समाज

सप्तरीमा ट्रक पल्टिँदा आठवटा गोरु मरे



समाज प्रकाशित मिति: राजविराज ५ माघ

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरस्थित सुन्दरी पुलमा ट्रक पल्टिँदा बिहीबार आठ वटा गोरु मरेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६ख १७०५ नम्बरको ट्रक पुलबाट १५ फिट तल खस्दा ट्रकमा लोड गरिएका गोरु मरेका हुन् भने ट्रकमा सवार चालकसहित पाँच जना गम्भीर घाईते भएका छन् ।

रामेछाप लखनपुर –९ का चालक ३५ वर्षीय रत्न लामाको टाउकोमा गम्भीर चोट लागेको छ भने चितवनका सहचालक २० वर्षीय सुशिल थपलियाको छातिमा चोट लागेको छ ।

सर्लाही विर्ताका ५५ वर्षीय गोरु व्यापारी किशोरी राय यादवको लिङ्गमा चोट लागी पिसाव नली काटिएको र भारतिय नागरिक २७ वर्षिय मो।नसिमको खुट्टा भाँचिएको छ अस्पतालले बताएको छ ।

स्थानीय धर्मेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेलाई विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको डा। दिलीप कर्णले जानकारी दिए । साभार अन्नपुर्ण

प्रहरी चौकी पौराइको शिलान्यास - 2017-02-01
कलमपाटी १९ माघ/ रौतहटको चन्द्रपुर ९ मा निमार्ण हुन लागेको प्रहरी चौकीको बुधवार शिलान्यास गरीएको छ ।

हुलाकी सडक निर्माणके लेल भारतीय दूताबासद्वारा करिब पच्चीस करोड हस्तान्तरण - 2017-02-01
भारतीय दूताबासले हुलाकी सड निर्माणको लागि करिब पच्चीस करोड रुपैया नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

मोटरसाइकल दुर्घटना एकजनाको मृत्यू - 2017-02-01
रौतहट १९ माघ / मंगलवार राति रौतहट स्थित पुर्व पस्चिम राजमार्ग अन्र्तगत धन्सारपुल नजिकै बसले मोटरसाइकललाइ ठक्कर दिदा एकजनाको ज्यान गएको छ ।

सीडीओ र एलडीओसँगको ‘मिलेमतोमै’ ढुंगा, गिट्टी र बालुवा तस्करी - 2017-01-29
सुनसरीको सेउती खोलाबाट अवैधरुपमा ढुंगा, गिट्टी र बालुवा निकाल्न प्रहरीले बन्द गराएकोमा अहिले फेरि तस्करहरुले स्काभेटर प्रयोग गरी ढुंगा, गिट्टी र बालुवा निकाल्न थालेका छन् ।

सिन्धुलीगढीको २५० औं विजयोत्सव भब्य रुपमा मनाउने तयारी - 2017-01-29
सिन्धली १६ माघ/ सिन्धुलीमा शनिबार भएको विभिन्न क्षेत्रका ब्यक्तिहरुको भेलाले सिन्धुलीगढीमा अंग्रेजी सेनामाथि बिजय हासिल गरेको २५० औं विजयोत्सव भब्य रुपमा मनाउने निर्णय गरेको छ ।

लाखौ खर्चेर बनाएको लच्का भत्कियो - 2017-01-28
रौतहट १५ माघ/ रौतहटको प्रतापपुर पल्टुआ गाबिस स्थित गरिबी निवारण कोषको लाखौंको लगानीमा निर्माणधिन कजवे (लच्का) भत्किएको बर्र्र्षौ भएको छ ।

हृदयघातका कारण शिक्षक राठौरको मृत्यू - 2017-01-28
रौतहट १५ माघ / शनिवार बिशान हृदयघातका कारण रौतहटको श्री उच्च माबि दुधिअवा ा पुर्व प्रधानाध्यापक तथा दुधिअवा क्याम्पसका व्यवस्थापन समिती अध्यक्ष अनुठा प्रसाद सिंह राठौरको निधन भएको छ ।

तामाङ समुदायको सोनाम ल्होसार विभिन्न कार्यक्रम गरी मनाइँदै - 2017-01-28
रौतहट १५ माघ तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व शनिवार देशभर विविध कार्यक्रमको आयोजना गरी मनाउँदैछन् ।

जयनगर–जनकपुर–बर्दिबास रेलमार्गको निर्माण समयमै नसकिने - 2017-01-27
जयनगर–जनकपुर–बर्दिबास ब्रोडगेज रेलमार्ग आठ वर्षअघि सम्झौता भए पनि निर्माणको काम विभिन्न कमजोरीका कारण समयमा हुनसकेको छैन ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



748591 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top