समाज

चन्दपुर नगरपालिकाको वडा नम्बर ८ बाल बिवाह मुक्त वडा घोषणा



समाज प्रकाशित मिति:

चन्द्रनिगाहपुर :
चन्दपुर नगरपालिकाको वडा नम्बर ८ बाल बिवाह मुक्त वडा घोषणा भएको छ । २ नम्बर प्रदेशकै पहिलो बाल बिवाह मुक्त अभियानमा चन्द्रपुर नगरपालिका ८ लाई मंगलबार एक कार्यक्रमका बिच बाल बिवाह मुक्त वडा घोषण गरिएको हो ।

समुदायमा आधारीत बाल संरक्षण संयन्त्र चन्द्रपुर ८ रौतहटको आयोजनामा , चन्द्रपुर नगरपालिका कार्यलय  तथा महिला तथा बालबालिका कार्यलय रौतहटको समन्वय , प्लान नेपालको सहयोगमा बाल र जनसेवा नेपालको सहजीकरणमा बालबिवाह मुक्त  वडा घोषण समारोह सम्पन्न गरिएको थियो ।

शो कार्यक्रमका प्रमुख अतिथि रौतहट क्षेत्र नम्बर ४ का सांसद देब प्रशाद तिमल्सिना रहनु भएको थियो । तिमलसिनाले बालबिवाह रौतहटकै ठुलो समस्या रहेकाले सबै मिलेर यसको अन्त्य गर्नुपर्ने धारण राख्नुभएको थियो ।

सो कार्यक्रमका बिष्शिठ अतिथि  चन्द्रपुर नगरपालिका प्रमुख रामचन्द्र चौधरी रहनुभएको थियो भने अतिथिहरु चन्द्रपुर नगरपालिका उपप्रमुख रामरति चौधरी , ईलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरमा प्रहरी निरिक्षक तेज नारायण यादब  ,  मानव अधिकार एलायन्सका केन्द्रिय कोषाध्यक्ष प्रमोद चौधरी,जन सेवा नेपालका प्रमुख भाग्य नारायण महतो , तथा चन्द्रपुर नगरपलिकाका १० वटै वडाका अध्यक्ष्यहरुको उपस्थिती रहेको थियो । साभार तराई एक्सप्रेस
ट्रिपरको ठक्करबाट पेप्सीकोलामा एकको मृत्यु - 2018-01-26
काठमाडौं : काठमाडौंको पेप्सिकोलास्थित छाप्रोमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शुक्रवार बिहान बा ३ ख ३४१६ नम्बरको ट्रिपरले ठक्कर दिँदा गम्भीर घाईते भएका अन्दाजी ६५ बर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत बानेश्वरका डिएसपी रवी पौडेलले जानकारी दिए ।

बालिका बलात्कारको आरोपमा युवक पक्राउ - 2018-01-26
लहान : सिरहाको गोलबजार नगरपालिका ९ डण्डाटोलमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

हृदयाघातका कारण वडासदस्यको निधन - 2018-01-26
कपिलवस्तु : हृदयाघातका कारण यहाँ नेकपा (एमाले) का जिल्ला कमिटी सदस्य एवं कपिलवस्तु नगरपालिका–६ का वडासदस्य यज्ञप्रसाद खनालको बिहीबार मृत्यु भएको छ ।

बाघ गन्ने क्यामरालाइ बम भने पछि ! - 2018-01-24
रौतहट १० माघ// बाघ गणनाका गर्नका लागी जंगलमा रारखिएको क्यामरा केटाकेटीले फेला पारेर गाउमा ल्याएपछि बम भन्दै गाउमा मानिस त्रसित बनेका छन ।

बिपन्न मुसहरलाइ चिसोमा सुकुलको भर - 2018-01-24
रौतहट १० माघ// रौतहटको गुजरा स्थित चोचाका मुसहरहरु थोत्रा सुकुलको भरमा रात काट्न बाध्य छन ।

बाराबाट दुई सय बोरा मरिच र ५० लाखको सामान बरामद - 2018-01-24
वीरगञ्ज : बारामा प्रहरीले दुई सय बोरा मरिच बरामद गरेको छ ।

बारामा उखुखेतीमा भीषण आगलागी - 2018-01-24
बारा : जीतपुरसिमरा उप–महानगरपालिकाको ११ मा उखुबालीमा आगलागी भएको छ । वडा नम्बर ११ स्थित अमाडारमा करिब ३ बिगाह क्षेत्रफलमा लगाइएको उखु खेतीमा आगलागी भएको हो ।

घरमा शौचालय नहुने सरकारी कर्मचारी पनि रौतहटमा कार्यरत छन - 2018-01-24
रौतहट : रौतहटका एक जना सरकारी कर्मचारीले शौचालय नबनाएपछि उनको तलब भता रोकिने भएको छ ।

मध्यरातमा १४ लाख लुटेपछि म्वाइ खाएर भागे लुटेरा ! - 2018-01-24
भक्तपुर : भक्तपुर सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा गएराति हतियारधारी समूहले एक परिवारलाई कब्जामा लिएर लुटपाट गरेका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 115 116 117 118 119 120 121 122 123 124 125 126 127 128 129 130 131 132 133 134 135 136 137 138 139 140 141 142 143 144 145 146 147 148 149 150 151 152 153 154 155 156 157 NEXT

English News



1017708 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top