logo
12 Dec 2018   |   
समाज

वैंकको एटीएम तोडफोड गर्ने १ जना पक्राउ



समाज   17 पटक पढिएको   कलमपाटी     
काठमाडौं २६ मंसिर । राजधानीको बानेश्वरस्थित मुक्तिनाथ विकास बैंकको एटीएम तोडफोडमा संल्यन रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहको सुखीपुर न।पा।वडा नं ६ घर भएका १८ वर्षीय किशोर यादव रहेको प्रहरीले जनाएको छ ।

वैंकको एटीएम तोडफोड गर्ने १ जना पक्राउ


मंसिर ११ गते राती १ बजे चोरी गर्ने उद्देश्यले यादवले एटीएम तोडफोड गरेको खुल्न आएको प्रहरीले जनाएको छ । घटनाबारे महानगरीय प्रहरी वृत्त वानेश्वरमा उजुरी परेपछि सीसीटीभी फुटेजको आधारमा प्रहरीले यादवलाई पक्राउ गर्न सफल भएको हो । 

यादवलाई प्रहरी वृत्त वानेश्वरमा ल्याई चोरी कसुर अन्तर्गत मुद्दामा म्यादथप गरी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । साभार रातोपाटी










2116121 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top