समाज

लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ



समाज प्रकाशित मिति: ५ माघ, काठमाडौं

झण्डै दुई केजी लागूऔषध कोकिनसहित दुई जना विदेशी नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बोलिभियन नागरिक फ्रेडी ममनी एन्डिया र थाई महिला खुइनजाई खनरतलाई छन् ।

प्रहरीको लागू औषध नियन्त्रण व्यूरोका अनुसार उनीहरुलाई १ किलो ९ सय ५८ ग्राम कोकिनसहित पक्राउ गरिएको हो ।

उनीहरुले एकआपसमा कोकिन लेनदेन गर्न लागेको अवस्थामा ठमेलको एक होटलमा पक्राउ गरिएको ब्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले जानकारी दिए ।

उनका अनुसार बरामद लागूऔषध कोकिन दक्षिण अमेरिकी मुलुक बोलिभियाबाट ब्राजिल, इथियोपिया, भारतको रुट हुँदै नेपालमा ट्रान्जिट हुँदै बैंककबाट तेस्रो मुलुकमा पठाउन लागिएको अनुसन्धानबाट खुल्न आएको बताए ।

पक्राउ परेका दुवै विदेशी नागरिक अन्तराष्ट्रिय लागू औषध कारोबारमा संलग्न रहेको र उनीहरुमाथि थप अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ । साभार अनलाईन खबर

सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई घाइते, एकको अवस्था गम्भीर - 2017-11-26
सिरहाको कल्यणपुर नगरपालिका ५ निर्दनामा दुई प्रहरीमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवरलाई गोली लागेको हो।

सिन्धुपाल्चोकको थुम्पाखर र बलेफीमा झडप, प्रहरीबाट हवाई फायर - 2017-11-26
सिन्धुपाल्चोकको थुम्पाखर देउराली प्राथमिक विद्यालय मतदान केन्द्रमा झडप भएको छ ।

टेलिकमले भन्यो-०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला ! - 2017-11-26
नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ ।

बम फेला परेपछि स्थगित भएको हाङपाङमा पुनः मतदान सुरु - 2017-11-26
ताप्लेजुङको हाङपाङमा बम फेलापरेपछि स्थगित भएको मतदान प्रक्रिया सुरु भएको छ ।

निर्वाचनलाई लक्षित गरी नेपाल र भारतको सीमा क्षेत्रमा सुरक्षा गस्ती - 2017-11-26
दोस्रो चरण अन्र्तगत मंसिर २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई लक्षित गर्दै नेपाल भारतका सुरक्षाकर्मीहरुले आइतबारदेखि मोरङको दुवै देशको सीमा क्षेत्रमा संयुक्त रुपमा गस्ती सुरु गरेका छन् ।

मतदानको दिन सवारी चलाउने पास लिन तालिका सार्वजनिक - 2017-11-26
रौतहट १० मंसीर // प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्बाचन को मतदानको दिन मंसिर २१ गते सबारी साधन संचालन का लागी अनुमती पास लिने तालिका सार्वजनिक भएको छ ।

१० बजेसम्म २५ प्रतिशत मत खस्यो - 2017-11-26
पहिलो चरण अन्तर्गत आज विहानदेखि ३२ जिल्लामा सुरु भएको मतदानमा १० बजेसम्म २५ प्रतिशत मत खसेको छ ।

भक्तपुर बमकाण्ड : मोटरसाइकल भेटियो, बम विस्फोट गराउने फरार - 2017-11-26
भक्तपुरको चाँगुनारायण नगरपालिकामा शनिबार साँझ बम विस्फोट गराउन प्रयोग भएको मोटरसाइकल फेला परे पनि विस्फोट गराउनेहरु भने फरार रहेका छन् ।

रोल्पा, बाग्लुङ बझाङ र गोरखामा बम फेला - 2017-11-26
प्रतिनिधि सभा र प्रदेश सभाअन्र्तगत पहिलो चरणको निर्वाचनका दिन गोरखा, बाग्लुङ, रोल्पा, बझाङ लगायतका जिल्लामा बम विस्फोट भएका छन् ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



747848 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top