समाज

सप्तरीमा ट्रक पल्टिँदा आठवटा गोरु मरे



समाज प्रकाशित मिति: राजविराज ५ माघ

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरस्थित सुन्दरी पुलमा ट्रक पल्टिँदा बिहीबार आठ वटा गोरु मरेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६ख १७०५ नम्बरको ट्रक पुलबाट १५ फिट तल खस्दा ट्रकमा लोड गरिएका गोरु मरेका हुन् भने ट्रकमा सवार चालकसहित पाँच जना गम्भीर घाईते भएका छन् ।

रामेछाप लखनपुर –९ का चालक ३५ वर्षीय रत्न लामाको टाउकोमा गम्भीर चोट लागेको छ भने चितवनका सहचालक २० वर्षीय सुशिल थपलियाको छातिमा चोट लागेको छ ।

सर्लाही विर्ताका ५५ वर्षीय गोरु व्यापारी किशोरी राय यादवको लिङ्गमा चोट लागी पिसाव नली काटिएको र भारतिय नागरिक २७ वर्षिय मो।नसिमको खुट्टा भाँचिएको छ अस्पतालले बताएको छ ।

स्थानीय धर्मेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेलाई विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको डा। दिलीप कर्णले जानकारी दिए । साभार अन्नपुर्ण

बिदेश बाट फर्कदा न पैसा, न श्रीमती ! - 2017-02-26
कन्चनपुर १५ फागुन / चार वर्ष वैदेशिक रोजगारीमा गएर कमाएको पैसा र घरमा रहेका गरगहना श्रीमतीले लिएर भागेपछि कञ्चनपुरको झलारी पिपलाडी नगरपालिका–१ का भोजराज डगौराको बिजोग भएको छ ।

जन्म दिन मनाउन मुसहर बस्तिमा - 2017-02-24
महोत्तरी १३ फागुन / बर्दिवासमा एक उद्योगीले धुर्मुस सुन्तली फाउण्डेसनले निमार्ण गरिरहेको एकीकृत मुसहर वस्तीका वालवालिका सग जन्म दिन मनाएका छन ।

सिलिण्डर पड्किदा प्रहरीको मृत्यू - 2017-02-24
सुनसरी १३ फागुन / सुनसरीको सिमरीया ९ स्थित शिव मन्दिर परिसरमा वेलुनमा हावा भर्ने क्रममा हावा भर्ने सिलिन्डर पड्किँदा एक प्रहरीको मृत्यु भएको छ ।

२१ वर्षमुनिकाले मदिरा किन्न नपाउने - 2017-02-22
सरकारले २१ वर्षमुनिकाले मदिरा किन्न नपाउने गरी ‘राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति’ ल्याएको छ । मन्त्रिपरिषद्ले सोमबार पारित गरेको नीतिमा सार्वजनिक समारोह, विवाह, उत्सवलगायतमा मदिरा निषेध गरिएको छ ।

बन कार्यालय नै व्यक्तिको नाममा ! - 2017-02-19
कलमपटी ८ फागुन / रौतहटमा इलाका बन कार्यालय रहेको जमिन व्यक्तिको नाममा दर्ता भएको छ । सुकुम्वासी समस्या समाधान आयोगले बन कार्यालय नै भएको जमिन व्यक्तिको नाममा दर्ता गरीदिएको हो ।

तराइ मधेशका जिल्लामा मुसहरहरु आन्दोलित - 2017-02-19
कलमपाटी ८ फागुन/ नेपाल राष्ट्रिय मुसहर उत्थान संघले आइतवार रौतहट लगाएत तराइ मधेशमा बसोवास गर्दै आएका जिल्लाका सदरमुकाम गौरमा प्रर्दशन गरेका छन ।

रुपन्देहीमा प्रहरीको बन्दुक खोसेर फरार - 2017-02-19
रुपन्देही ८ फगुन / रुपन्देहीको मर्चवारमा स्थानियहरुले प्रहरी चौकी वडवडियामा ढुगांमुढा प्रहार गरेका छन । स्थानियले ढुगामुडा गेपछि ५ राउन्ड हवाई फायर र ५ राउन्ड आश्रुग्यास प्रहार गरेको प्रहरीले जनाएको छ ।

भारत सरकारको सहयोगमा बिधालय भवन निमार्ण हुदै - 2017-02-17
रौतहट ६ फागुन / भारतिय राजदुत रन्जित रे ले रौतहटमा शुक्रवार एक बिधालय भवनको सिलान्यास गरेका छन ।

१७ गतेदेखि पुराना गाडी चलाउन नपाइने - 2017-02-15
सरकारले फागुन १७ देखि मुलुकभरबाट २० वर्षे पुराना ५ हजारभन्दा बढी सार्वजनिक सवारी साधनलाई हटाउने तयारी गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



748553 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top