logo
23 Mar 2019   |   
समाज

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते



समाज   25 पटक पढिएको        
भोजपुुर ९ चैत्र । आमचोक गाउँपालिका दुम्मानास्थित रानीबासबाट बालंखा आउँदै गरेको ना ५ त ९४३२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते


चालक भविन्द्र राईको मृत्यु भएको हो । ट्रयाक्टरमा सवार अन्य दुईजना गम्भिर घाइते भएका छन् । शुक्रबार राति ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट करिब ८ सय मिटर तल झरेपछि ट्रयाक्टर चालक आमचोक गाउँपालिका–४ बालंखाका २५ वर्षीय भविन्द्रको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए । दुर्घटनामा महोत्तरी जिल्ला घर भएका ४० वर्षीय हरि खत्री र आमचोक गाउँपालिका १, वासिङथर्पुका शंखर कार्की घाइते भएका छन् । घाइतेमध्ये कार्कीको अवस्था गम्भिर रहेको र उनलाई गएराति नै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको राजवंशीले बताए । साभार अन्नपुर्ण









2689603 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
more...
कम्पनी दर्ता : १५३७६१/०७३/०७४
सुचना बिभाग दर्ता : ४११, चन्द्रपुर ४, रौतहट
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © सुप्रिम संचार प्रा. लि. २०७५ मा सुरक्षित रहनेछ ।
Top