समाज

सप्तरीमा ट्रक पल्टिँदा आठवटा गोरु मरे



समाज प्रकाशित मिति: राजविराज ५ माघ

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरस्थित सुन्दरी पुलमा ट्रक पल्टिँदा बिहीबार आठ वटा गोरु मरेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६ख १७०५ नम्बरको ट्रक पुलबाट १५ फिट तल खस्दा ट्रकमा लोड गरिएका गोरु मरेका हुन् भने ट्रकमा सवार चालकसहित पाँच जना गम्भीर घाईते भएका छन् ।

रामेछाप लखनपुर –९ का चालक ३५ वर्षीय रत्न लामाको टाउकोमा गम्भीर चोट लागेको छ भने चितवनका सहचालक २० वर्षीय सुशिल थपलियाको छातिमा चोट लागेको छ ।

सर्लाही विर्ताका ५५ वर्षीय गोरु व्यापारी किशोरी राय यादवको लिङ्गमा चोट लागी पिसाव नली काटिएको र भारतिय नागरिक २७ वर्षिय मो।नसिमको खुट्टा भाँचिएको छ अस्पतालले बताएको छ ।

स्थानीय धर्मेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेलाई विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको डा। दिलीप कर्णले जानकारी दिए । साभार अन्नपुर्ण

बोक्सीको आरोपमा महिलालाई कुटपिट - 2016-10-04
कलमपाटी १८ असोज / रौतहटमा एक महिलालाई बोक्सीको आरोपमा मंगलवार छिमेकीले कुटपिट गरी घाइते बनाएका छन । झुनखुनुवा गाबिस ९ की ६० बर्षिया ठेगानिया देवी महत्तो लाई छिमेकीहरुको कुटपिटबाट घाइते भएकी छिन ।

नागढुगाबाट ठुलो परीमाणमा लागुऔषध बरामद - 2016-10-04
काठमाण्डौ १८ असोज / काठमाण्डौ लैजना लागेको ठुलो परीमाणको लागुऔषध प्रहरीले नागढुंगामा बरामद गरेको छ । नाइट्रोजेपाम तीन हजार पीस र डाइजेपाम दुई सय १० पीस बरामद गरेको थानकोट प्रहरी बृतले जनाएको छ ।

दुर्घटनाहरुमा ३ सय ८ जनाको मृत्यू - 2016-10-04
काठमाण्डौ १८ असोज / देशभर गएको दुई महिना भित्र एक ८१ ठुला सवारी साधन बस दुर्घटना भएको छ । सोही अवधिमा एकहजार दुइ सय ९६ मोटरसाइकल दुर्घटना भएका छन ।

गांजा सहित मानिस पक्राउ - 2016-10-04
कलापाटी १८ असोज/ सोमवार राति प्रहरीले रौतहटमा गाजा सहित एक व्यक्ति लाइ पक्राउ गरेको छ ।

स्यालले टोकेका १६ जना बिरामी लाइ काठमाण्डौ पठाइयो [अपडेट] - 2016-10-04
रौतहट १८ असोज /। रौतहटमा स्यालले टोकेर २३ जना मानिस घाइते भएका छन । १६ जना लाइ उपचारको लागी काठमाण्डौ पठाइएको छ ।

कालो वजारी गर्ने लाइ २० बर्ष सम्म सजाय - 2016-10-03
कलमपाटी १७ असोज / आपूर्ति मन्त्री दिपक बोहराले बजार व्यवस्थापन, अखाद्य वस्तु विक्रि वितरण रोक गर्ने, अनियमितता र कालोबजारी गर्नेहरु बिरद्ध कडा कानुन ल्याउन लागेको बताएका छन ।

अधिकृत र सुब्वा घुस सहीत पक्राउ - 2016-10-03
कलमपाटी १७ असोज / वैदेशिक रोजगार विभाग, काठमाण्डौंमा कार्यरत शाखा अधिकृत रमेश लामीछाने र सलाही जिल्ला मालपोतका सुब्वा राम नरेश रायलाइ लाखौ घुस रकम सहित अख्तियारले सोमवार पक्राउ गरेको छ ।

रौतहटमा बस्ने एक महिलालाई चिकनगुनियाको संक्रमण - 2016-10-02
कलमपाटी १६ असोज / रौतहटको चन्द्रनिगाहपुरमा बस्दै आएकी एक महिला लाइ चिकनगुनियाको संक्रमण देखा परेकोछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले चिकनगुनियाको सङक्रमण ती महिलामा देखा परेको जनाएको छ ।

बस दुर्घटना ३ जनाको मृत्यू , ५० घाईते - 2016-10-02
हेटौडा १६ असोज / मकवानपुरको हांडीखोला २ मकरीमा बस दुर्घटनाहरु तीन जनाको ज्यान गएकोछ भने ५० जना भन्दा बढी घाइते भएका छन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



748608 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top