ // रौतहटको चन्द्रनिगाहपुरमा रहेको जनज्योती माध्यमिक बिधालयका पहिलो एसएलसी ब्याचका बिधार्थीले शिक्षकहरु लाइ सम्मान गरी पुनर्मिलन कार्यक्रम गरेका छन ।

चन्द्रपुर ४ लाइ प्लाष्टिक मुक्त क्षेत्र बनाउने अभियान - 2018-06-03
रौतहट २० जेठ// रौतहटको चन्द्रपुर नगरपालिकाको केन्द्र मुख्य बजार क्षेत्ररहेको ४ नम्वर वडा लाइ प्लाष्टिक मुक्त बनाउने अभियान थालिएको छ ।

काठ तस्करीको आरोपमा फरार दुइजना पक्राउ - 2018-06-03
रौतहट २० जेठ// काचो सालको गोलिया तस्करी गरेको आरोपमा फरार रहेका दुइ जनालाइ बन कार्यालयले पक्राउ परेको छ । साइलकमा राखेर तथा जीपमा राखेर गोलिया तस्करीगर्नेलाइ पक्राउ गरी कार्यालयले अनुशन्धान थालेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 158 159 160 161 162 163 164 165 166 167 168 169 170 171 172 173 174 NEXT

English News



1154303 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top