समाज

सप्तरीमा ट्रक पल्टिँदा आठवटा गोरु मरे



समाज प्रकाशित मिति: राजविराज ५ माघ

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको कञ्चनपुरस्थित सुन्दरी पुलमा ट्रक पल्टिँदा बिहीबार आठ वटा गोरु मरेका छन् ।

पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६ख १७०५ नम्बरको ट्रक पुलबाट १५ फिट तल खस्दा ट्रकमा लोड गरिएका गोरु मरेका हुन् भने ट्रकमा सवार चालकसहित पाँच जना गम्भीर घाईते भएका छन् ।

रामेछाप लखनपुर –९ का चालक ३५ वर्षीय रत्न लामाको टाउकोमा गम्भीर चोट लागेको छ भने चितवनका सहचालक २० वर्षीय सुशिल थपलियाको छातिमा चोट लागेको छ ।

सर्लाही विर्ताका ५५ वर्षीय गोरु व्यापारी किशोरी राय यादवको लिङ्गमा चोट लागी पिसाव नली काटिएको र भारतिय नागरिक २७ वर्षिय मो।नसिमको खुट्टा भाँचिएको छ अस्पतालले बताएको छ ।

स्थानीय धर्मेश्वर अस्पतालमा उपचार सम्भव नभएपछि घाइतेलाई विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको डा। दिलीप कर्णले जानकारी दिए । साभार अन्नपुर्ण

गाउपालिकामा पनि गाबिस सचिव नै प्रमुख - 2017-03-14
रौतहट १ चैत्र / जिल्ला समन्वय समिती रौतहटले जिल्लाको १६ वटै स्थानिय तहमा कार्यकारीहरु खटाएको छ । स्थानिय तह संचालनका लागी कार्यकारीको रुपमा १६ वटा तह मा कर्मचारी पठाएको जिल्ला समन्वय समिती रौतहटका प्रमुख उमेश बस्नेतले जनाएका छन ।

पशुपतिका ९७ प्रतिशत बाँदरमा एड्स - 2017-03-14
पशुपति र स्वयम्भू मन्दिर वरपर बस्ने ९७ प्रतिशत बाँदरमा क्यान्सर र एचआइभी-एड्सको संक्रमण भएको पाइएको छ । केही समयअघि अमेरिकाको वासिङ्टन विश्वविद्यालयले पशुपति र स्वयम्भूका ३९ बाँदरमा गरेको अनुसन्धानले देखाएको छ ।

बिधालय भवन पुर्न निमार्णका लागी गायिका आनी द्धारा सहयोग - 2017-03-13
तनहु ३० फागुन / गायिका आनी छोइङ डोल्मा बौद्ध धर्मकी धर्म गुरु पनि हुन । देश र विदेशमा राम्रो गायनाको रुपमा चिनिने डोल्मा धर्म सँगै कर्ममा पनि विश्वास गर्ने व्यात्तित्वको रुपमा परिचित छिन ।

तमलोपाले होली नमनाउने - 2017-03-12
कलमपाटी २९ फागुन / तराई–मधेश लोकतान्त्रिक पार्टीले यसबर्ष होली नमनाउने निर्णय गरेको छ । सप्तरीमा राज्यबाट गरिएको नरसंहारको विरोध गर्दै यस्तो दुःखद घडीमा पार्टीले होली नमनाउने जनाएको छ ।

जाजरकोटमा बस दुर्घटना २० जनाको ज्यान गयो, ४० भन्दा बढी घाइते - 2017-03-09
कलमपाटी २६ फागुन/ बिहीबार जाजरकोटमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन । घाइतेहरुको उपचारका हेलीकोप्टरबाट नेपालगञ्ज र काठमाण्डौं लगिएको छ ।

भारतिय सुरक्षाकर्मीले चलाएको गोली लागेर कन्चनपुरमा एक नेपालीको मृत्यू - 2017-03-09
कलमपाटी २६ फागुन / कञ्चनपुरको सीमा क्षेत्र आनन्दबजारमा भारतीय क्षेत्र भारतीय सीमा सुरक्षा बल एसएसबीले गोली चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको छ ।

बारा र पर्सामा आगलागी लाखौको क्षेती - 2017-03-09
कलमपाटी २६ फागुन / पर्साको वीरगञ्ज १३ आदर्शनगर मा रेवती सर्राफको घरमा बिहीबार लागलागी भएको छ । आगलागी बाट करीव १० लाख बरावरको क्षेति भएको बताइएको छ ।

सह न्यायाधिवक्ता घिमिरेको पद निलम्वन गर्ने निर्णय - 2017-03-08
काठमाण्डौ २५ फागुन / बुधवार बसेको मन्त्रिपरिषद वैठकले जिल्ला सरकारी वकीलको कार्यालय काठमाडौंका प्रमुख टेकबहादुर घिमिरे लाइ निलम्वन गर्ने निर्णय गरेको छ ।

सप्तरी घटनामा मारीएकाहरुको परीवारलाइ १० लाख दिइने - 2017-03-08
काठमाण्डौ २५ फागुन/ सरकारले सप्तरी घटनामा मृत्यु भएकाका परिवार लाइ १० लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।

PREV 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 49 50 51 52 53 54 55 56 57 58 59 60 61 62 63 64 65 66 67 68 69 70 71 72 73 74 75 76 77 78 79 80 81 82 83 84 85 86 87 88 89 90 91 92 93 94 95 96 97 98 99 100 101 102 103 104 105 106 107 108 109 110 111 112 113 114 NEXT

English News



748618 Times Visited.

Suprim Sanchar Pvt. Ltd.
Main Raod, Chandranighapur -1, Chandrapur Municipality, Rautahat
Mobile: 9855041125
http://www.kalampati.com
Email: kalampati@gmail.com
द. न. ४११
सचालक/ सम्पादक : फणि महत
Contact Us
All right reserved 2017 © Suprim Sanchar Pvt. Ltd.
Powered by :
Top