समाज

सप्तरीमा ट्रक पल्टिँदा आठवटा गोरु मरे



समाज प्रकाशित मिति: राजविराज ५ माघ

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरस्थित सुन्दरी पुलमा ट्रक पल्टिँदा बिहीबार आठ वटा गोरु मरेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६ख १७०५ नम्बरको ट्रक पुलबाट १५ फिट तल खस्दा ट्रकमा लोड गरिएका गोरु मरेका हुन् भने ट्रकमा सवार चालकसहित पाँच जना गम्भीर घाईते भएका छन् ।

रामेछाप लखनपुर –९ का चालक ३५ वर्षीय रत्न लामाको टाउकोमा गम्भीर चोट लागेको छ भने चितवनका सहचालक २० वर्षीय सुशिल थपलियाको छातिमा चोट लागेको छ ।

सर्लाही विर्ताका ५५ वर्षीय गोरु व्यापारी किशोरी राय यादवको लिङ्गमा चोट लागी पिसाव नली काटिएको र भारतिय नागरिक २७ वर्षिय मो।नसिमको खुट्टा भाँचिएको छ अस्पतालले बताएको छ ।

स्थानीय धर्मेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेलाई विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको डा। दिलीप कर्णले जानकारी दिए । साभार अन्नपुर्ण

सर्लाहीमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु - 2017-12-30
सर्लाहीमा गएराति भएका छुट्टा–छुट्टै सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

बाघको हड्डीसहित तीन पक्राउ - 2017-12-29
बाघको हड्डीसहित प्रहरीले तीनजनालाई शुक्रबार बिहान पक्राउ गरेको छ । प्रदेश ५ प्रहरी ब्यूरो नेपालगन्जबाट खटिएको टोलिले दाङबाट पक्राउ गरेको हो ।

सिकारुले चलाएको जीपको ठक्करबाट एकको मृत्यु, ५ घाइते - 2017-12-29
सिकारुले चलाएको गाडीको ठक्करबाट बाराको कलैया उपमहानगरपालिका वडा नं.१० स्थित मटिअर्वामा शुक्रवार दिउँसो एक जनाको मृत्यु भएको छ ।

जुवा खेलिरहेका नायव सुब्बासहित १५ पक्राउ - 2017-12-29
रसुवाको टिमुरेबाट होटल तथा मेसमा जुवा, तास खेलिरहेका भन्सारका कर्मचारीसहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बारामा मानवअधिकारः एक वर्षमा ४७ घटनामा मुद्धा दायर - 2017-12-29
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बारा शाखाले सन् २०१७ मा जिल्लामा मानवअधिकारविरुद्ध विभिन्न ४७ वटा घटना भएको जनाएको छ ।

एकसय चार वर्षीय वृद्धले फिर्ता पाए आँखाको ज्योति - 2017-12-29
उराठ र पट्यारलाग्दो बुढ्यौली, त्यसमा पनि आँखाले देख्न छोडेपछि घरको चौघेराभित्र कैद भएर बस्नु पर्दाको पीडा कम दुःख लाग्दो हुँदैन।

मजदुरी गरेर फर्किदै गरेका नेपालीमाथि लुटपाट - 2017-12-29
भारतमा मजदुरी गरी घर फर्किने क्रममा दुई नेपाली सिमावर्ती भारतीय बजार वनवासामा लुटिएका छन् ।

सडक दुर्घटनामा वडा अध्यक्षको मृत्यु, खबर सुनेर बुवाको पनि निधन - 2017-12-29
अर्घाखाँची मालारानी–३ का वडा अध्यक्ष जीवन चौवानको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

सुदूरपश्चिममा भूकम्पको धक्का महसुस - 2017-12-28
सुदूरपश्चिमको बैतडी र दार्चुलामा बिहीबार अपराह्न भूकम्पको धक्का महसुस गरिएको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



748564 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top