समाज

सप्तरीमा ट्रक पल्टिँदा आठवटा गोरु मरे



समाज प्रकाशित मिति: राजविराज ५ माघ

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरस्थित सुन्दरी पुलमा ट्रक पल्टिँदा बिहीबार आठ वटा गोरु मरेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६ख १७०५ नम्बरको ट्रक पुलबाट १५ फिट तल खस्दा ट्रकमा लोड गरिएका गोरु मरेका हुन् भने ट्रकमा सवार चालकसहित पाँच जना गम्भीर घाईते भएका छन् ।

रामेछाप लखनपुर –९ का चालक ३५ वर्षीय रत्न लामाको टाउकोमा गम्भीर चोट लागेको छ भने चितवनका सहचालक २० वर्षीय सुशिल थपलियाको छातिमा चोट लागेको छ ।

सर्लाही विर्ताका ५५ वर्षीय गोरु व्यापारी किशोरी राय यादवको लिङ्गमा चोट लागी पिसाव नली काटिएको र भारतिय नागरिक २७ वर्षिय मो।नसिमको खुट्टा भाँचिएको छ अस्पतालले बताएको छ ।

स्थानीय धर्मेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेलाई विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको डा। दिलीप कर्णले जानकारी दिए । साभार अन्नपुर्ण

उडिरहेको प्लेनमा धुंवा देखिएपछि आकस्मिक अवतरण - 2016-09-26
काठमाण्डौ १० असोज भारतको दिल्ली बाट काठमाडौं आउँदै गरेको नेपाल वायु सेवा निगमको जाहाज आकस्मिक रुपमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ ।

डा. गोबिन्द केसी नवौ पटक अनसनमा - 2016-09-26
काठमाण्डौ १० असोज / स्वास्थ्य क्षेत्रको सुधार र अख्तियार प्रमुख लोेकमान सिंह कार्कीलाइ महाअभियोग लगाउनु पर्ने माग रादै आन्दोलनमा रहेको डा. गोबिन्द के.सी नवौ पटक अनसनमा बसेका छन ।

अपाङ्ग समन्वय समिति गठन - 2016-09-25
चन्द्रपुर ९ असोज / चन्द्रपुर नगर क्षेत्रमा रहेको अपाङ्गहरुले आफ्नो अधिकार र हकहितको लागी नगर समन्वय समिती गठन गरेका छन । चन्द्रनिगाहपुरमा आइतवार उनीहरुले कृष्ण बहादुर राइको अध्इक्षतामा ११ सदस्य हुने गरी कमिटी गठन गरेका छन ।

गौर राईस मिलको जमिन बिक्रीगर्न लागेको भन्दै खवरदारी - 2016-09-25
रौतहट ९ असोज भु माफियाले गौर राइस मिलको जमिन बिक्रीगर्न लागेको भन्दै गौरमा खवरदारी जुलस निकालिएको छ । रौतहटको सदरमुकाम गौर नपा ५ मा रहेको पहिले गौर राइस रहेको र बर्षो देखि सार्वजनिकरुपमा प्रयोग हुदै आएको जमिन विक्रि गर्ने उदेश्यले भूमाफियाहरु सक्रिय भएपछि गौरका राजनैतिककर्मी, नागरीक समाज, व्यापारी, बिधार्थी, खेलाडीहरुले बिरोधमा उत्रिएका छन ।

पुर्व गृहमन्त्री घिमिरे सहित ३ जना बेपत्ता, तीन जनाको मृत्यू - 2016-09-25
शालिग्राम नेपाल , चितवन ९ असोज पुर्व गृहमन्त्री माधव घिमिरे चढेको जीप त्रिशुली नदीमा खसेर दुर्घटना हुदा उनी सहीत तीन जना बेतत्ता भएका छन भने तीन जनाको ज्यान गएको छ । दुर्घटनामा घिमिरेकी आमा ८० वर्षिया चैत्यकुमारी घिमिरे, अंगरक्षक रामचन्द्र कार्की र नारायणप्रसाद काफ्लेको ज्यान गएको छ ।

चन्द्रपुर वाणिज्य संघमा जिते पछि बिजय जुलुस - 2016-09-25
रौतहट ९ असोज चन्द्रपुर नगर उधोग वाणिज्य संघको अध्यक्षमा सुनिल जयसवाल बिजयी भएपछि समर्थकहरुले बिजय जुलुस निकालेका छन । जयसवालले चर सय ५७ मत ल्याएर बिजयी भएका हुन ।

पुर्व गृहमन्त्री माधव घिमिरे त्रिशुलीमा बेपत्ता - 2016-09-25


दुर्घटनामा एक को मृत्यू - 2016-09-24
शनिवार दिउसो करीव चार बजे रौतहट जिल्ला गौर नपा वडा नं ११ सिस्वा स्थित बाटोमा गौरबाट जिङडवा तर्फ जादै गरेको BR05S5616 नं को मोटरसाइकले पैदल यात्री लाइ ठक्कटर दिदा पैदलयात्रीको मृत्यू भएको छ ।

शिल्यान्यास भएको ११ बर्ष बित्यो,छात्रावास भवन बन्न सकेन - 2016-09-24


PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



748590 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top