logo
13 Dec 2018   |   
समाज

बिहेको जन्ती चढेको स्कारपियो र यात्रु बस ठोक्किँदा ६ जनाको मृत्यु, दुई गम्भिर



समाज   22 पटक पढिएको   कलमपाटी     
दाङ २७ मंसिर । दाङमा यात्रुवाहक बस र जन्ती चढेको स्कारपियो जीप आपसमा ठोक्किँदा बेहुलाका आमा–बुवासहित ६ जनाको मृत्यु भएको छ भने दुईजना गम्भिर घाइते भएका छन् । लमही नगरपालिका– ९ रिहारमा बिहान २ बजे दुर्घटना भएको हो ।

बिहेको जन्ती चढेको स्कारपियो र यात्रु बस ठोक्किँदा ६ जनाको मृत्यु, दुई गम्भिर


बिहीबार बेहुली लिएर चितवनको गितानगरबाट बाँकेको शमसेरगञ्ज जाँदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो जीप र महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ५ ख ४०९० नम्बरको यात्रुवाहक बससँग ठोक्किँएको थियो । 

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी जवान शिव भण्डारीका अनुसार मृत्यु हुनेहरुमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीया विमला खत्री, ४९ वर्षीय विश्वनाथ अधिकारी, ५ वर्षीय प्रविण केसी, ३१ वर्षीय दीपककुमार खड्का र बाँकेको कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्री रहेका छन् ।

दुर्घटनामा घाइते ४५ वर्षीया गितादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर उपचार गर्न बाँकेको कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

शव लमही अस्पतालमा राखिएको छ । साभार रातोपाटी









2130309 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top